एजेन्सी– बलिउडका ‘किङ अफ रोमान्स’ शाहरुख खानप्रति कुन दर्शक मोहित नहोलान् र! फ्यान मात्र नभएर मानव निर्मित रोबोटको समेत फेबरेट अभिनेताका रुपमा शाहरुख खान नै परेका छन्।
रोबोटमध्ये प्रथम पटक नागरिकता प्राप्त सोफियाले साहरुखलाई आफ्नो बेस्ट हिरोको रुपमा रहेको बताएकी हुन्।
मंगलबार भारतको हैदराबादमा आयोजित एक कार्यक्रमबीच सोफियालाई 'बलिउडमा फेबरेट अभिनेता को हो?' भनेर सोधिएको प्रश्नमा सोफियाले शाहरुखको नाम लिएकी थिइन्।
यो खुसीलाई शाहरुखले तत्काल ट्वीटरमार्फत सेयरसमेत गर्न भ्याए। छनोटप्रति आभार व्यक्त गर्दै शाहरुखले सोफियाप्रति प्रेमसमेत झल्काएका छन्।
सोफियाले साउदी अरबमा आम नागरिकसरह अधिकार प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।