काठमाडौं- दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने यु २३ फुटबल टिमलाई म्यानमार यु २३ टिमसँगको मैत्रीपूर्ण खेलका लागि बिदाइ गरिएको छ। मंगबलार राति कतार जाने टिमले म्यानमारसँग कतारको दोहामा शुक्रबार खेल खेल्दैछ।
नेपालमा नै आउँदो मंसिर १५ देखि २५ सम्म आयोजना हुने तय गरिएको १३ औं सागको तयारीमा रहेको नेपाली टिमले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। घरेलु मैदानमा उपाधिको लक्ष्य राखेको टिमले कतार भ्रमण फलदायी हुने आश राखेको छ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल र अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ लगायतले नेपाली टोलीको बिदाइ गरेका हुन्।
कतार जाने २४ खेलाडीसहित ३० सदस्यीय नेपाली टिममा साग खेल्ने तीन खेलाडी भने समावेश भएका छैनन्। किरण चेम्जोङ, रोहित चन्द र बिमल घर्ती मगर विदेशी लिगमा व्यस्त भएकाले कतार जाने टिममा समावेश नभएका हुन्।
को को छन् टोलीमा ?
अनन्त तामाङ, अन्जन बिष्ट, बिक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजबंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापा मगर, छिरिङ गुरुङ, अर्पण कार्की, दीप कार्की, देव लिम्बु, बिकास खवास, रोमन लिम्बु, नितिन थापा, सेसेहाङ आङदेम्बे, मिक्छेन तामाङ, राम चन्द्र वाजे, प्रिजन तामाङ, रेजिन सुब्बा, राजिव लोप्चन, नवयुग श्रेष्ठ र सुमन अर्याल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।