पोर्टो- च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस टोली लिभरपुलले पोर्चुगिज एफसी पोर्टोमाथि ५–० को फराकिलो जित निकालेको छ। अन्तर पाराजित गर्यो।
यो जितसँगै लिभरपुल अन्तिम ८ नजिक पुगेको छ। पछिल्लो ९ वर्षमा लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ पार गर्न सकेको छैन।
गएराति भएको पोर्टोको घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि साडियो मानेले ह्याट्रिक गरे। उनले २५, ५३ र ८५ मिनेटमा गोल गरेका थिए। ह्याट्रिसँगै च्याम्पियन्स लिगको जारी सिजनमा मानेको गोल संख्या ६ पुगेको छ।

लिभरपुलका लागि बाँकि गोल मोहम्मद सलाह र रोर्वटो फिर्मिनोको नाममा रह्यो।
आफ्नै घरेलु मैदान पोर्टोमा भएको खेलमा पोर्चुगिज टोलीले सबै प्रतियोगिताहरुमा गरि यो वर्षको दोस्रो हार बेहोरेको हो। यसबाहेक पोर्टो एक खेलमा मात्र पराजित भएको छ।
लिभरपुलले गोलका लागि हानेका ६ प्रहारमध्ये ५ वटालाई गोलमा परिणत गर्दा पोर्टोले मात्र ३ सट प्रहार गर्न सकेको थियो। लिभरपुलका फरवार्डका अघि पोर्टोको डिफेन्स लाइन तथा गोल किपिङ फितलो देखिएको थियो।
आगामि मार्च ६ मा लिभरपुलले पोर्टोलाई घरेलु मैदानमा स्वागत गर्दा पोर्चुगिज टोली दवावमा हुनेछ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।