काठमाडौं- पाँच महिनाको रस्साकस्सीपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको छ।
सोमबार राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा दुई ठूला वामपन्थी दलका शीर्ष नेताहरु सम्मिलित बैठकमा पार्टी एकताको घोषणामा हस्ताक्षर भएसँगै एकीकृत पार्टी 'नेपाल कम्युनिस्ट पार्टी' बनेको हो।
पार्टी एकताको एेतिहासिक घोषणामा केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले १० बनेर ३० मिनेटमा हस्ताक्षर गरेका थिए।

सहमतिमा पार्टीको निर्देशक सिद्धान्त 'मार्क्सवाद-लेनिनवाद' रहने, एमालेले अवलम्बन गरेको 'जनताको बहुदलीय जनवाद' र माओवादी केन्द्रको 'एक्काइसौं शताब्दीमा जनवाद' सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने लगायतका विषय उल्लेख छ।

तस्बिरहरु : प्रदीप ज्ञवालीको ट्विटरबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।