मड्रिड- स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछी च्याम्पियन्स लिगअन्तर्गतको खेलमा रियल मड्रिडले जर्मन टोली पेरिस सेन्ट जर्मेनलाई पराजित गरेको छ।
घरेलु मैदान सान्टिआगो बनबाओमा गएराति भएको खेलमा रियलले ३–१ गोल अन्तरको जित हात पार्दै लगातार तेस्रो पटक उपाधि जित्ने आशालाई बलियो बनाएको छ।
च्याम्पियन्स लिगमा पेरिसमाथि रियलको यो लगातार १६औँ जित हो।
पेरिसका लागि ३३ मिनेटमा एड्रिन रावियोटले अग्रता दिलाएपनि पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गरेको ‘क्लोज रेन्ज सट’ गोलमा परिणत भएको थियो।
दोस्रो हाफको ८३ मिनेटमा मार्को असेन्सियोको पासमा रानाल्डोले टोलीका लागि दोस्रो गोल गरे। खेल सकिन ४ मिनेट मात्र बाँकि रहँदा ब्राजिलियन लेफ्ट ब्याक मार्सेलोले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
रोनाल्डोले पेरिस सेन्ट जर्मेनका लागि २ गोल गरेपछि च्याम्पियन्स लिगको इतिहासमा एकै टोलीबाट १ सय गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
उता पेरिसका लागि ब्राजिलियन स्टार नेइमारले उत्कृष्ट पास मिलाएपनि रावियोट र किलियन बाप्पेले हानेको प्रहार रियल गोल किपर केलर नाभासले विफल पारिदिएका थिए।

अघिल्लो वर्ष जिनेदिन जिदानको रियलले सन् २०१२ पछि एकै वर्ष स्पेनिस लालिगा र च्याम्पियन्स लिग जितेको थियो।
तर यस वर्ष भने रियल कोपा डेल रे कपबाट बाहिरिइ सकेको छ भने लालिगामा पहिलो स्थानको बार्सिलोनाभन्दा १७ अंकले पछि पर्दै तेस्रो स्थानमा रहेको छ।
अन्तिम १६ को खेलअन्तर्गत दोस्रो लेगको खेल आगामि मार्च ६ मा पेरिसको घरेलु मैदान पार्क देस प्रिन्समा हुनेछ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।