• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ३०, २०८३ Wed, May 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

साना हतियारका ठूला अपराध

64x64
दीपक घिमिरे सोमबार, कात्तिक ४, २०७६  १६:४५
1140x725

रुपन्देही- गत भदौ २९ गते दिउँसो रुपन्देहीको रोहिणी गाँउपालिका-३ बैकुण्ठपुरमा महेन्द्र चौधरीको गोली हानी हत्या भयो।

भैरहवाको हिमालयन बैंकबाट ५ लाख निकालेर घर फर्केका ओमसतिया गाउँपालिका-५ का चौधरीलाई लुटेराको समूहले बैकुण्ठपुरामा गोली हानेका थिए। उनलाई गोली प्रहार गर्न लुटेरा समूले पेस्तोल प्रयोग गरेका थिए।

गत वर्षको चैत १३ गते गोली प्रहारबाटै बुटवल उपमहानगरपालिका-२ गढी टोलमा भारतीय नागरिक फिरोज खान मारिए। खानलाई उनकै श्रीमती साहिना खातुनले भिनाजु कादिर अन्सारीसँग मिलेर हत्या गरेको प्रहरी अनुसधानको रिपोर्ट छ। सहिना पक्राउ परेकी छिन् भने अन्सारी अझै फरार छन्। खानलाई पनि सानो हतियार पेस्तोल प्रयोग गरेर मारिएको थियो।

पेस्तोल प्रयोगबाट भएका यी दुई हत्याकाण्ड उदाहरणमात्रै हुन्। पछिल्लो समय अपराधमा साना हतियारको प्रयोग बढ्दो छ। प्रहरी प्रधान कार्यालयकै तथ्याङ्कले पनि यो कुरालाई पुष्टि गर्छ।

आर्थिक वर्ष २०७५/०७६मा प्रहरीले साना हतियार पेस्तोल धेरैमात्रामा बरामद गरेको थियो। प्रहरीको तथ्याङ्क अनुसार कटुवा पेस्तोल ५१ थान, रिभल्बर ३ थान र अन्य पेस्तोल ५७ थान १ सय ११ थान साना हतियार (पेस्तोल) बरामद भएको थियो।

ठूलो मात्रामा साना हतियार बरामद हुनुले यसको जोखिम पनि बढ्दै गएको सुरक्षा विज्ञहरु बताउँछन्। केही घटनामा प्रयोग भएका हतियारलाई नियाल्ने हो भने साना हतियार चुनौती बन्दै गएको देखिन्छ।

गतवर्षको मंसिर ७ गते कपिलवस्तु शुद्धोधन गाँउपालिकाका राजाबाबु भनिने दीपेन्द्र कुमार चौधरीको हत्या भयो। सामान्य रिसइबीमै उनलाई गोली प्रहार गरेर मारिएको थियो।

यस्तै गत वर्षकै जेठ २ गते रुपन्देहीको कोटहीमाई गाउँपालिका-४ का ४१ वर्षीय मजदुर रामकेश धवलको हत्या भयो। घर निर्माण गर्ने मजदुर धवलको हत्यामा नलकटुवा पेस्तोल प्रयोग भएको पाइएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

रुपन्देही र यस आसपासका जिल्लामा भएका अधिकांश जसो हत्याकाण्डमा साना हतियारको प्रयोग भएको पाइन्छ। रुपन्देही सबैभन्दा बढी अपराध हुने तेस्रो जिल्लाका रुपमा समेत चिनिन्छ। गत वर्ष काठमाडौंमा सबैभन्दा बढी ८ हजार ५ सय ५९ वटा अपराधका मुद्दा दर्ता भएका थिए भने मोरङमा १ हजार ८ सय ८८ र त्यसपछि रुपन्देहीमा १ हजार ८ सय ३५ मुद्दा दर्ता भएको थियो।

बढी अपराध हुने जिल्लाको तेस्रो स्थानमा रहेको रुपन्देहीमा भएका धेरैजसो अपराधका घटनामा साना हतियारकै प्रयोग भएको पाइन्छ।

गतवर्ष पुस २९ मा प्रहरीमाथि गोली चलाएपछि इन्काउन्टरमा मारिएका रुपन्देही सिद्धार्थनगर-६ का केदार साहनीको साथबाट युएसए अटोमेटिक पेस्तोल फेला परेको थियो। चर्चित गुण्डा नाइके मनोज पुनको इन्काउन्टरका समयमा पनि प्रहरीले अटोमेटिक पेस्तोल बरामद भएको बताएको थियो।

भारतमा सहजै पाइने र खुल्ला सिमानाकाका कारण सहजै नेपाल भित्रिने यस्ता खालका हतियारका कारण नेपाली भूमि अपराधस्थलको रुपमा प्रयोग हुँदै गएको भन्नेतर्फ संकेत गरेको छ।

३ वर्ष अगाडि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या, एमाले कार्यकर्ता वसन्त पौडेल बलुको हत्यामा पनि कुख्यात अपराधी मनोज पुनले भारतमा सहजै पाइने साना हतियार प्रयोग गरेको प्रहरी अनुसन्धानले देखाएको थियो।

प्रहरी अधिकारीका अनुसार सानातिना समूहले चन्दा असुल्नका लागि धक्याउने, तर्साउने, लुटपाट गर्नेदेखि व्यक्ति हत्यासम्मका घटनामा साना हतियार प्रयोग भएका पाइएका छन्। भारतसँग जोडिएका तराईका जिल्लामा हुने अधिकांश अपराधमा भारतमै निर्माण हुने साना हतियार प्रयोग हुने गरेको प्रहरी श्रोत बताउँछ।

प्रदेश ५ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाह नेपाल भारतबीचको खुला सिमाना र साना हतियार प्रहरीका लागि टाउको दुखाईको बिषय भएको बताउँछन्। ‘खुला सीमाना छ, सीमापारि भारतमै बनेका र अरु मुलुकबाट आएका हतियार सजिलै किन्न पाइन्छन्’, उनी भन्छन्- ‘ती हतियार नेपालमा सजिलै प्रवेश गर्छन्, खुला सीमाना भएकाले पूर्ण रुपमा रोक्न सकिएको छैन।’

भारतमा अपराध गरेर नेपाल आउन र नेपालमा अपराध गरेर भारत जान खुला सीमानाले अपराधीलाई सजिलो बनाएको छ। यसको अफ्ठ्यारो प्रहरीले झेल्नुपर्छ। अपराधीहरु सडकको बाटो आउँदैनन्, खेत, झाडी भएर लुक्दै आउँछन्, यसले प्रहरीलाई कताबाट आयो र कता गयो भन्ने खोज्नै समस्या भएको प्रहरीको गुनासो छ।

प्रदेश ५ का तराईका जिल्लामा साना हतियारको प्रयोगबाट हुने अपराध बढ्दै गएको छ।

सामान तस्करदेखि हत्या धम्कीमा फिरौती उठाउने काममा साना हतियार प्रयोग बढेको छ। यसरी सहजै नेपाल भित्रिने साना हतियारका कारण सीमावर्ती क्षेत्रमा अपराध बढेको छ भने आम नागरिकमा त्रासको वातावरण सृजना भएको छ। व्यक्तिगत रिसइबीमा पनि हतियार प्रयोग हुनुले प्रहरीको निगरानी असफल जस्तै देखिएको छ। त्यसमाथि अपराधकर्म गरेर भारतमा लुक्न जाँदा अपराधी पक्रिन र कानुनी प्रक्रिया अघि बढाउन प्रहरीलाई सजिलो छैन।

रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले भारतमा सहज रुपमा पाइने साना हतियारका कारण नेपालमा साना हतियारको बिगबिगी रहेको बताए। थापा भन्छन्-‘भारतको बिभिन्न स्थानमा साना हतियार खुला रूपमै किन्न पाइन्छन्, यसको नियन्त्रणका लागि सिमानाकाका बिभिन्न स्थानमा निगरानी गर्नु पर्दछ।’

नेपालमा अपराध गर्ने धेरै जसो अपराधिक मनोबृतिका व्यक्तिहरु भारतमा अपराध गरेर अशुरक्षित महशुस गरेपछि नेपाल छिर्ने गरेको प्रहरी अनुसन्धानले बताएको छ।

प्रहरी अधिकारीहरुका अनुसार यस्ता हतियार सिमावर्ती क्षेत्रमा ५ हजारदेखि ५० हजार रूपैयाँ सम्मका किन्ने गरेको हत्यामा संलग्न भई पक्राउ परेका अभियुक्तले बयानका क्रममा बताएका छन्।

हतियारसँगै लागुऔषधका कारोबारी यस्ता काममा सक्रिय छन्। खुल्ला सीमा, डिजिटल चेकजाँचको अभाव, हतियारसम्बन्धी प्रभावकारी कानून नहुनु, सीमामा प्रभावशाली प्रविधिको अभावका कारण सहजै रुपन्देही, कपिलवस्तु, नवलपरासीबाट, पाल्पा हुँदै पोखरा, काठमाडौंसम्म पुग्ने गरेको समाचार श्रोतको भनाइ छ। सुरक्षा निकायले भने त्यस्ता खालका हतियार खासै पक्रिन सकेको छैन्।

प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६  १६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रतिनिधि सभाको बैठक || LIVE|| बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधिसभामा विपक्षी दलको अवरोध,  मागियो प्रधानमन्त्रीको राजीनामा बुधबार, वैशाख ३०, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस बुधबार, वैशाख ३०, २०८३
रुलिङ गरेर प्रधानमन्त्रीलाई संसदमा बोलाउन कांग्रेसको माग बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, वैशाख २९, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्