काठमाडौं- केन्याली धाविका ब्रिगिड कोसगेईले सबैभन्दा कम समयमा म्याराथन दौड पूरा गर्दै १६ वर्षअघिको विश्व रेकर्ड तोडेकी छिन्।
सन् २००३ मा बनेको रेकर्ड तोड्ने क्रममा उनले म्याराथन २ घन्टा १४ मिनेट ४ सेकेन्डमा पूरा गरिन्।
सिकागो म्याराथन जित्ने क्रममा उनले आइतबार ब्रिटेनकी पौला रेडक्लिफको नाममा रहेको रेकर्ड तोडेकी हुन्। पौलाको नाममा २ः१५ः२५ मा म्याराथन पूरा गरेको रेकर्ड थियो। उनले सन् २००३ को लन्डन म्याराथनमा यो रेकर्ड आफ्नो नाममा लेखाएकी थिइन्।
२५ वर्षीया धाविका कोसगेईले यसैवर्ष लन्डन म्याराथनमा २ घन्टा १८ मिनेट २० सेकेन्डमा दूरी पार गर्दै युवातर्फको टाइटल जितेकी थिइन्।
आइतबार कोसगेईभन्दा ४७ सेकेन्डले पछाडि रहेकी इथियोपियाकी अबाबेल येसानी दोस्रो भइन्। सन् १९६४ मा बनेको पुरुषतर्फको म्याराथन रेकर्डअनुसार मात्र २२ धावकले मात्रै कोसगेईले भन्दा अघि म्याराथन दौड पूरा गरेका छन्।
जितपछि धेरै राम्रो र खुसी अनुभव भइरहेको बताउँदै कोसगेईले भनिन्, 'यसरी दोडन सकुँला भन्ने लागेको थिइन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।