काठमाडौं– आइसिसी विश्व क्रिकट लिग डिभिजन–२ अन्तर्गत बुधबार क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हार्दै नेपाल डिभिजन–१ मा बढुवा हुन सफल भयो।
डिभिजन–२ मा शीर्ष २ मा रहदै आगामी महिना जिम्वाबेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएको नेपालले ऐतिहासिक उपलब्धि हात पारेको हो।
टी–२० विश्वकप खेलिसकेको नेपालको यो एकदिवसीय क्रिकेटमा ऐतिहासिक सफलता हो। ३ वर्षअघि डिभिजन–२ मा नेपाल चौथो भएको थियो।
नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेसँगै नेपाली ब्रोडसिट दैनिकले महत्वका साथ समाचार छापेका छन्। अधिकांस पत्रिकाले पहिलो पृष्ठमा समाचार छापेका छन्।
नागरिक दैनिकले 'सनसनीपूर्ण जित, नेपाल विश्वकप क्रिकेट छनोट प्रतियोगितामा प्रवेश' शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार छापेको छ।
नयाँ पत्रिका दैनिकले 'विश्वकपतर्फ नेपालको यात्रा' शीर्षकमा पहिलो पृष्ठमा समाचार छापेको छ। नयाँ पत्रिकाले करण केसीको इनिङ र जिम्बावेको यात्राबारे पनि समाचार लेखेको छ।
कान्तिपुर दैनिकले पनि मुख्य समाचारको रुपमा क्रिकेटको समाचार प्रकासित गरेको छ। कान्तिपुरले 'सनसनीपूर्ण जित, नेपाल विश्वकपमा छनोट' शीर्षक दिएर समाचार छापेको छ।
अन्नपूर्ण पोस्टमा करण केसीको ठूलो कदको तस्बिरसहित समाचार छापिएको छ। अन्नपूर्णले '५० ओभरको क्रिकेटमा नेपाललाई ठूलो सफलता, डिभिजन एकमा बढुवा, विश्वकप छनोट यात्रा पक्का' शीर्षकमा समाचार छापेको छ
राजधानी दैनिकले 'क्यानडामाथि रोमाञ्चक जित, नेपाल विश्वकप छनोटमा' शीर्षकमा समाचार प्रकासित गरेको छ।
सरकारी दैनिक पत्रिका गोरखापत्रमा भने पहिलो पृष्ठमा समाचार छैन। गोखरापत्रले अन्तिम पृष्ठमा महत्वका साथ क्रिकेटको समाचार प्रकासित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।