काठमाडौं- विश्व फुटबलमा सर्वाधिक महत्वपूर्ण मानिने व्यक्तिगत अवार्ड बालोन डि’ओर २०१९ का लागि उत्कृष्ट ३० खेलाडीको नाम सार्वजनिक गरिएको छ। फ्रान्स फुटबलले बर्सेनी दिने अवार्डमा इंग्लिस क्लब लिभरपुलकै सात खेलाडी परेका छन्।
गएका केही वर्षयता लगातार सूचीमा रहेका ब्राजिलियन खेलाडी नेमार यस वर्ष ३० भित्र पनि परेका छैनन्। सुरुवातमा छानिएका ३० खेलाडीको सूचीमा लिभरपुलपछि इंग्लिस क्बल म्यानचेस्टर सिटीका पाँच खेलाडी परेका छन्। यस्तै स्पेनिस क्लब बार्सिलोनाबाट चार खेलाडी मनोनयनमा छन्।
डिसेम्बर २ मा पेरिसमा हुने एक कार्यक्रममा बालोन डिओर विजेताको नाम घोषणा हुनेछ। २००७ मा ब्राजिलियन खेलाडी काकाले बालोन डिओर जितेपछि लगातार १० वर्ष लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोले जितेका थिए। गएको वर्ष दुई खेलाडीको दबदबा तोड्दै लुका मोडरिकले अवार्ड जितेका थिए।
फ्रान्स फुटबलले वर्षका उत्कृष्ट खेलाडीलाई सन् १९५६ देखि नै बालोन डिओर अवार्ड दिँदै आएको हो। बीचमा २०१० देखि २०१५ सम्म फिफा वर्ष खेलाडी अवार्डसँगै जोडिएको बालोन डिओर त्यसपछि भने छुट्टै अवार्डका रुपमा नै छ।
को को छन् उत्कृष्ट ३० मा ?
भर्जिल भ्यान डाइक – लिभरपुल
बर्नान्डो सिल्भा – म्यानचेस्टर सिटी
सन हिउङ मिङ – टोटनह्याम
रोबर्ट लेवान्डोस्की – बायर्न म्युनिख
रोबर्टो फर्मिनो – लिभरपुल
एलिसन – लिभरपुल
म्याथियस डि लिग्ट – युभेन्टस
करिम बेन्जेमा – रियल मड्रिड
जर्जिनियो विज्नालडम – लिभरपुल
सर्जियो अग्युरो – म्यानचेस्टर सिटी
फ्रान्की डि योङ – बार्सिलोना
ह्युगो लोरिस – टोटनह्याम
डुसान टेडिक – आयाक्स
क्रिष्टियानो रोनाल्डो – युभेन्टस
केलियन एमबाप्पे – पिएसजी
ट्रेन्ट अलेक्जेण्डर आर्नोल्ड – लिभरपुल
डोनी भ्यान डर बिक – आयाक्स
पिएरे इमेरिक अबामेयाङ – आर्सनल
मार्क आन्द्रे टेर स्टेगेन – बार्सिलोना
सडियो माने – लिभरपुल
लियोनल मेस्सी – बार्सिलोना
रियाद महरेज – म्यानचेस्टर सिटी
केभिन डि ब्रायन – म्यानचेस्टर सिटी
कालिडु कोलिबाली – नापोली
एन्टोनियो ग्रिजम्यान – बार्सिलोना
मोहम्मद सलाह – लिभरपुल
इडन हाजार्ड – रियल मड्रिड
माक्र्विनस – पिएसजी
रहिम स्टर्लिङ – म्यानचेस्टर सिटी
जोआओ फेलिक्स – एथ्लेटिको मड्रिड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।