काठमाडौं- पपगायक तथा र्यापर 'भिटेन' भनेर चिनिने समीर घिसिङ पक्राउ परेका छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो।
‘हामी यस्तै त हो नि ब्रो’का गायक भिटेनको गीत समाजलाई अपाच्य हुने खालको भएको भन्दै उनलाई पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए।
पक्राउ परेका भिटेनले आफ्नो गीत युट्युबबाट हटाइसकेका छन्।
यसअघि प्रहरीले दुर्गेश थापालाई पनि पक्राउ गरेको थियो। तिहारको अवसरमा दुर्गेशले बजारमा ल्याएको गीतले संस्कृति तथा परम्परामाथि आँच आएको भन्दै बेनामी उजुरी परेपछि उनी पक्राउ परेका थिए। उक्त गीत युट्युबबाट हटाएर उनले माफी मागेपछि उनलाई छाडिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।