कठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन् सभामुख कृष्णबहादुर महरा र संसद सचिवालयकी कर्मचारी रोशनी शाहीबीच भएको घटनाको सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
शुक्रबार विज्ञप्ती प्रकाशित गर्दै आयोगले आफूले घटना भएपश्चातको सञ्चार तथा सूचनाको अनुगमन गरिरहेको पनि जनाएको छ। आयोगले नेपाल प्रहरीसँग हालसम्म भएको अनुसन्धान र पीडित शाही र घटना बाहिर ल्याउने पत्रकारको सुरक्षा अवस्थाबारे पनि जानकारी माग गरेको जनाएको छ।
घटनाको अनुसन्धानका विविध पक्षका सम्बन्धमा सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न आयोगका निर्देशकको नेतृत्वमा ३ सदस्यीयउच्चस्तरीय अनुगमन टोली गठन गरेको पनि विज्ञप्तीमा जनाइएको छ।
संसद सचिवालयमा कार्यरत शाहीले सुरुमा सभामुख महरामाथि बलात्कारको आरोप लगाए पनि घटनाको तेस्रो दिन बलात्कार नभएको बताएकी थिइन्। यही घटनापछि सभामुख महराले पदबाट राजीनामा दिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।