• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सौरभ गांगुली : बंगाली दादादेखि भारतीय क्रिकेट बोर्डको अध्यक्षसम्म

64x64
नेपाल लाइभ सोमबार, असोज २७, २०७६  १९:४५
1140x725

काठमाडौं- क्रिकेटका पारखीका लागि सौरभ गांगुली नयाँ नाम हाेइन।

भारतीय क्रिकेटका सफल कप्तान र 'बंगाली दादा'का उपनामले परिचित उनी विश्वकै शक्तिशाली मानिने भारतीय क्रिकेट बोर्डको अध्यक्ष बन्न सफल भएका छन्। 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)को अध्यक्षका एक्ला प्रतिस्पर्धीका रूपमा रहेका पूर्व कप्तान गांगुलीसँगै सोही पदका लागि बृजेश पटेल पनि प्रत्यासी थिए। 

तर पटेल पछि हटेकाले गांगुली अध्यक्ष बन्ने बाटो खुलेको थियो।

भारतीय क्रिकेटलाई यो उचाईमा पुर्या‍उने उनलाई ‘बंगाल टाइगर’ उपनामले समेत चिनिन्छ।

भर्खरै उनी अध्यक्ष भएको औपचारिक घोषणासमेत भएको छ। 

गृहमन्त्रीका छोरा सचिव र वित्तमन्त्रीका भाई कोषाध्यक्ष!

nimb
nimb
Ncell 2
Ncell 2

गृहमन्त्री अमित शाहका छोरा जय शाह सचिव पदका लागि दाबेदारीमा छन्। बीसीसीआइका पूर्व अध्यक्ष एवं वित्तराज्यमन्त्री अनुराग ठाकुरका कान्छा भाई अरुण धुमल कोषाध्यक्षको दौडमा छन्। गांगुली यस्ता कप्तान हुन्, जसले विदेशी भुमिमा भारतलाई जित्न सिकाएका थिए।

यही सानका कारण उनलाई दादा भन्न थालिएको हो। टिम इन्डियाका यी कप्तानले कुनै समय विश्व क्रिकेटमै दादागिरी देखाएको मानिन्छ। भारतीय क्रिकेटलाई नयाँ उचाईमा पुर्‍याउनुका साथै स्वर्णिम युग शुरु गराएको भनी चर्चा पाएपछि उनलाई बंगाली दादा उपनामले चिनिन थालेको हो।

गांगुलमाथि फेरि भारतलाई क्रिकेटको अध्यक्ष भएर दादागिरी देखाउने मौका मिलेको छ। 

शतकबाट टेस्ट करिअरको शुरुवात
गांगुलीले डेब्यू खेल नै शतकबाट शुरु गरेका थिए। सन् १९९६ मा इंगल्यान्ड‍विरुद्ध भारतले खेलेको टेस्टमा उनले डेब्यू गरेका थिए। उक्त खेलमा गांगुलीले शतक प्रहार गरे।

उनले ४९ टेस्ट र १ सय ४७  एक दिवसीय खेलमा कप्तानी गरेका छन्। उनले आफ्नो खेल अवधिमा १ सय १३ टेस्ट म्याचमा ४२.१७ को औसत रनरेटमा ७ हजार २ सय १२ रन बनाए। जसमा १६ शतक र ३५ अर्धशतक बनाए।

देब्रे हातले खेल्ने गांगुली एक स्टालिस ब्याट्सम्यान कहलिएका छन्

त्यस्तै ३ सय ११ एक दिवसीय खेलमा उनले ४१.०२ को औषत रनरेटमा ११ हजार ३ सय ६३ रन बनाएका थिए। एक दिवसीयमा २२ शतक र ७२ अर्ध शतक बनाएका गांगुलीले धर्मराएको भारतीय क्रिकेटलाई नयाँ रूप दिएका थिए।

उनले घरेलु मात्र नभएर विदेशी भुमिमा पनि टिम इन्डिया जित हात पार्न सक्छ भनी देखाए। भारत लामो समयसम्म विदेशी भूमिमा हार व्यहोरेर निराश भएका बेला गांगुलीको कप्तानीले जित हात पारेको थियो।

गांगुलीको नेतृत्वमा टिम इन्डिया १९८३ र २००३ को विश्वकपको फाइनलमा पुग्न सफल भयो। गांगुलीले २००८ मा अष्ट्रेलियाविरुद्ध घरेलु टेस्ट सिरिजपछि अवकाश लिएका थिए।

हाल उनी क्रिकेट एशोसियसन अफ बंगालको अध्यक्ष छन्।

गांगुलीको कप्तानीमा भारतीय क्रिकेट टिम २००२ मा श्रीलंकासँग संयुक्त विजेता बनेको थियो। २००२ मा दक्षिण अफ्रिकामा भएको विश्वकमा फाइलनसम्म पुगेको थियो।

यस बाहेक गांगुलीलाई सँधै याद गरिने समय भनेको २००२ को इंग्ल्यान्ड विरुद्धको खेल पनि हो।उक्त खेलमा जित हात पारे पनि उनले टी-सर्ट उतारेका थिए।

यस्ता छन् गांगुलीका उपलब्धि 
१. १९९६मा डेब्यु गरेको टेष्टमै अन्तराष्ट्रिय शतक प्रहार 

२. २० भन्दा धेरै टेष्ट म्याच जिताउने कप्तान। उनी आफ्नो कप्तानीमा २१ टेष्टमा भारतलाई जिताउन सफल भए। यसअघि मोहम्द अजहद्दीनको कप्तानीमा भारतले १४ टेष्ट म्याच जितेको थियो। गांगुलीले उक्त रेकर्ड तोडेका थिए।

उनी पछि महेन्द्रसिंह धोनीले पनि यो रेकर्ड तोडेका छन्। धोनीले आफ्नो कप्तानीमा २७ टेस्ट जिताएका छन्। यो रेकर्ड हालका कप्तान विराट कोहलीले पनि तोडिसकेका छन्। उनले आफ्नो कप्तानीमा ३० टेस्ट जिताएका छन्।  

३. गांगुली वान डे क्रिकेटमा सबैभन्दा कम समयमा नै ६ हजार रन पुर्‍याउने पाँचौ नम्बरमा छन्।  १४७ वान डेको पारीमा उनले ६ हजार रन पुर्याएका थिए।

४. गांगुली वान डे क्रिकेटमा तीव्र गतिमा १० हजार रन पूरा गर्ने खेलाडीको सूचीमा तेस्रो नम्बरमा छन्। २ सय ६३ वान डे क्रिकेटको पारीमा १० हजार रन पूरा गरेका गांगुलीभन्दा अघि सचिन तेन्दुलकर र विराट कोहली मात्र छन्।

५. वान डे क्रिकेटमा सबैभन्दा धेरै रन साझेदारी गर्ने रेकर्ड पनि गांगुली र सचिन तेन्दुलरको नाममा छ। उनीहरुको यो वल्र्ड रेकर्ड थियो। दुई खेलाडीले १७६ वान डेको पारीमा ८ हजार २ सय २७ रन साझेदारी गरेका थिए। उनीहरुले २६ शतक र २९ अर्धशतक प्रहार गरेका थिए। यो विश्व रेकर्ड तोड्न हालसम्म कसैले पनि सकेको छैन। 

६.  वान डे क्रिकेटमा सबैभन्दा धेरै साझेदारी गर्ने रेकर्ड पनि गांगुलीको साझेदारीमा भएको थियो। राहुद दब्रिड र गांगुलीको जोडीले ब्याटिङ गर्दै चौथो नम्बरमा यस्तो रेकर्ड बनाएका थिए। उनीहरुको जोडीले दोस्रो विकेटका लागि ३१८ रनको साझेदारी गरेका थिए। यो जोडीभन्दा अघि क्रिस गेल–मार्लोन सैमुअल्स ३७२, जोन कैम्पबेल–शाई होप ३६५ र सचित तेन्दुलर–राहुद दब्रिड ३३१ रन छ। 

७. वान डे क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीको दशौं नम्बरमा गांगुली छन्। उनले १ सय ९० वटा छक्का प्रहार गरेका थिए। उनीभन्दा अघि शहिद अफ्रिकी (३५१) क्रिस गेल (३५१) सनथ जयसुर्य (२७०) रोहित शर्मा (२३२) महेन्द्रसिंह धोनी (२२९) इयोन मोर्गान (२११) एबी डिविलियर्स(२०४), ब्रेन्डम मैकलम(२००) सचिन तेन्दुलकर(१९५) छन् । 

८. वान डे क्रिकेटमा गांगुली ३१ पटक म्यान अफ द म्याच हुन सफल भए। यस्तो रेकर्ड बनाउने उनी तेस्रा भारतीय कप्तान हुन्। उनीभन्दा बढी सचिन तेन्दुलकर ६२ र विराट कोहली ३५ पटक म्यान अफ द म्याच भएका छन्। 

प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  १९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्