• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

न्यायालयबाटै पीडित निरमाया : चिन्दै नचिनेको व्यक्तिलाई अदालतले श्रीमान् बनाइदिएपछि...

64x64
नेपाल लाइभ शनिबार, फागुन ५, २०७४  १९:५२
1140x725

काठमाडौं– न कहिल्यै भेटेको छ, न त चिनेको नै छ। नाम समेत नसुनेका एक पुरुषलाई अदालतले श्रीमान् ठहर गरिदिएपछि बाग्लुङकी एक महिला अहिले आश्चर्यमा परेकी छन्। 

जिल्ला अदालत दाङले बाग्लुङकी निरमाया पुनलाई अपरिचित पुरुषलाई श्रीमान् ठहर गरिदिएको हो। आफ्ना श्रीमानसँग बहुविवाह मुद्दा लडिरहेकी उनलाई सो मुद्दामा कमजोर बनाएर सम्पत्ति नदिलाउन थाहै नदिई अर्को मुद्दा दायर गरेर अर्को व्यक्तिलाई श्रीमान् ठहर गराइएको हो। 

जिल्ला अदालतले फनाधर घर्तीलाई उनको श्रीमान् भएको ठहर गरेको हो। फनाधर नामक व्यक्तिलाई उनले अहिलेसम्म भेटेकी छैनन्। प्रहरी र न्यायालयकै मिलेमतोमा यस्तो काम भएको भन्दै निरमाया न्याय माग्दै राजधानी आएकी छिन्। 

यस्तो थियो घटना 

निरमायाको २०५६ सालमा भारतीय सेनामा कार्यरत प्रेमबहादुर पुनसँग विवाह भएको थियो। उनीहरुको दुई बच्चा भए। करिब १० वर्षपछि उनीहरुबीच सम्बन्ध बिग्रँदै गयो। 

आफूलाई खर्च समेत दिन छाडेपछि उनले उजुरी गरेर तलबको आधा पैसा आफूले लिने व्यवस्था मिलाइन्।

जागिर छाडेपछि श्रीमानले अर्की महिलासँग बिहे गरेको थाहा पाएपछि उनले २०७२ असार १७ गते प्रहरीमा उजुरी दिइन्। कास्की प्रहरीले साउन १८ गते उनका श्रीमान् प्रेमबहादुर र कान्छी श्रीमतीलाई पक्राउ गर्‍यो। बहुविवाह बाग्लुङमा भएकाले कास्की प्रहरीले उनीहरुलाई बाग्लुङमा बुझायो। 

बहुविवाह मुद्दामा सामान्यतया अदालतले अभियुक्तलाई धरौटीमा छाड्ने नजिर भेटिन्न। तर, बाग्लुङ जिल्ला अदालतले दुवै जनालाई साउन २८ गते न्यूनतम धरौटीमै छाड्ने आदेश दियो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसका पछाडि प्रहरीको पनि सहयोग थियो। प्रहरीले पक्राउ गरेको एक सातामा अनुसन्धान सकिएको भन्दै अभियुक्तलाई फाइदा पुग्नेगरी मिसिल बनाइदिएको थियो। २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने भएपछि प्रहरीले पीडितहरुको जानकारीबिना नै मुद्दा अगाडि बढाएको थियो। 

पछि थाहा पाएपछि पीडित निरमायाले एसएसपी सुभाषचन्द्र चौधरीलाई उजुरी गरिन्। प्रारम्भिक छानबिनमा प्रहरीको गल्ती देखिएपछि तीन जना प्रहरीलाई कारबाही गरिएको थियो। उक्त मुद्दा दायर हुँदा डिएसपी प्रेम बस्नेत बाग्लुङमा कार्यरत थिए। मुद्दा शाखाका प्रहरीलाई एसएसपीले कारबाही गरेका थिए। कारबाहीमा पर्नेमा सई शैलेन्द्र खड्का लगायत छन्।

बाग्लुङ अदालतमा बहुविवाह मुद्दा चलिरहेकै थियो। श्रीमानको पेन्सन तथा जग्गा रोक्का नै थियो। त्यही क्रममा अदालतका कर्मचारीले एक दिन निरमायालाई भने ‘तपाईं विरुद्ध पनि दाङमा मुद्दा चलेको रहेछ नि?’ 

उनी बुझ्न दाङ पुगिन्। अदालतमा पुग्दा उनी आश्चर्यचकित भइन्। चिन्दै नचिनेको एक व्यक्तिसँग बिहे गरेको भन्दै उनी विरुद्ध बहुविवाह मुद्दा दायर भएको रहेछ। चेमा घर्तीमगर नामक महिलाले २०७२ असोज ८ गते सो मुद्दा दायर गरेकी थिइन्। 

Xtrem

Xtrem

‘दुवै जनालाई मैले चिनेको समेत थिइनँ’, निरमाया भन्छिन्, ‘एक दिन अदालतमा चेमासँग भेट भयो, उनीसँग कुरा गर्न खोज्दा अदालतबाट भागिन्।’

जिल्ला प्रहरी कार्यालय दाङले कुनै बलियो प्रमाणबिनै त्यसरी मुद्दा अदालतमा पुर्‍याएको थियो। बहुविवाह गरेको एउटा पनि बलियो प्रमाणबिना र अभियुक्तलाई पक्राउको लागि प्रयास नै नगरी मुद्दा दायर गर्नुले घटनामा प्रहरीको समेत मिलेमतो प्रस्ट हुन्छ।  

नेपाल लाइभलाई प्राप्त मिसिलमा उनीहरुले बिहे गरेर भोजभतेर खुवाएको भन्ने सुनेको विषयलाई मुख्य प्रमाण बनाइएको छ। विवाह दर्ता, फोटो लगायत बहुविवाह मुद्दाका अन्य कुनै प्रमाण छैन।  

अचम्म त के भयो भने, त्यति प्रमाणकै आधारमा जिल्ला अदालत दाङका न्यायाधीश चुरामान खड्काले गत जेठ २९ गते निरमायालाई फनाधरको श्रीमती भएको फैसला सुनाए। फनाधरलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला भयो। 

फनाधर विरुद्ध बहुविवाह मुद्दा मात्र दायर हुनु र अंश मुद्दा दायर नहुने तथा दुवै आरोपीलाई पक्राउ गर्न समेत चासो नदिई मुद्दा चलाउनुले यसका पछाडि गलत मनसाय रहेको देखिन्छ। 

उक्त मुद्दामा फनाधरको बयान नै लिइएको थिइएन। जबकि उनै फनाधरलाई बाग्लुङको मुद्दामा निरमाया आफ्नी श्रीमती भएको भनेर कागज गर्न लगाइएको थियो। तर, पछि फेरि अदालत गएर उनले आफूलाई आर्थिक प्रलोभनमा पारी त्यसो गर्न लगाएको भन्दै आफ्नो श्रीमती नभएको व्यहोराको अर्काे निवेदन दिएका छन्। 

स्रोतका अनुसार, निरमायालाई आफ्नो श्रीमती भएको भनिदिएवापत ४ लाख दिने आश्वासन दिइएको थियो। तर, थोरै मात्र पैसा दिएपछि उनले अदालतमा अर्को निवेदन दिएका हुन्। 

यो मुद्दामा अर्काे संयोग के छ भने, फैसला भएको केही दिनमै निरमायाका श्रीमान् प्रेमबहादुरको रोक्का रहेको पेन्सनको २० लाख रकम फुक्का भयो। दाङकै अदालतको फैसलाका आधारमा उक्त पेन्सन फुकुवा गरिएको थियो। जबकि बाग्लुङमा चलेको मुद्दाका आधारमा सो रकम रोक्का भएको थियो। 

‘फनाधरको श्रीमतीलाई आर्थिक प्रभावमा पारी यसरी नाटक रचिएको रहेछ,’ पीडित निरमाया भन्छिन्, ‘अदालतले कहिल्यै देख्दै नदेखेको व्यक्तिलाई श्रीमान् बनाइदियो।’ 

अदालतमा पेश गरेका प्रमाणमा पनि उनीहरुबीच बिहे भएको तथा सँगै बसेको देखाउने कुनै प्र्रस्ट प्रमाण छैनन्। फनाधरले श्रीमती खोजिदिन भनेर प्रहरीमा दिएको उजुरी तथा श्रीमतीसँग होटलमा बसेको भन्ने जस्ता कागजहरु मात्र प्रमाणका रुपमा पेश गरिएका छन्। जसबाट प्रहरीले गम्भीर अनुसन्धानबिना नै बहुविवाह मुद्दा दर्ता गरेको देखिन्छ। घटनापछि उनले प्रहरीसँग समेत गएर झगडा गरिन्, तर प्रहरीको माथिल्लो निकायले उनलाई सहयोग गरेन।

मुख्य अभियुक्तलाई खोजी नै नगरी फैसला हुनुलाई निरमाया आश्चर्य व्यक्त गर्छिन्। उनी पीडित रहेको बाग्लुङ जिल्ला अदालतमा दायर भएको मुद्दा साढे दुई वर्षदेखि विचाराधीन छ। श्रीमानले छाड्दा दुई वटा बच्चा पाल्न समेत आफूलाई समस्या भएको उनी बताउँछिन्। 

जिल्ला अदालत दाङका तत्कालीन न्यायाधीश चुरामान खड्का हाल जिल्ला अदालत काठमाडौंमा कार्यरत छन्। पीडित निरमायाले यस्तो फैसला गर्ने न्यायाधीशमाथि कारबाहीको माग गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भेटेकी छिन्। उनले न्याय परिषद्‌मा समेत उजुरी गरेकी छिन्। 

‘फैसला देखेर न्याय परिषद्का कर्मचारीले नै आश्चर्य व्यक्त गरे’, उनले भनिन्।

जिल्ला अदालत दाङले फनाधर घर्ती निरमायाको पति भनेर गरेको फैसला:

चेमा घर्तीले निरमाया पुन विरुद्ध दायर गरेको मुद्दाको प्रमाणको विवरण:

प्रकाशित मिति: शनिबार, फागुन ५, २०७४  १९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण
सम्बन्धित सामग्री
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। बिहीबार, असोज १५, २०८३
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ। बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ०५:०० बजे सम्म १ हजार ४ सय ५४ जनाको शव फेला परेको छ। बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्