काठमाडौँ– देशका विभिन्न स्थानबाट लागु औषधसहित २६ जनालाई पक्राउ गरिएको छ ।
नेपाल प्रहरी, केन्द्रीय समाचार कक्षका अनुसार पछिल्ला २४ घण्टामा काठमाडौँलगायत देशका विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
त्यस क्रममा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेसी गाउँबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम छ सय ४० मिलिग्रामसहित सात जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बेसीगाउँ बस्ने २३ वर्षीय अनिल केसी, ४४ वर्षीय वसन्त तिमल्सिना, सोही नगरपालिका–८ बस्ने ३७ वर्षीय विक्रम ठकुरी, २५ वर्षीय प्रज्वल मैनाली, ३५ वर्षीय देबेन्द्र अर्याल, काठमाडौँ चुनिखेल बस्ने सोलुखुम्बु घर भएका ५० वर्षीय प्रशान्त राई र काठमाडौँ गौशाला पिङगलस्थान बस्ने दोलखा घर भएका ४७ वर्षीय पेम्बा तामाङ रहेका छन् ।
यस्तै, मोरङको पथरीशनिश्चरे नगरपालिका–८ कुशल चोकबाट लागुऔषध ट्रामाडोल दुई हजार २१० ट्याब्लेट र स्पास्पेन दुई हजार ३२० ट्याब्लेटसहित सोही ठाउँ बस्ने २४ वर्षीय सुशन राईलाई गए राति पक्राउ गरिएको छ ।
यसैगरी रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुबारीबाट लाग औषध स्पास्मो चार सय ८० ट्याब्लेटसहित सोही नगरपालिका–११ मसिना बस्ने ३३ वर्षीय बर्कत अली, झापाबमे कनकाई नगरपालिका–५ चाप्रमारीबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ११ ग्राम ९७० मिलिग्राम कमल गाउँपालिका–५ बस्ने २६ वर्षीय काले भन्ने जीतबहादुर लिम्बु र दमक नगरपालिका–६ बस्ने २० वर्षीय प्रदिप रसाइलीलाई शुक्रबार नै पक्राउ गरिएको छ ।
यस्तै, कैलालीको गोदावरी नगरपालिका–२ स्थित आर बि होटेलबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक सय २० मिलिग्रामसहित होटेलका सञ्चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का ३६ वर्षीय तिलकबहादुर वलीसहित चार जना, जिल्लाकै टीकापुर नगरपालिका–९ खक्रौलाबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम एक सय ६० मिलिग्रामसहित दुई जना, सोही स्थानबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ तीन ग्राम ६६० मिलिग्रामसहित तीन जना र कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गजरौलाबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक सय ८० मिलिग्रामसहित तीन जनालाई पक्राउ गरिएको जनाइएको छ ।
यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–४ बाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ तीन सय ५० मिलिग्रामसहित एक जना, धनकुटाको साँगुरीगढी गाउँपालिका–३ मादेन डेरा गरी बस्ने ४० वर्षीया विष्णु याखालाई करिब ९२ किलो लागुऔषध गाँजासहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० बसपार्कबाट २१ किलो ३१० ग्राम लागुऔषध गाँजासहित पर्सा बिन्दबासिनी गाउँपालिका–४ मधुवन बस्ने ६० वर्षीय लक्चन हजरालाई आज बिहान बिहान प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।