काठमाडौं– भारतले दक्षिण अफ्रिकालाई एक इनिङ र १३७ रनले पराजित गरेको छ।
योसँगै भारतले तीन टेस्ट म्याचको सिरिज २-० ले जितेको छ।
आइतबार चौथो दिनको खेल सुरु भएपछि भारतसँग दक्षिण अफ्रिाकालाई फलोअनमा खेलाउने मौका थियो।
भारतीय कप्तान विराट कोहलीले त्यसबाट फाइदा उठाउँदै दक्षिण अफ्रिका टिमको दोस्रो पटक ब्याटिङको निम्तो दिएका थिए।
पहिलो पारीमा २७५ रन बनाएको दक्षिण अफ्रिका टिम दोस्रो पारीमा जम्मा १८९ रन बनाउन मात्र सक्यो।
दोस्रो पारीमा भारतका लागि उमेश यादव र रवीन्द्र जडेजाले तीन-तीन विकेट लिए भने रविचन्द्र आश्विनले दुई विकेट लिन सफल भएका थिए।
भारतले आफ्नो पारी ६०१ रनमा पाँच विकेट गुमाएपछि घोषणा गर्यो।
यो विशाल स्कोर पछ्याएको दक्षिण अफ्रिका सस्तैमा समेटिन पुग्यो।
भारतका कप्तान विराट कोहलीले शानदार २५४ रन बनाएको म्याचमा ओपनर मयंक अग्रवालले १ सय ८ रन बटुलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।