लन्डन (एजेन्सी)– बेलायतका चर्चित फुटबल खेलाडी वायन रुनी चौथो बच्चाको बुवा बनेका छन्। उनको श्रीमती कोलिनले विहिबार ट्विट गर्दै यसको जानकारी दिएका हुन्। उनीहरूको यसअघि नै तीन बच्चा (काई, किट र क्ले) छन्। कोलिन गत महिना आफ्नो बच्चाहरूसँग एउटा जिममा देखा परेकी थिइन्।
नयाँ जन्मिएको बच्चाको नाम केस म्याक राखिएको छ। उनको जन्म ‘भ्यालेन्टाइन डे’ को दिन भएको थियो। बच्चा जन्मिदै ८ पाउन्ड १० ओन्सको स्वास्थय रहेको बताइएको छ। यसबाहेक अन्य जानकारी दिइएको छैन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।