काठमाडौं– किशोर भण्डारी (डिट्ठा साब) ले निर्देशन गरेको फिल्म ‘चंगा’ आउँदो जेठ २५ गते रिलिज हुने भएको छ।
कमेडी जनराको फिल्मले पारिवारिक तथा सामाजिक कथा प्रस्तुत गरेको छ। फिल्ममा 'चंगा’लाई प्रतीकात्मक रुपमा देखाइँदै पैसाको अभावपछि एक ग्रामीण युवकको जीवनमा आउने उतारचढावलाई जोडिएको छ।
बुद्धि तमाङ, कमलमणि नेपाल, राजन खतिवडा, रेश्मा तिमल्सिना (बुनु मैचा), अंकित खड्का लगायतको अभिनय रहेको फिल्ममा बाल कलाकार लकी भण्डारी मुख्य भूमिकामा छन्।
रविन आचार्यले छायांकन गरेको फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक भण्डारीले जानकारी दिए। फिल्ममा राजनराज सिवाकोटी र कमल खत्रीको संगीत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।