काठमाडौं– नेपालकी रायना शाहले एसियाली यु १४ ¥याङकिङ सी–२ टेनिस च्याम्पियनसिपको गल्र्स सिंगल्समा सोमबार विजयी सुरुवात गरेकी छन्।
नेपाल टेनिस संघको आयोनजनामा सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगितामा रायनाले मलेसियाकी सोफिया ग्रेस येओहलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन्। जितसँगै रायना प्रिक्वाटरफाइनलमा प्रवेश गरिन्।
सोही स्पर्धामा भारतकी कात्यानी बशिष्ठले नेपालकी श्रेया भट्टराईलाई ६–३ र ६–४, भारतकी युम्नाम थोइबीले नेपालकी समृद्धि सेढाईंलाई ६–१ र ६–१ तथा भारतकी जान्भी असावाले नेपालकी प्रशंसा मोक्तानलाई ६–१ र ६–० को सीधा सेटमा हराउँदै प्रिक्वाटरफाइनलमा पुगे।
ब्वाइज सिंगल्समा जापानका ज्याकरी बुरक, भारतका देव मेहता, नेपालका सरोज तामाङ, स्वीट्जरल्यान्डका चार्ली सेन्हाउसर, नेपालका श्रृजन भट्टराई, नेपालका आयुशमान हजुर घले, नेपालका निहालजंगबहादुर थापा, नेपालका सौगात विक, भारतका मनुराज सिंह, नेपालका सक्षमविक्रम शाह र नेपालका राजवीर प्रधानले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे।
गल्र्स डबल्समा नेपालका समृद्धि महर्जन र आध्या पौड्यालको जोडीले नेपालकी समृद्धि सेढाईं र भारतकी कात्यानी बरिष्ठको जोडीलाई ७–६, ९–८ र ६–२ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान पक्का गरे।
त्यसै स्पर्धाको ब्वाइजमा नेपालका साश्वत वज्रचार्य र स्विट्जरल्यान्डका चार्ली, भारतका देव मेहता र नेपालका सरोज तामाङ तथा नेपालका सौगात विक र भारतका मनुराजको जोडी आ–आफ्नो प्रतिद्वन्द्वीलाई पन्छउँदै क्वाटरफाइनलमा पुगे।
प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन्। प्रतियोगितामा नेपाल, भारत, जापान र मलेसिायबाट ४७ खेलाडी सहभागी छन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।