काठमाडौं- घटना भएको ३ दिनपछि प्रहरीले सभामुख कृष्णबहादुर महराबाट पीडित भएकी भनिएकी महिलाको कोठाबाट सबुत प्रमाणको रुपमा रक्सीका बोतल, कपडा, चस्माको टुक्रा लगायतका सामान बरामद गरेको छ।
जाहेरी नआए पनि आफ्नो तर्फबाट अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ। 'कानुन बमोजिम गर्नुपर्ने काम प्रहरीले गरिरहेको छ,' प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो।
तर मिडिया र प्रहरीसमक्ष भने पीडित भनिएकी महिलाले बयान फेरेकी छिन्।
उनले आइतबार राति आफूमाथि सभामुख महराबाट बलात्कार भएको भन्दै प्रहरी कन्ट्रोल नम्बर १०० मा फोन गरेकी थिइन्। मिडियासँग पनि उनले आफूलाई बलात्कार भएको दाबी गर्दै आएकी थिइन्। तर अहिले उनले प्रहरीसँग भने उनले बलात्कार नभएको बताएको स्रोतले जनायो।
स्रोतले भन्यो, ‘महिलासँग अहिले हाम्रो कुरा भइरहेको छ। तर उहाँले हामीसँग बलात्कार भयो भन्नुभएको छैन। दुर्व्यवहार मात्रै भएको बताउनुभएको छ। हामी थप बुझ्दैछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।