• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन ४, २०८२ Mon, Feb 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

विश्वभर किन बढ्दै छ राजनीतिक नेताप्रति आक्राेश?

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ११, २०७६  ०८:१४
1140x725

एजेन्सी- हालै इराक, लेबनान, स्पेन र चिलीसम्म सार्वजनिक विरोध प्रर्दशन भएका छन्।

यी सबै प्रर्दशनका कारण र तरिका तथा लक्ष्य भए पनि समानता  पनि भेटिन्छ।

प्रदर्शन भएका आपसमा हजारौं माइल टाढा भए पनि आम मानिसका मागमा भने एकरुपता देखिन्छ। यसरी भएका प्रर्दशनहरुका केही मुद्दाहरु समान देखिन्छन्।

असमानता
यी सबै स्थानका प्रर्दशनकारीहरुमध्ये अधिकांशलाई आफ्नै देशमा दोस्रो दर्जाको नागरिकका रुपमा रहनुपरेको लागेको छ। राज्यको सम्पत्तिबाट बाहिर गरिँदैछ भन्ने उनीहरूलाई लागेको छ। केही घटनाहरुमा देशको महत्वपूर्ण सेवाको बढोत्तरी हुँदा र आम मानिसको सहने सिमा क्रस गर्दा पनि यस्ता प्रर्दशन छन्। 

इक्वेडरमामा यही महिना भएको प्रर्दशन इन्धनमा दिँइदै आएको अनुदान कटौतीका विषयमा केन्द्रित थियो। त्यहाँको सरकारले अन्तराष्ट्रिय मुद्रा कोष(आईएमएफ)सँग एक सम्झौताका कारण इन्धनमा दशकदेखि दिँदै आएको अनुदान कटौती गर्नुपर्ने अवस्था सिर्जना भयो। यसको एक मात्र कारण सरकारी खर्च कटौती गर्नु थियो।

सम्झौताका कारण पेट्रोलको मूल्यले नाटकीय उचाई चुम्यो। इन्धनको मूल्यमा यति मात्रामा वृद्धि भयो कि आम मानिसले खरिद गर्न नसक्ने अवस्थामा पुगे।

उनीहरुको क्षमताभन्दा बाहिर पेट्रोल पुग्यो। इन्धनमा भएको यो मूल्य वृद्धिसँगै सार्वजनिक यातायातको भाडामा समेत भारी वृद्धि भयो। यसको प्रत्यक्ष असर खाद्यान्नमा पर्न पर्न थाल्यो।

Ncell 2
Ncell 2

खाद्यान्यको मूल्य लगातार उकालो लाग्दै गयो र यसको प्रत्यक्ष असर ग्रामीण क्षेत्रका जनतामा पर्न थाल्यो।

यतिसम्म अवस्था विकराल बनेपछि आम नागरिक चुप बस्न सकेनन्। प्रर्दशनकारी राजमार्गमा उत्रिए। उनीहरुले विरोध स्वरुप राजमार्ग बन्द गरे। संसदमा आक्रमण गरे र सुरक्षाकर्मीसँग धेरै ठाउँमा भिडन्त भयो।

उनीहरुको एक मात्र माग थियो इन्धनमा दिँइदै आएको अनुदान निरन्तर हुुनपर्ने र अन्य सरकारी खर्चमा कटौती गर्नुपर्ने।

केही दिनको प्रर्दशनपछि सरकार झुक्यो र प्रर्दशन साम्य भयो।

चिलीमा प्रर्दशन
सार्वजनिक सवारी साधनको भाडावृद्धिका विषयमा यही महिनाबाट चिलीमा प्रर्दशन शुरु भएको छ।

सरकारले इन्धनको मूल्यवृद्धि गर्ने निर्णय गरेपछि सार्वजनिक सवारी साधनको भाडामा अत्यधिक वृद्धि भयो।

मुद्रा कमजोर भएको र इन्धनको मूल्य बढेकाले स्वभाविक भन्दै यसरी भएको वृद्धिले हजारौंलाई सडकमा उतार्‍यो। प्रर्दशनकारीहरुको एउटै मात्र तर्क थियो- सरकारले गरिबलाई निचोर्ने प्रयास गर्दै इन्धनको मुल्य बढाएको हो। 

शुक्रबार प्रर्दशनकारी र सुरक्षा बलका बीचमा भिडन्त भएपछि राष्ट्रपति सेबेस्टियन पाइनिराको एक तस्बिर भाइरल भयो। तस्बिरमा उनी उच्च तहको एक रेष्टुरेन्टमा भोजन गर्न पुगेका थिए र उनी मस्त देखिन्थे। यो तस्बिर राख्दै आन्दोलनकारीले चिलीको राजनीतिक कुलीनता र सडकमा रहँदै आएका मानिसबीचमा भएको अन्तर भन्दै टिप्पणी गरिरहेका थिए।

चीली दक्षिण अमेरिकाको सबैभन्दा धनी देशमध्ये एक मानिन्छ। तर यहाँ गरिब र धनीबीचको खाडल ठूलो छ।

इक्वेडरको जस्तै चिली सरकारले विरोध प्रर्दशन अन्त्य गर्न वृद्धि गरेको इन्धनको मूल्य अन्ततः फिर्ता लिन परेको छ।

तर प्रर्दशनकारीहरुले यसमा चित्त बुझाएनन् र अन्य विभिन्न मुद्दालाई लिएर प्रर्दशन चलिरहेको छ।

‘यहाँ मेट्रोको भाडा वृद्धिलाई लिएर मात्र हामी सडकमा आएका छैनौ,’ प्रर्दशनमा सहभागी एक विद्यार्थीले समाचार एजेन्सी रोयटर्सलाई भनिन्, ‘राजनीतिक नेतृत्वका कारण दैनिक भोग्दै आएको अत्याचारको विपक्षमा आएका मानिसको आक्रोश पनि हो।’ 

000

लेबनानमा पनि यस्तै विषयमा आन्दोलन उठेको थियो। ह्वाटस्एप कलमा सरकारले लगाएको करको विषयमा जनता आन्दोलित भए। 

यसरी सुरु भएको प्रर्दशन आर्थिक समस्या, असमानता र भ्रष्टाचारविरुद्ध मिसनको रुपमा परिणत भयो।

विदेशी ऋण वृद्धि भएपछि अन्तराष्ट्रिय दाता एजेन्सीसँग सहयोग लिन आर्थिक सुधार गरेको दाबी सरकारो छ। तर वास्तविकतामा उक्त काम नभएको आम जनताको आरोप छ।

आम नागरिकले भने देशको आर्थिक हालत खराब हुँदै गइरहेको र यसको जिम्मेवार सरकार भएको आरोप लगाउँदै आएका छन्। ‘हामी यहाँ ह्वाटस् एपका लागि मात्र आएका होइनौं, इन्धन,भोजन रोटी आदि सबथोकको सुनिश्चितता गर्न आएका हौं,’ एक प्रर्दशनकारी अब्दुल्लाले भने।

भ्रष्टाचारप्रति बढ्दाे आक्राेश
विभिन्न देशमा भएका यी प्रर्दशनको एउटै साझा कारण र मुद्दाको केन्द्रमा थियो भ्रष्टाचार। सरकार भ्रष्टाचारमा लिप्त छ, माफिया तथा असमानतासँग यसको सिधा सम्बन्ध भएको सबै देशको प्रर्दशनमा उठेको साझा एजेन्डा थियो।

जनता आर्थिक संकटवाट पीडित भएको तर नेताहरु भने धनी बन्न र शक्तिको फाइदा उठाउन मात्र केन्द्रित भएको लेबनानका प्रदर्शनकारीको आरोप छ। प्रर्दशनमा उत्रेका ५० वर्षीय रबाबले भने, ‘मैले धेरै सरकार देखे तर लेबनानमा योजस्तो भ्रष्ट सरकार अहिलेसम्मकै मैले देखेकै थिएन।’

जनताको यही आक्रोसलाई देखेर सरकारले सोमबार राजनेताको तलबमा कटौती गर्ने निर्णय गरेको छ।

000

इराकमा अहिले चलिरहेको राजनीतिक व्यवस्था अन्त्य गर्नुपर्ने आम मानिसको माग छ। हालको व्यवस्थाबाट उनीहरु निरास भइसकेका छन्।

यहाँको विवादको मुख्य कारण सरकारी नियुक्ति हो। सरकारी नियुक्त‍िमा योग्यताका सट्टामा जातीय र साम्प्रदायिक आरक्षणको आधारमा हुन थालेपछि जनता त्यसको विरोधमा उत्रेका हुन्।

यो व्यवस्थाले नेताहरुलाई सार्वजनिक धनको दुरुपयोग गर्ने छुट दिएको प्रर्दशनकारीको आरोप छ। नेताहरुले आफ्नो मान्छे र सर्मथकको मात्र भलो सोच्न थालेका र आम जनसरोकारका विषयमा कुनै काम गर्न नसकेको उनीहरुको आरोप छ।

000

मिश्रमा पनि सरकारको भ्रष्टाचारविरुद्ध प्रर्दशन सुरु भयो। सेप्टेम्बरमा भएको यो प्रर्दशनको एक मात्र कारण थियो स्पेनमा स्वनिर्वासित रहेका व्यापारी मोहम्मद अलीले गरेको अपील।

उनले राष्ट्रपति अब्देल फतहब अल सीसी र सेनामाथि भ्रष्टाचारको आरोप लगाउँदै त्यसविरुद्ध जनता सडकमा आउनुपर्ने समय आएको भन्दै अपील गरेका थिए। सीसी र उनको सरकारमाथि गैरकानुनी रुपमा धन लुकाएको आरोप थियो।

राजनीतिक स्वतन्तत्रा
केही देशमा भइरहेको प्रर्दशन राजनीतिक व्यवस्थालाई लिएर भईरहेका छन्। जनताले आफू उक्त देशको राजनीतिक चक्रममा फस्न सक्ने आँकलन गर्दै प्रर्दशनमा उत्रेको देखिन्छ।

लामो समयदेखि हङकङमा भईरहेको प्रर्दशन यहीमध्येको एक हो। सरकारले बनाएको सुपुर्दगी विधेयकलाई लिएर भएको प्रर्दशन चली नै रहेको छ। संदिग्ध अपराधीलाई चीनसम्म स्थानन्तरण गर्न सक्ने अधिकारसहित आएको उक्त विधेयक विरुद्ध शुरु भएको प्रर्दशन जारी छ।

हङकङ चीनको एक हिस्सा हो तर यहाँका मानिसमा विशेष स्वतन्त्रता दिइएको छ। चिली र लेबनान जस्तै आम मानिसको व्यापक विरोधपछि यो विवादास्पद विधेयक भने फिर्ता लिइएको छ। तर अहिले प्रर्दशनकारीले आफ्ना मागहरु बढाएका छन्।  अभिव्यक्ति पूर्ण स्वतन्तत्रा, प्रहरी दमन र पक्राउ गरिएका मानिसहरुको रिहाईको माग उनीहरुले गरेका छन्।

त्यस्तै क्याटलोनियामा एक नेतालाई थुनामा राखिएको प्रति हजारौं मानिस सडकमा आएका छन्। अलगाववादी नेतालाई सरकारले राजद्रोहको आरोपमा  यही वर्ष १४ अक्टुवरमा पक्राउ गरेर थुनामा राखेको थियो।

त्यसविरुद्ध बार्सिलोनाको सडकमा हजारौं मानिस आएका थिए। सरकारको उक्त निर्णय स्पेनको एक अदालतले अवैधानिक घोषणा गरेर क्याटलोनियाको स्वतन्त्र घोषणा गरेको थियो।

यहाँ पनि हङकङजस्तै एक म्यासेजका आधारमा बार्सिलोना शहरमा हजारौं मानिस जम्मा भएर प्रर्दशनमा उत्रेका थिए। स्थानीय मिडियाका अनुसार जब मानिसहरु हवाई अड्डामा जादै थिए, एक युवाको समूहले चिच्चाउदै ‘हामी हङकङजस्तै गर्नेछौ’ भनेका थिए। यही अनुसार उनीहरुले सडकमा मानिसहरुलाई उतारेका थिए।

जलवायु परिर्वतन
जति पनि प्रर्दशनको बारेमा तपाइले सुन्नु भयो, त्यसमा निश्चित रुपमा सम्बन्ध पर्यावरण र जलवायु परिर्वतनसँग जोडिएको छ। 

पृथ्वीमा आइरहेको संकटलाई लिएर मानिसहरु सडकमा उत्रेका छन्।

संयुक्त राज्य अमेरिका, ब्रिटेन, जर्मनी, स्पेन र फ्रान्सलगायत देशमा भएका प्रर्दशनमा यी एजेन्डा पनि एक पक्षका रुपमा छन्। यसरी भएका प्रर्दशनमा मानव शृंखला बनाएर र सडकलाई जाम गराउने प्रयास स्वरुप आन्दोलन भएका छन्।

अष्ट्रेलियाको प्रर्दशनमा सहभागी एकले भनेका छन्, ‘सरकारले पर्यावरणको रक्षाका लागि आपत्काल घोषणा नगरे हामीले आफूलाई बचाउन आन्दोलनमा उत्रन बाध्य हुनुपर्छ।’

स्विडेनका एक १६ वर्षीय युवा ग्रेटा थनवर्गबाट प्रभावित भएर स्कुलमा साप्ताहिक रुपमा हड्तालमा भाग लिइरहेका छन्।

अघिल्लो महिना छात्राहरुको अगुवाईमा विश्व पर्यावरणीय हड्तालमा लाखौं मानिसले भाग लिएका थिए। जसका कारण मेलबर्नदेखि मुम्बई, बर्लिन र न्युर्योकसम्म र्‍याली भएको थियो।

(बीबीसी हिन्दीबाट नेपाल लाइभका दुर्गा दुलालले गरेकाे भावानुवाद)

प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६  ०८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली
काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी
सम्बन्धित सामग्री
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी बीच भेटवार्ता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सामाजिक सञ्जाल एक्स मार्फत उनीहरूको भेटवार्ताको बारेमा जानकारी दिएका हुन् । शनिबार, फागुन २, २०८२
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै ओडेसा क्षेत्रका गभर्नर ओलेह किपरले शनिबार बिहान सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका छन् । शनिबार, फागुन २, २०८२
भेनेजुएलामा शान्तितर्फ नयाँ पहल, १७ राजनीतिक कैदी रिहा संसद अध्यक्ष होर्जे रोड्रिगेजले राजधानी क्याराकसको ‘जोना ७’ कारागारमा रहेका यी व्यक्तिहरूलाई रिहा गरिएको जानकारी सामाजिक सञ्जालमार्फ... शनिबार, फागुन २, २०८२
ताजा समाचारसबै
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर सोमबार, फागुन ४, २०८२
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली सोमबार, फागुन ४, २०८२
काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी सोमबार, फागुन ४, २०८२
अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानविय सहयोग आवश्यक : युनिसेफ सोमबार, फागुन ४, २०८२
गगन थापाद्वारा पाँच वर्षे डिजिटल रूपान्तरण मार्गचित्र सार्वजनिक, ४ खर्ब आइटी निर्यात र २ लाख रोजगारी लक्ष्य सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु सोमबार, फागुन ४, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सुनको मूल्य बढ्यो आइतबार, फागुन ३, २०८२
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
पशुपति क्षेत्रबाट उच्छृंखल गतिविधिमा संलग्न १३८ जना नियन्त्रणमा आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्