काठमाडौं– उपत्यकाका प्रहरीमा अराजकता र अनुशासनहिनता बढ्दै गएको हो। एक पछि अर्काे प्रहरी कारबाहीमा तानिएका छन्।
दरबारमार्ग वृत्तमा सामूहिक बलात्कार घटनामा प्रहरीकै सहयोगमा मिलापत्र गरेको अनुसन्धान पुरा नहुँदै अन्य अधिकारीहरु पनि छानबिनमा तानिएका छन्।
ललितपुरका एसएसपी गणेश ऐरमाथि समेत प्रहरी मुख्यालयले छानबिन थालेको छ। लेनदेनसम्बन्धि विषयमा भएको अपहरण मुद्दामा चलखेल गरेको आरोपमा उनीलाई स्पष्टिकरण सोधिएको छ।
सो मुद्दामा इन्सपेक्टर गोविन्द पन्थीलाई गणमा राखेर निलम्बनको प्रक्रिया अघि बढाइएको छ।
दरबारमार्ग वृत्तका इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परीसकेका छन्। डिएसपी तिलक भारतीमािथ समेत कारबाही प्रक्रिया अघि बढेको छ।
तीन साताअघि कलंकीमा सई मदन मल्लले जुवाडेकै पैसा लुटेका थिए भने एयरपोर्टका कार्यरत असई कुलबहादुर राई सुन तस्करीमा सघाएकोको आरोपमा पक्राउ परेका थिए।
उपत्यकामा प्रहरी नेतृत्व नै कमजोर हुँदा यस्तो अराजकता बढेको प्रहरी अधिकारीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।