• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

रोमाञ्चक खेलका नायक बनेका करणले यसरी जिताए नेपाललाई 

64x64
नेपाल लाइभ बुधबार, फागुन २, २०७४  २२:२९
1140x725

काठमाडौं- आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ मा नेपालले क्यानडामाथि सनसनीपूर्ण जित निकालेको छ। बुधबार नामिबियाको वन्डरर्स मैदानमा भएको खेलमा नेपालले क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो।

क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले अन्तिम बलमा ९ विकेटको क्षतिमा पार गरेको हो। जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहँदै एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट भएको छ। नेपालले ५ खेलबाट ८ अंक जोड्दा दोस्रो बनेको यूएईले ६ अंक बटुल्यो। 

नेपाललाई निर्णायक खेलमा रोमाञ्चक जित दिलाउन दशौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले नायकीय प्रदर्शन गरे। उनले अन्तिम ओभरमा ८ रन चाहिएको स्थितिमा पाँचौ बलमा छक्का प्रहार गरेका थिए।  छैटौं बल वाइड हुँद रन बराबरी भएको थियो। अन्तिम बलमा करणले १ रन लिँदै नेपाललाई अविश्वसनीय जित दिलाएका हुन्।

त्यसअघि ४९ ओभरको खेल टर्निङ प्वाइन्ट बन्यो। ४९ ओभरमा करणले १ चौका र १ छक्का प्रहार गरे। सो ओभरमा नेपालले १३ रन जोडेको थियो। नेपालको जितमा हिरो साबित भएका करणले नटआउट ४२ रन जोडे। उनले ३१ बल खेल्दा ३ चौका र ४ छक्का प्रहार गरे।

नेपालको जितमा एघारौं नम्बरका ब्याट्सम्यान सन्दीप लामिछानेको पनि भूमिका महत्वपूर्ण रह्यो। उनले १८ बल खेलेर नआउट ५ रन जोडे। सन्दीप ४३ ओभरमा मैदान छिर्दा नेपाललाई जितको लागि ५१ रनको आवश्यकता थियो। तर हातमा मात्र एक विकेट बाँकी थियो। यो अवस्थामा सन्दीप र करणले नटआउट ५१ रनकै साझेदारी गरे त्यो पनि अन्तिम बलमा। जसले नेपालको भाग्य खुलेको छ। अब नेपालले आगामी महिना जिम्बाबेमा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ। 

त्यसअघि खराब सुरुवात गरेको नेपालका लागि रोहितकुमार पौडेल र आरिफ शेखले आसा देखाए। रोहित २७ तथा  आरिफ २६ रनमा आउट भए। लगत्तै सोमपाल कामी ७ र  बसन्त रेग्मी शून्य रनआउट आउट हुँदा नेपालको झिनो आसा बाँकी रहेको थियो। 

ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्का दुवै सस्तैमा आउट हुँदा नेपाल दबाबमा परेको थियो। दुवै जना सातौं ओभरको पाँचौ र छैटौं बलमा आउट भएका थिए। ज्ञानेन्द्र ९ तथा पारस शून्य रनमा डकआउट भए। दुवैको विकेट सेसिल पेर्भेजले लिएका हुन्। दुवै विकेट नेपालले २२ रन जोड्दा गएको थियो।

यस्तै दिलीप नाथ ४१ रन बनाएर आउट भए। उनले तेस्रो विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५० रनको साझेदारी गरे। दिलीपले आउट हुनुअघि ६८ बल खेलेर ५ चौका प्रहार गरे। लगत्तै शरद भेषावकर १ रनको झिनो स्कोरमा आउट भए।  दीपेन्द्र सिंह ऐरी पनि आउट ३८ बल खेलेर १८ रनमा आउट भए। उनले १ चौका प्रहार गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसअघि नामिबियाको वन्डरर्स मैदानमा नेपालले टस जितेर पहिले  फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको क्यानडाले ५० ओभर ८ विकेट गुमाउँदै १ सय ९४ रन जोड्यो। 

क्यानडाका लागि ओपनर श्रीमन्था विजयरत्नेले शतक बनाए। उनले नटआउट १ सय ३ रनको योगदान दिए। उनले १ सय ५२ बलमा ८ चौका हिर्काए। 

बलिङतर्फ नेपालका लागि बसन्त रेग्मीले ३ विकेट लिए। बसन्तले १० ओभरमा ३४ रन खर्चिए। यस्तै, सन्दीप लामिछाने २ विकेट हात पारे। करण केसी र शरद भेषावरले १ -१ विकेट आफ्नो नाममा लेखाए। 

१० ओभरसम्म कुनै सफलता हात नपारेको नेपालले ११ ओभरमा पहिलो सफलता हात पारेको थियो। नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट दिलाएका थिए। उनले आफ्नो स्पेलको दोस्रो बलमै रभिन्दु गुणकेसरालाई ९ रनमा रोहितकुमार पौडेलबाट क्याच गराए। गुणकेसरा आउट भएसँगै क्यानडाको ४६ रनको ओपनिङ साझेदारी तोडिएको थियो।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै सन्दीप लामिछानेले क्यानडाका कप्तान नितीश कुमारलाई ५ रनमा आउट गरे भने धनुस्का पाथिरानालाई २ रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे।  त्यसपछि घाइते भएका सन्दीपले केही बेर मैदान छाडेका थिए। फेरि मैदान फर्किएका सन्दीपले त्यसपछि विकेट लिन सकेनन्। 

बसन्तले क्यानडाको चौथो विकेटको रुपमा धलिवाललाई ४ रन बनाएर खेलिरहदा विकेटकिपर दिलीप नाथबाट स्टम्पपिन गराए। करणले नेपाललाई पाँचौ सफलता दिलाउने क्रममा क्यानडाका विकेटकिपर ब्याट्सम्यान हम्जा तारिकलाई २४ रनमा आउट गरे। आउट हुनुअघि उनले ३० बल खेल्दै २ छक्का प्रहार गरे। दुवै छक्का उनले सन्दीप लामिछानेको बलमा प्रहार गरेका थिए। 

शरदले विन जाफरलाई १० रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे। लगत्तै निखिल दत्ता शून्य रनमा पारस खड्काले डाइरेक्ट हिटमार्फत रनआउट गरे। बसन्तले हेलिगरलाई शून्य रनमा बोल्ड गरे। 
 

प्रकाशित मिति: बुधबार, फागुन २, २०७४  २२:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार दिउँसो इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरमा खानतलासी गर्दा ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रह... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्