• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

'जिन्दावाद' योग्य पारसको कप्तानी पारी

64x64
नेपाल लाइभ मंगलबार, असोज २८, २०७६  १५:३८
1140x725

काठमाडौं- कुनै बेला थियो, पारस खड्काले आफू नेपालको सर्वाधिक सफल क्रिकेट कप्तान हुनेछु भन्ने सोचेका थिएनन्। विद्यार्थी जीवनदेखि नै खेल खेल्ने पारस अधिकांश समय फुटबल खेल्थे। बास्केटबलमा पनि रुची थियो। तर, अस्ट्रेलियाली टिमको क्रिकेट खेल हेरेर 'क्रिकेटको किरो' बनेका उनी फुटबल र बास्केटबलको सोख मारेर अन्ततः क्रिकेटतर्फ नै केन्द्रित भए।

काठमाडौंका रैथाने खड्कालाई यो खेलमा नलाग्न पटक-पटक घरबाट दबाबसमेत आउने गर्दथ्यो। खेलेर होइन धेरै पढेर सरकारी जागिर खानुपर्ने वा व्यापारतिर लाग्नुपर्ने दबाब थियो। तर, पारसका हजुरबुवा उनको साथमा थिए। हरेक पटक घरमा पारसकै पक्षमा हजुरबुवाको पैरवी चल्थ्यो।

आफ्नो रुचीलाई पछ्याउँदै जाँदा पारस सन् २००२ मा १५ वर्षमुनिको राष्ट्रिय क्रिकेट टोलीमा परे। अर्को वर्ष पारस पाकिस्तानमा भएको १९ वर्षमुनिको युथ एसियन कपका लागि नेपाली टोलीमा समेटिए। त्यसपछि उनी आइसिसी यू-१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीमा समेत पर्न सफल भए।

पारसको नेपालको सिनियर टिममा डेब्यू भने सन् २००४ मा भएको हो। उनी एसिसी इन्टरकन्टिनेन्टल कपअन्तर्गत काठमाडौंमा भएको मलेसिया विरुद्धको खेलमा पहिलोपटक सिनियर टोलीको जर्सी लगाएर मैदान उत्रिए। त्यसपछि सिनियर टोलीमा उनले पछाडि फर्केर हेर्नुपरेको छैन। एकपछि अर्को सफलता उनको हातमा पर्दै गयो। यतिसम्म कि गत असोज ११ मा त्रिकोणात्मक टी–ट्वान्टी शृंखलाअन्तर्गत सिंगापुरवविरुद्धको खेेलमा पासरले शतक प्रहार गर्दासम्म नेपाली क्रिकेटमा उनको प्रभाव गाढा र चर्चायोग्य छ।

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका पारसले ५२ बलमा अविजित १ सय ६ रन बनाएका थिए।

सन् २००५ मा उनलाई यू-१९ टिमको उपकप्तानको जिम्मेवारी दिइयो। त्यसको अर्को वर्ष श्रीलंकामा खेलेको आइसीसी यू–१९ वर्ल्डकप प्लेट च्याम्पियनसिपमा नेपालले दक्षिण अफ्रिकालाई सेमिफाइनलमा र न्युजिल्यान्डलाई फाइनलमा पराजित गर्दै उपाधि जित्न सफल भयो। उक्त खेलमा पारसले महत्वपूर्ण खेलाडीको रुपमा आफूलाई स्थापित गराए। दक्षिण अफ्रिका, न्युजिल्यान्ड र जिम्बाबेविरुद्ध पारसले अलराउन्ड प्रदर्शन गरेका थिए।

नेपाली टोलीको ब्याटिङको 'खम्बा' जस्तै बनेका पारस करियरको उचाइमा रहेका बेला नेतृत्व छाड्ने घोषणा गरेसँगै नेपाली क्रिकेट जगत फेरि तरंगित भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

सोमबार मात्र आइसिसीले निलम्वन फुकुवा गर्नु र भोलिपल्ट पारसले आफ्नो कप्तानी छोडेको घोषणा गर्नु नेपाली क्रिकेटको दुर्लभ संयोगमात्र हुन सक्दैन। पछिल्ला वर्षहरुमा राजनीति र आइसिसीको प्रत्यक्ष निगरानीमा चलिरहेको नेपाली क्रिकेट अब कता जाला भन्ने कुराको प्रश्न पनि यो राजीनामाले उठाउने देखिन्छ।

सन् २००९ देखि विनोद दासको स्थानमा कप्तानी सम्हालेका पारसले नेपाललाई डिभिजन ५ हुँदै ऐतिहासिक रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत दिलाउन महत्वपूर्ण भूमिका खेले।

पारसले विज्ञप्तिमा नेपाली क्रिकेटमाथि लागेको निलम्बन फुकुवा भएको थाहा पाउँदा निकै खुसी लागेको र नयाँ समितिले नेपाली क्रिकेट, खेलाडी तथा सरोकारवालाहरुको राम्राका लागि गरोस् भन्ने कामना गर्दै आफूले अहिलेदेखि नै लागू हुनेगरी नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएको उल्लेख गरेका छन्।

‘नेपाली क्रिकेटमाथि लागेको निलम्बन फुकुवा भएको थाहा पाउँदा निकै खुसी छु र नयाँ समितिले नेपाली क्रिकेट, खेलाडी तथा सरोकारवालाहरुको राम्राको लागि गरोस् भन्ने कामना गर्दछु,’ उनले राजीनामा घोषणा गर्दै भनेका छन्, ‘मैले अहिलेदेखि नै लागू हुनेगरी नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिने निर्णय गरेको छु , नयाँ शुरुवात नयाँ तरिकाबाट हो र टोलीलाई अघि बढाउने गरी सबैको सहभागिता रहोस् भन्ने चाहन्छु।’

उनले आफ्नो क्रिकेट यात्रालाई अविश्वनीय यात्राको संज्ञा दिँदै सहयोग गर्ने सबै खेलाडी, कोच, अम्पायर, साथीहरु, ग्राउन्ड म्यान तथा परिवारलाई समेत धन्यवाद दिएका छन्।

पारसले सन् २००२ मा युएईमा भएको यू-१५ एसिया कपमा पहिलोपटक नेपालको जर्सी लगाएसँगै नेपालले नयाँ भविष्यको सफल कप्तानको छनोटको समेत सुरुवात गरेको मान्न सकिन्छ। कराँचीमा भएको युथ एसिया कपमा पारसले भारतविरुद्ध खेल्ने मौका पाएका थिए।

सन् २००४ मा पहिलोपटक बंगलादेशमा भएको एसीसी यू–१९ विश्वकप खेलेको पारस सहितको टोलीले दक्षिण अफ्रिकालाई हराएको थियो।

पारसले सन् २००७ मा मलेसियामा भएको एसीसी यू–१९ च्याम्पियनसिपबाट सो उमेर समूहको टोलीको कप्तानी सम्हाल्ने जिम्मेवारी पाए। उक्त  प्रतियोगितामा उनी उत्कृष्ट खेलाडी हुन सफल भएका थिए। सोही वर्ष 'एसिसी इमर्जिङ प्लेयर अफ द इयर'को अवार्ड पारसको पोल्टामा पर्‍यो।

लगत्तै तत्कालीन अवस्थामा नेपाली टोलीको कप्तानको जिम्मेवारी पारसलाई दिनुपर्ने दबाब सिर्जना भयो। छनोट टोली र नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ कप्तानका लागि उनलाई तयारी गराउने रणनीति लियो। क्यानले पारसलाई सोही वर्ष सिनियर टोलीको उपकप्तानको जिम्मेवारी दियो।

२००७ मा कुवेतमा भएको एसिसी टी-२० कपमा सिनियर टिममा उपकप्तानीको जिम्मेवारी पाएर उनले खेले। त्यसको दुई वर्षपछि सन् २००९ मा उनले पूर्णरुपमा नेपाली टोलीको 'कमान्ड' सम्हालेका थिए। युएईमा भएको एसिसी टी-ट्वान्टी ट्रफीबाट उनलाई राष्ट्रिय टोलीको कप्तानीको जिम्मेवारी दिइएको थियो। 

लगत्तै सन् २०१० मा उनको कप्तानीमा काठमाडौंमा भएको डिभिजन-५ क्रिकेटमा नेपाल च्याम्पियन बन्यो। यो नेपालले जित हात पारेको आइसिसीको ठूलो प्रतियोगिता थियो। घरेलु दर्शकमाझ राष्ट्रिय टोलीलाई डिभिजन-५ को उपाधि दिलाएपछि उनी नेपाली समर्थकमाझ थप लोकप्रिय भए।

सन् २०१२ मा मलेसियामा भएको डिभिजन-४ क्रिकेटमा नेपाललाई च्याम्पियन बनाएका पारसले त्यसै वर्षको एसिसी ट्रफी एलिट ट्रफी नेपाललाई दिलाउनुका साथै आफू 'प्लेयर अफ द सिरिज' पनि बन्न सफल भए।

सो प्रतियोगितामा उनको रन औषत ७२.७५ को थियो भने ९ विकेट पनि लिएका थिए। सोही प्रतियोगितामा कुवेतविरुद्ध उनले करियरकै पहिलो शतक हिर्काएका थिए। पारसको अलराउन्ड प्रर्दशनका कारण नेपाल सफल हुन सकेको भन्दै थप श्रेय पाए।

सन् २०१३ मा भएको एसीसी टी-२० कपमा पनि उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने। सोही वर्ष पारसकै कप्तानीमा बरमुडामा भएको वर्ल्ड क्रिकेट लिग डिभिजन-३ मा नेपाल च्याम्पियन बन्दै नेपाल टी-२० विश्वकपमा छनोट हुन सफल भयो। उक्त प्रतियोगितामा नेपाल तेस्रो बन्दै पहिलोपटक विश्वकपमा पाइला राखेको थियो।

टी-२० विश्वकपमा नेपालका लागि हङकङ र बंगलादेशविरुद्धको खेलमा उनले समान ४१/४१ रन प्रहार गरेका थिए। हङकङविरुद्ध उक्त विश्वकपको पहिलो बलमै इरफान अहमदको विकेट लिदैँ उनी विश्वकपको पहिलो बलमै विकेट लिने विश्वकै आठौं खेलाडीको रेकर्ड बनाउन सफल भए।

अफगानिस्तानविरुद्ध सो विश्वकपमा ९ रनको सनसनीपूर्ण जित निकाल्ने क्रममा पारसले दुईवटा उत्कृष्ट क्याच लिएका थिए। त्यसक्रममा उनलाई धेरै मिडियाहरुले 'नेपालका कपिल देव' भन्दै प्रशंसा समेत गरेका थिए। सो प्रतियोगितापछि नेपालले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पनि पाएको थियो।

टी-२० अन्तर्राष्ट्रियको मान्यता पाएकै बेला नेपालले नेदरल्यान्ड्ससँग ४ खेलको शृखंला खेलेको थियो। उक्त शृखंला नेदरल्यान्ड्सले ३–१ ले जिते पनि पारस नेदरल्यान्ड्सका अहसान मलिकसँगै 'म्यान अफ द सिरिज' चुनिएका थिए।

मार्च २०१५ मा भएको इमिरेट्स टी-२० प्रीतयोगिताका लागि उनी मेरिलोबेन क्रिकेट क्लबको टोलीमा पनि समेटिएका थिए।

त्यसयता नेपाललाई २०१५-०१७ सम्म विश्व क्रिकेट लिग च्याम्पियन्ससिपको नेतृत्व गरेका पारसले २०१७ को फ्रेब्रुअरीमा भएको डिभिजन-२ को उपविजेता बनाउँदै मार्चमा जिम्बाबेमा हुने विश्वकप छनोटमा पुर्‍याउन सफल भएका थिए। उक्त खेलमा आठौं बन्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको समेत मान्यता हासिल गर्न सफल भयो।

जे जस्तो भए पनि धिमा गतिको नेपाली क्रिकेटलाई गतिशील बनाउन र प्रशंसकको संख्या आर्जन गर्ने पारसको कप्तानी पारी साँच्चै 'जिन्दावाद' भन्न लायक छ। उनका प्रशंसकहरुले सामाजिक सञ्जालहरुमा क्रिकेटमा पारसको अझै पनि महत्वपूर्ण भूमिकाको निरन्तताको कामना गरिरहेका छन्।

सोही कामनालाई पारसले पक्कै आत्मसाथ गर्नेछन् भन्ने उनकै भनाइले स्पष्ट पार्छ। राजीनामापछि पत्रकार सम्मेलन गर्दै उनले भनेका छन्- 'मैले कप्तानी मात्र छाडेको हुँ, ब्याट छाडेको छैन।'

प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६  १५:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्