पाल्पा– सामान्य विषयमा पाल्पामा एक महिलाको हत्या भएको छ।
बग्नासकाली गाउँपालिका–२ बेलडाँडा बस्ने ६८ वर्षीया ईश्वरी भट्टराईको धारिलो हतियार प्रहारबाट हत्या भएको हो।
उनलाई धारिलो हतियार प्रहार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ६३ वर्षीय बिष्णुप्रसाद खनाललाई तानसेन नगरपालिका–७ बर्तुङ चोकबाट प्रहरीले पक्राउ गरेको छ। आवेगमा आएर आफुले आक्रमण गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।