काठमाडौं– प्रदेश २ का मुख्य न्यायधिवक्तामा अधिवक्ता दीपन्द्र झाको नियुक्ति बदरको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ। उनको नियुक्ति कानुनसम्वत् नभएको भन्दै खारेजीको माग गरी मंगलबार रिट दायर भएको हो।
अधिवक्ताद्वय मधुर पाठक र डिल्लीप्रसाद न्यौपानेले रिट दायर गरेका हुन्।
मुख्य न्यायधिवक्ता नियुक्त हुन उनको योग्यता नपुगेको दाबी गरिएको छ। मुख्य न्यायधिवक्ता नियुक्त हुन कम्तिमा १० वर्ष निरन्तर वकालत गरेको हुनुपर्नेमा झाको योग्यता नपुगेको रिटमा दाबी गरिएको छ। झाले वकालत गरेको ५ वर्ष मात्र भएको रिटमा उल्लेख छ।
यस्तो छ रिट निवेदन



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।