काठमाडौं- कार्ल्सबर्ग गल्फ सिरिज २०१९ को उपाधि निश्चय रायमाझीले हात पारेका छन्। रायमाझीले २७५ अंक प्राप्त गरी टप पोजिसन हासिल गरेर सो उपाधि हात पारेका हुन्।
जितसँगै उनले मलेसियामा हुने गल्फ टुर्नामेन्टमा सहभागी हुने अवसर प्राप्त गरेका छन्। यसका साथै तासी छिरिङले २१० अंक प्राप्त गरी सिरिजको ग्रस च्याम्पियन बन्न सफल भए।
रायमाझिले ३७ अंक प्राप्त गरी टप पोजिसन हासिल गरेर नेट विजेता भएका छन् भने श्री छिरिङले ३५ अंक प्राप्त गरी ग्रस विजेता बन्न सफल भएका हुन्। श्रीराज प्रधान ३५ अंक काउन्ट ब्याकका साथ नेट उपविजेता बने।
३० अंक काउन्ट ब्याकका साथ श्रीमती प्रतिभा राई महिला तर्फका विजेता बन्न सफल भएकी छिन् भने ३० अंक काउन्ट ब्याकका साथ श्रीमती करिस्मा साह उप विजेता बनेकी छन्। यसै गरी ६० वर्ष र त्यसभन्दा माथिका सहभागीहरुका सिनियर विधामा ३४ अंकका साथ श्री मदन राणा विजेता भए।
५ बर्डिजका साथ श्री विजय एस इनहउसले मस्ट बर्डिजका उपाधि जिते। श्री वाङ्गछेन धोन्डोप र श्री लि उई जि ले भने क्रमशः लङ्गेष्ट ड्राइभ र क्लोजेष्ट टु द पिन जिते।
प्रतियोगितापछि गोकर्ण गल्फ क्लबका अध्यक्षले सुहृद घिमिरेले १९९० देखि नेपालमा गल्फ खेलको गौरवशाली प्रायोजक रहेको कार्ल्सबर्गले प्रतिभाशाली उदयमान गल्फर प्रतिभा देखाउने अवसर प्रदान गरेको बताएका थिए।
'गल्फसँगको कार्ल्सबर्गको आवद्धता दशकौं लामो साथबाट बनेको छ किनकि नेपालमा गल्फको सुरुवात भएदेखि नै कार्ल्सबर्ग सहयोगी प्रायोजकको रुपमा अगाडि आइरहेको छ,' उनले भने।
कार्ल्सबर्ग बियरले सो प्रतियोगिताको प्रायोजन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।