काठमाडौं– ‘हामी यस्तै हो नि ब्रो’ गीत गाएर समाज बिगारेको आरोपमा पक्राउ परेका र्यापर भिटेन अहिले सामाजिक संजालको ‘हट टपिक’ भइरहेका छन्। फेसबुक तथा ट्विटरमा नेता, कलाकार, पत्रकार, मानव अधिकारकर्मीदेखि आम सर्वसाधारणसम्मले उनको पक्राउको चर्को विरोध गरिरहेका छन्।
पत्रकार अनुप काफ्लेले ट्विटरमा लेखेका छन्, ‘नेपालीहरुले के बुझ्न जरुरी छ भने यहाँ तपाईंले भिटेनका शब्द, दुर्गेशको संगीत या प्रनेशको हास्यमा रमाउनैपर्छ भन्ने बाध्यता छैन। तर, यदि तपाईले आफूले के गाउन हुने, के गाउन नहुने, के बोल्ने, के बोल्न नहुने भनेर तोक्ने कामचाँही सरकारको होइन भन्ने सामान्य सिद्धान्तको पक्षमा पनि उभिनसक्नुभएन भने भोलि तपाईंको अर्को हेडलाइन बन्ने पक्का छ।’
काफ्लेको यो ट्विटलाई रि–ट्विट गर्दै कांग्रेस नेता गगन थापाले समेत लेखेका छन्, ‘सहमत।’

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले प्रहरीले गायकहरुलाई लगातार पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रताको मजाक गरेको टिप्पणी गरेकी छिन्। ‘गीत पनि सोधेर गाउनु पर्ने गायकले, लेखक वा रचनाकारहरुले अनुमति लिएर लेख्नु पर्ने।।कसैलाई चित्त बुझ्दैन भने नसुने हुन्छ तर र्याप, र्याप नै हो। अभिव्यक्ति स्वतन्त्रा मजाकै भयो,’उनले लेखेकी छिन्।

स्तम्भकार दुर्गा कार्कीले लेखेकी छिन्, ‘श्लील–अश्लील, छाडा–सभ्य, उत्ताउलो–सुसंस्कृत आदिको परिभाषा अपडेट गर्नुस् हौ संस्कार र परम्पराका ठेकेदारहरू। संसारकै उत्कृष्टमध्येको संविधानको यस्तो बेइज्जत त कसरी हेरिबस्नु हौरु’
पत्रकार केपी ढुंगाना समेत भिटेन पक्राउको विपक्षमा छन्। ‘फिल्मको कथा मन परेन भन्दैमा फिल्मै बनाउन नदिने, अश्लिल शब्द पो लाग्यो भन्दै गायक पक्रेर हिरासतै हाल्ने। के तालको गणतन्त्र ल्याएछौ नि लै लै,’ उनले अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले गरिरहेको हस्तक्षेपमाथि व्यंग्य गरेका छन्।
भिटेनका समर्थनमा उत्रिएका अधिकांशले ह्यासट्याग फ्रि भिटेन लेख्दै उनको रिहाईको माग समेत गरिरहेका छन्। अभिनेत्री ऋचा शर्माले ‘गरि खान देऊ’ लेख्दै सरकारसँग भिटेनको रिहाई मागेकी छिन्।
गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटाले समेत ह्यासट्यागमा फ्रि भिटेनसहित लेखेका छन्, ‘प्रिय सरकार, यहाँ ‘रेपर’ र ‘र्यापर’बिच ठुलो भिन्नता छ। प्लिज, आफ्नो प्राथमिकताहरुलाई परिवर्तन गर।’

त्यस्तै पत्रकार बसन्त बस्नेतले भिटेन पक्राउ गरेकोमा सरकारलाई व्यंग्यात्मक शैलीमा धन्यवाद दिँदै लेखेका छन्, ‘धन्यवाद सरकार १ आज मैले धेरै बेर लगाएर भिटेन सुने । पहिले उनको नाममात्रै सुनेको थिए। उनी प्रतिभाशाली कलाकार रहेछन्, चिन्ने अवसर सरकारले दियो। उनका केही शब्दमा मेरो चित्त नबुझ्न पाउछ । तर मलाई हर चीज सयका सय मन पर्नुपर्छ भन्ने केही बाध्यता छैन।’
ट्विटर प्रयोगकर्ता रमेश अधिकारीले यदि सरकार सहि लाइनमा छ भने सबैभन्दा पहिला त कुमार बस्नेत पक्राउ पर्नुपर्ने भन्दै उनले सरकारसँग प्रश्न गरेका छन्, ‘।।।बेलैमा जोशमा हुन्न होश, उनकै छोरी तरुनी हामिलाइ के को दोष’ भिटेनले गाएका गीत भन्दा यो गीत सुसंस्कारी कसरी भयोरु’
उनले थप लेखेका छन्, ‘कत्ती छन कत्ती यस्ता गीत। अब राज्य ‘मोरल पोलिसिङ’मै लाग्न आँटेको हो भने नसमातिने भनेका भजन गाउने र सगरमाथा, बुद्द, सीता, आदिका ‘देशभक्तिपुर्ण’ गीत गाउने गायक÷गायिका मात्र बाँकी हुन्छन।’
फिल्म समीक्षक समाजका अध्यक्ष यज्ञशले समेत भिटेन पक्राउको विरोध गरेका छन्। ‘युट्युबमा राखेको ९रेडियो नेपाल, एनटिभी होइन० १८ं लेखेको र्यापलाई परिवारमा हेर्न मिल्ने भएन भनेर हटाएछन्, गायक पक्राउ गरेर। अब विदेशका सबै फिल्म र नेटफ्लिक्स पनि बन्द गरौं। नेताहरूका हर्कत र मानवअधिकार आयोगले भनेको ‘इन्काउन्टर’ चाहिँ सबैले परिवारका साथ बसेर हेर्न मिल्ने हो कि१,’ ट्विटरमा लेखेका छन्।

त्यस्तै भिटेनका गीतमाथि नकरात्मक टिप्पणी गरिरहेकालाई समेत इंगित गर्दै पत्रकार मनोज दाहालले लेखेका छन्, ‘महाशय, प्रश्न मलाई भिटेन मन पर्छ कि पर्दैन, उसले गाएका गीत मन पर्छ कि पर्दैन भन्ने हुँदै होइन। प्रश्न दुई करोडभन्दा बढी दर्शकले हेरिसकेको लोकप्रिय गीत सिर्जना गरेकै आधारमा भिटेन वा कोही अरुलाई प्रहरीले बिनाकारण समातेर ह्यारेस गर्ने कि नगर्ने भन्ने हो।’
र यो पनिः
र्यापर भिटेन पक्राउ प्रकरण : पुलिस नैतिकताको ठेकेदार हो?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।