नयाँ दिल्ली (एजेन्सी)– बलिउड नायिका लारा दत्तकी छोरी सायरा आमाको नक्सामा नभई बाबुको बाटोमा हिड्ने छाँटकाट देखिएको छ। उनी चर्चित टेनिस खेलाडी महेश भुपतिकी छोरी हुन्।
सायराले केही दिनदेखि मुम्बईस्थित टेनिस कोर्टमा आफ्नो बुवा भुपतिसँग अभ्यास गर्न थालेकी छिन्। बुवासँग टेनिस सिक्दै गरेको ६ वर्षीय सायराको तस्बिर पनि सार्वजनिक भइसकेको छ।
‘मिस युनिभर्स’ को उपाधि जितिसकेकी लाराको विवाह २०११ मा भुपतिसँग भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।