• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

र्‍यापर भिटेन पक्राउ प्रकरण : पुलिस नैतिकताको ठेकेदार हो?

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ७, २०७६  १८:०८
1140x725

‘यत्तिकैमा समात्न आयो हवल्दार
बाल छैन अहिले, बाल छैन
म त झ्याप
चौकी छिर्‍या डिएसपीलाई दिएँ अटोग्राफ
त्यो देख्दा डन्ठेहरु सबैलाई आयो हट अट्याक...’ 

‘हामी यस्तै हो नि ब्रो’ गीतमा समावेश रहेको हरफ हुन् यी। यो गीत गाउने र्‍यापर भिटेनलाई बिहीबार प्रहरीले यथार्थमै समातेर हिरासतमा राखेको छ। 

महानगरीय प्रहरी अपराध महाशाखा टेकुको प्रहरी टोलीले उनलाई ललितपुरस्थित जावलाखेलबाट पक्राउ गरेर अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउन महानगरीय प्रहरी परिसर ललितपुर पठाइसकेको छ।

किन पक्राउ गरेको भन्ने प्रश्नमा प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले दुई वटा कारण प्रस्तुत गरिरहेक छन्।

पहिलो, प्रहरीमाथि नै व्यंग्य गरिएको ‘हामी यस्तै त हो नि ब्रो’ गीतमार्फत भिटेनले समाजमा गलत सन्देश प्रवाह गरेका छन्। एसएसपी थापाले भनेका छन्, ‘समाजले पचाउन नसक्ने, परिवारमा सँगै बसेर हेर्न/सुन्न नसकिने म्युजिक भिडियो रहेछ। त्यहाँ छाडा शब्द एकदमै धेरै बोलिएको छ। यसले समाजमा राम्रो सन्देश दिएन।’ 

भिटेनलाई पक्राउ गर्नुको कारण यति मात्रै होइन। एसएसपी थापाले दिइरहेका कारण अनुसार उनले सामाजिक सञ्जालमा प्रहरीको पोशाकमा असईको फुली लगाएर एउटा हातमा चुरोट, अर्को हातमा गाँजा मोलेको फोटो फेसबुकमा राखेका थिए। 

दुई दिनअघि मात्रै ‘ह्याप्पी तिहार चिसो बियर’ गीत गाएका कारण एसएसपी थापाकै नेतृत्व रहेको महाशाखाले गायक दुर्गेश थापालाई पक्राउ गरेको थियो।

उनलाई गीतमा राखिएका गाँजा, बियरजस्ता शब्द हटाउने सर्तमा छाडिएको थियो। 

nimb
nimb

दुर्गेशलाई पक्राउ गरेको दुई दिन नबित्दै भिटेनका नामले चर्चित समिर घिसिङलाई आज प्रहरीले पक्राउ गरेको हो।

दुर्गेशलाई जिल्ला प्रशासन कार्यालयमा गरिएको उजुरीका आधारमा पक्राउ गरिएको थियो, भिटेनलाई बिनाउजुरी पक्राउ गरिएको छ। एसएसपी थापाले भनेका छन्, ‘यो सारा नेपाली प्रताडित हुने अपराध हो। त्यसैले उजुरी नै आउनुपर्छ भन्ने छैन।’

यसरी सरकार र प्रहरी लगातार गायक समात्न सक्रिय भएपछि अहिले यसको सामाजिक सञ्जालमा चर्को विरोध सुरु भएको छ। र्‍याप संगीतको जनरा र यसको चरित्रलाई प्रहरी र यसको राज्यले बुझ्न नसकेको धेरैको टिप्पणी छ।  

‘अहिले सरकारवालाहरुले अश्लिलता र श्लीलताको कुरा उठाइरहेका छन्। भिटेनले अश्लिल गीत गायो भन्ने पुलिसको आरोप भनिएको छ। त्यो पुलिसको भन्दा पनि सरकारको आरोप हो,’ लेखक/विश्लेषक युग पाठक भन्छन्, ‘अश्लीलता र श्लीलताको परिभाषा के हो? राजनीतिमा अश्लीलता र श्लीलता हुन्छ कि हुँदैन? तपाईंहरुले जनतासँग यस्तो–यस्तो गर्छु भनेर वाचा गर्नुभयो भने त्यो नगर्न पाइन्छ कि पाइँदैन? असल समाज बनाउँछु भनेर वाचा गर्नुभएको छ तर तपाईंको समाजमा क्राइम रेट बढेको छ, बलात्कार बढेको छ, जताततै भ्रष्टचार कान्डमात्रै निस्किरहेको छ। यो अश्लीलता हो कि होइन?’

यहाँ अश्लीलताको परिभाषा नै नमिलेको देख्छन्, पाठक। पाठकको दृष्टिमा अधिनायकवादतर्फ ढल्किँदै गरेको एउटा खराब सरकार सधैँ आफ्नो काम गर्न नसकेपछि नैतिकताको पुरातन परिभाषा लिएर उभिन्छ ‘अनि, मान्छेहरुलाई यो नैतिक, यो अनैतिक, यो मिल्यो, यो मिलेन भनेर जेल हाल्न थाल्छन्। अहिले भएको पनि यस्तै हो,’ उनले भने।’ 

दुर्गेश थापालाई समात्दा प्रहरीले संस्कृति बिगारेको, दुर्व्यसनमा प्रोत्साहन गरेको आरोप लगायो। अहिले भिटेनलाई समात्दा पनि छाडा शब्द प्रयोग गरेको, प्रहरीलाई बदनाम गरेको आरोप छ। 

‘पुलिसको बर्दी लगाएर त फिल्म, नाटक, गीत जताततै अभिनय गरिएको छ, होइन र?,’ र्‍यापर गिरिश खतिवडा गीत गाएकै कारण र्‍यापरलाई समातिनु अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको टिप्पणी गर्छन्। ‘पुलिसको बर्दी लगाएर मान्छे ठग्दै हिँड्या त होइन होला?,’ उनी भन्छन्, ‘पक्कै उसले एउटा क्यारेक्टरमात्र निर्वाह गरेको होला। ह्युमर शैलीमा केही भन्न खोजेको होला। जहाँसम्म छाडा बोलेको कुरा छ, त्यो त बाउले रक्सी खाएर घरघरमै बोलिराछ नि, आमाको अगाडि, होइन र? मान्छेहरु बाटाबाटामा रक्सी खाएर बोलिराछन्, होइन र? प्रहरीले अब सबैलाई समात्न पर्‍यो नि त्यसोभए।’

प्रहरी नैतिकताको पाठ पढाउन देखाइरहेको अग्रसरताप्रति विश्लेषक युग पाठकको पनि विमति छ। ‘पुलिस नैतिकताको ठेकेदार होइन,’ उनी भन्छन्, ‘पुलिसले नैतिकताको जर्जमेन्ट गर्न पाउँदैन। पुलिसले कानुनअनुसार कानुनमा जे लेखिएको छ त्यसमा एक्सन लिने हो। कानुनको अपव्याख्या गरेर गलत कदम पनि चाल्ने होइन।’ 

राज्यसँग उनी प्रश्न गर्छन्, ‘सिनेमा, गीत संगीत या कलामा तपाईंले केही चिज गर्नुभयो भने त्यो कसरी प्रोत्साहन गरेको हुन्छ? त्यसो भए त सरकारले चुरोट या सुर्ती उद्योग नै बन्द गरोस् न। सरकारले कर लिएर सुर्ती, चुरोट बेच्न पाउने कि नपाउने? त्यो चाहिँ प्रोत्साहन हो कि होइन?’

फिल्म निर्देशक एवं समीक्षक मनोज पण्डित कलाकार र उनीहरुको सिर्जनामाथि लगातार भइरहेको हस्तक्षेपले सरकारको कमजोर मनोविज्ञान प्रस्तुत भइरहेको बताउँछन्। 

‘सिर्जना गरेकै कारण जब राज्यले मान्छे समात्न थाल्छ, मुद्दा चलाउन थाल्छ त्यसको स्पष्ट संकेत के हो भने राज्य नितान्त निरंकुशतातर्फ अगाडि बढिरहेको छ,’ उनी भन्छन्, ‘समाजमा स्थापित भएका अवधारणालाई नै कलाकर्मीले प्रस्तुत गर्ने हो। भिटेनले पनि समाजमा स्थापित अवधारणालाई नै आफ्नो र्‍यापमार्फत प्रस्तुत गरिरहेको थियो। भिटेनका गीत त अहिलेको पुस्ताले देखेको यथार्थ हो नि त। अहिलेको पुस्ताले गर्ने विद्रोहको शैली हो नि। अब के अहिलेको पुस्तालाई बोल्न नदिने? आजभन्दा ४० वर्षअघिको पुस्ताले जे सही भनेका छन्, आज पनि त्यही मात्रै मान्ने?’ 

कमजोर मनोविज्ञानका कारण शासक शक्तिलाई जताततै दुरुपयोग गर्न अगाडि बढिरहेको पण्डितको विश्लेषण छ। उनी यो समाज दुर्गेश र भिटेनहरुले गीत गाएर भन्दा पनि देशको राजनीति र शक्ति संरचनामा रहेकाहरुबाट भाँडिएको बताउँछन्। 

‘गीतमार्फत अभिव्यक्ति दिनु या विरोध गर्नु कसरी अपराध भयो,’ उनी आक्रोश व्यक्त गर्छन्, ‘प्रहरीको लुगा लगाएर चुरोट खायो रे। के यहाँ प्रहरीले लुगा लगाएर राष्ट्र सेवा मात्रै गरेको छ र? बर्दीको दुरुपयोग नभएको भए कसले प्रश्न गर्थ्यो र? यहाँ त प्रहरीकै बर्दी लगाएर देशलाई सबैभन्दा बढी भ्रष्टाचारमा धकेलिरहेको अवस्था त हामी सबैले देखिरहेकै हो नि, होइन र?’ 

भिटेनले उसको आँखाबाट जे देखिरहेको थियो, त्यही समस्यालाई गीतमार्फत प्रस्तुत गरेका थिए। समाजमा भइरहेका बेथितिलाई उनी आफ्नो शैलीमा प्रश्न गरिरहेका थिए। 

र, उनको त्यही शैलीलाई प्रहरीले ‘अश्लिलता’को आरोप दिएर पक्राउ गरेको छ। कलाकार अथवा सर्जकहरु अहिले जसरी लगातार पक्राउ पर्ने श्रृंखला बढिरहेको छ त्यसका विरुद्ध अब स्रष्टाहरुले ठूलै क्रान्ति गर्नुपर्ने अवस्था आएको बताउँछन्, फिल्मकर्मी मनोज पण्डित। 

‘यहाँ त अभिव्यक्तको लागि ठाउँ नै भएन,’ उनी भन्छन्,‘यो गर्‍यो, समाज भाँडियो भनेको छ, त्यो गर्‍यो, अश्लिलता फैलियो भनेको छ। अब कसरी बोल्ने? बोल्नै नपाउने? समाजमा भइरहेको बेथितिका बारेमा प्रश्न नउठाई कसरी कला हुन्छ? कला भनेको माया गरौँं, घुम्न जाऔं मात्रै हो र? कलामा त विद्रोह पनि हुन्छ नि, होइन र। अनि गीत छाडा भयो रे। यहाँ नेताभन्दा बढी छाडा को भएको छ र? अरुलाई छाडा भन्नुअघि यो सरकारले आफूलाई एक पल्ट ऐनामा हेर्ने कि नहेर्ने?’ 

कला–साहित्यको आधुनिक शैलीलाई राज्यल बुझ्न नसक्दा अहिले भिटेनहरु पक्राउ पर्ने अवस्था आएको धेरैको टिप्पणी छ। ‘अब यो देशको सबै कलाकारहरुले एकै ठाउँमा उभिनुपर्ने अवस्था आएको छ। नत्र राज्यबाट यसरी दमन भइरहन्छ। त्यसैले आउनुस्, सबै राज्यको दमनविरुद्ध कडा आवाज उठाऔं,’ फिल्म निर्देशक पण्डित आव्हान गर्छन्। 

भिटेनलाई प्रश्नः तपाईंका गीतमा किन छाडा शब्द हुन्छन्?
रौतहट, चन्द्रनिगाहपुरका भिटेन सात–आठ वर्षको उमेरदेखि नै र्‍याप गाउँथे। उनको पारिवारिक पृष्ठभूमि एकदमै कमजोर। त्यसैले आफ्नो संगीत करिअरको सुरुमै उनले गाए, ‘गरिबी...’। 

खासमा उक्त गीत उनको जीवनसँगै नजिक थियो। २३ वर्षीय उनी अहिले नेपालका महँगो र्‍यापरमा पर्छन्। ‘चुरोट’, ‘सिमसिमे पानी’ लगायत थुप्रै हिट गीत दिएका छन्। 

उनले गाएमध्ये उनैलाई मनपरेको एउटा गीत छ, ‘मान्छे खत्तम’। एक भेटमा संवाददाताले उनलाई सोधेको थियो, ‘आफू खत्तम छु जस्तो लाग्छ हो?’

जवाफमा उनले भनेका थिए,‘मलाई मात्रै होइन, हरेक मान्छेलाई त्यस्तो लाग्नुपर्ने हो। खत्तम पनि छु। कमिना टाइपको पनि छु। लास्टै राम्रो पनि छु। हँसिमजाक पनि त्यस्तै गर्छु होला। र, र्‍यापमा म मेरा यी सब क्यारेक्टरहरु निकालिरहेको हुन्छु। मेरो कमिनापन पनि, मेरो राम्रोपन पनि... सबै, सबै। निकाल्छु भनेर निक्लिने पनि होइन ! आफैं निक्लिने हो। आफैँलाई नै थाहा नहुनेगरी।’

सायद तिनै ‘कमिनापन’ निकाल्दा आज भिटेन हिरासतमा छन्। संवाददातालाई उनलाई उहिल्यै सोधेको थियो, ‘र्‍यापमा रफ शब्दहरु एकदमै सुनिन्छ। तपाईंका पनि केही गीतमा त्यस्तो भेटिन्छ। यो आवश्यक नै पर्छ र?’ 

जवाफमा उनले भनेका थिए, ‘र्‍यापको बाउन्ड्री छैन। अपमान गर्न खोजेको होइन तर कतिपय सिंगरहरुलाई आफू सेभिएज भएको सुहाउँदैन जस्तो लाग्छ तर र्‍यापरहरु जे पनि गरिरहेका हुन्छन् क्या! खासमा र्‍याप त एउटा ठग कम्युनिटीबाट आएको हो नि त! स्ट्रिट लाइफमा बाँचिरहेकाहरु जसको आमाबाउ छैन, जसलाई जे बोल्दा पनि बालै लाग्दैन, जो खुलेर मुखसुख छाड्दिराको हुन्छ, उनीहरुको पारा हो नि त! हो, क्यारेक्टरमा घुस्दाखेरी अलिअलि रफ शब्द प्रयोग हुन्छ। पात्रभित्र घुस्दाखेरी नाटकीय मान्छे भएर पनि भएन। त्यसैले यो खासै ठूलो कुरा हो जस्तो त लाग्दैन।’

तर, आज भिटेनलाई यही कुरा ठूलो भइदिएको छ। प्रहरीलाई अहिले लागेझै संवाददाताले उहिल्यै सोधेको थियो, ‘तर, हाम्रो समाजले यो कुरा पचाउँदैन नि त, होइन?’ 

जवाफमा उनले भनेका थिए, ‘खासमा त संसारले नै पचाउँदैन। राम्रो होइन नि त! छाडा बोल्नु राम्रो हो र? पक्का होइन। त्यही भएर नपचाको हो। तर नेपालकै कुरा गरौँ न, केही कुरा सिस्टममा छैन, जताततै ठग लाइफ छ क्या! सिस्टमेटिक केही छैन। यहाँ यत्तिकै मान्छे खत्तम भइसकेको छ। त्यसैले पनि यहाँ यस्तो चिजहरु बाल नहुनुपर्ने हो। मुख छाड्न कसलाई आउँदैन? सबैलाई आउँछ। त्यसोभए सुन्न किन लजाउनु? पुलिसले त मुख छाडेको सुनिन्छ यहाँ। देशको सुरक्षा जिम्मा लिएको पुलिसजस्तो मान्छेले मुख छाड्छ भने अरुको के कुरा गर्नु? रिसमा, फिलमा आएर बोलिएको कुराले खासै मतलब गर्छ जस्तो लाग्दैन। र्‍याप पनि फिलमा आएर गाउने कुरा हो। त्यसैले यस्ता शब्दहरु निस्किन सक्छन्।’ 

प्रहरीको खराब व्यवहारप्रति भिटेन सधैँ आक्रमक सुनिन्थे। त्यसैले गीतमार्फत पनि आक्रोश पोख्न छाडेका थिएनन्। र, आज उनको आक्रोश पोख्ने मुखमा ताला लाग्यो, ताला पनि अरुबाट होइन, प्रहरीबाटै। 

प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  १८:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘डिजास्टर म्यापिङ’ गरिने, जग्गाको क्षति विवरण संकलन गर्न नापी विभागलाई जिम्मेवारी
झापामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु, पाँच लाखलाई खोप लगाउने तयारी
भोटेकोशी बाढी : राहत र उद्धारमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन, ६९ पटक उडाइयो हेलिकप्टर
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘डिजास्टर म्यापिङ’ गरिने, जग्गाको क्षति विवरण संकलन गर्न नापी विभागलाई जिम्मेवारी बिहीबार, भदौ ११, २०८३
झापामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु, पाँच लाखलाई खोप लगाउने तयारी बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी : राहत र उद्धारमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन, ६९ पटक उडाइयो हेलिकप्टर बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वल्र्डलिंक ग्राहकलाई राहत, इन्टरनेट नरोकिने बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्