काठमाडौं- सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले दिएको राजीनामा स्वीकृत गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि दोस्रो पटक बसेको मन्त्रिपरिषद् बैठकले आइतबार वाग्लेको राजीनामा स्वीकृत गरेको हो।
शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिना अगाडि योजना आयोगको उपाध्यक्षमा वाग्लेलाई नियुक्त गरेको थियो।
डा वाग्लेले नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस् भनेर उपाध्यक्षबाट राजीनामा दिएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।