काठमाडौं -विगत तीन वर्षदेखि प्रहरीले पक्राउ गर्न नसकेका डन मनोज पुन बुधबार बिहानै प्रहरी इन्काउन्टरमा मारिएका छन्।
रुपन्देहीको देवदहमा उनी आफ्ना सहयोगी सोम आलेसहित मारिएका हुन्। देवदह उनकै गाउँ हो। २ महिनाअघि बसन्त पौडेलको गोली हानी हत्या गरेको ठाउँ नजिकै उनी बुधबार बिहान मारिएका हुन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पिछा गरीरहेको थियो। पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गरेपछि गोली हानिएको एसपी श्याम ज्ञवालीले बताए। यद्यपी कतिपयले पुनलाई भारतबाट पक्राउ गरी ल्याएर हत्या गरिएको बताएका छन्।
पक्राउ गर्न खोज्ने क्रममा भाग्न खोजेपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेपछि गोली चलाइएको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताए। सिआईबी र रुपन्देही प्रहरीको संयुक्त अप्रेसनमा उनीहरु मारिएका हुन्।
पुन विगत ३ वर्षदेखि मोष्ट वान्टेड रहेका सो समूहले देशभरीका व्यापारीलाई पैसा मागेर आतंकित बनाउदै आएको छ।
गत वर्ष उनले देवदहमा युवा संघका नेता दुर्गा तिवारीको हत्या गरेका थिए। गत असोजमा काठमाडौंमा भएको शरद कुमार गौचनको हत्यामा पनि उनको शंलग्नता रहेको प्रहरीले जनाएको छ।
गत पुस २२ गते उनले देवदहमा बसन्त पौडेलको हत्या गराएका थिए। व्यापारीहरुको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउदै आएका थिए। आतंककमा पर्याय बन्दै आएका पुनलाई पक्राउ गर्न एक वर्ष पहिलेदेखि प्रहरी टोली सक्रिय थियो। सिआईबीको सक्रियतामा प्रहरीले पुनको आतंकलाई बन्द गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।