• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २०, २०८२ Fri, Apr 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

रोमाञ्चक खेलका नायक बनेका करणले यसरी जिताए नेपाललाई 

64x64
नेपाल लाइभ बुधबार, फागुन २, २०७४  २२:२९
1140x725

काठमाडौं- आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ मा नेपालले क्यानडामाथि सनसनीपूर्ण जित निकालेको छ। बुधबार नामिबियाको वन्डरर्स मैदानमा भएको खेलमा नेपालले क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो।

क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले अन्तिम बलमा ९ विकेटको क्षतिमा पार गरेको हो। जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहँदै एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट भएको छ। नेपालले ५ खेलबाट ८ अंक जोड्दा दोस्रो बनेको यूएईले ६ अंक बटुल्यो। 

नेपाललाई निर्णायक खेलमा रोमाञ्चक जित दिलाउन दशौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले नायकीय प्रदर्शन गरे। उनले अन्तिम ओभरमा ८ रन चाहिएको स्थितिमा पाँचौ बलमा छक्का प्रहार गरेका थिए।  छैटौं बल वाइड हुँद रन बराबरी भएको थियो। अन्तिम बलमा करणले १ रन लिँदै नेपाललाई अविश्वसनीय जित दिलाएका हुन्।

त्यसअघि ४९ ओभरको खेल टर्निङ प्वाइन्ट बन्यो। ४९ ओभरमा करणले १ चौका र १ छक्का प्रहार गरे। सो ओभरमा नेपालले १३ रन जोडेको थियो। नेपालको जितमा हिरो साबित भएका करणले नटआउट ४२ रन जोडे। उनले ३१ बल खेल्दा ३ चौका र ४ छक्का प्रहार गरे।

नेपालको जितमा एघारौं नम्बरका ब्याट्सम्यान सन्दीप लामिछानेको पनि भूमिका महत्वपूर्ण रह्यो। उनले १८ बल खेलेर नआउट ५ रन जोडे। सन्दीप ४३ ओभरमा मैदान छिर्दा नेपाललाई जितको लागि ५१ रनको आवश्यकता थियो। तर हातमा मात्र एक विकेट बाँकी थियो। यो अवस्थामा सन्दीप र करणले नटआउट ५१ रनकै साझेदारी गरे त्यो पनि अन्तिम बलमा। जसले नेपालको भाग्य खुलेको छ। अब नेपालले आगामी महिना जिम्बाबेमा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ। 

त्यसअघि खराब सुरुवात गरेको नेपालका लागि रोहितकुमार पौडेल र आरिफ शेखले आसा देखाए। रोहित २७ तथा  आरिफ २६ रनमा आउट भए। लगत्तै सोमपाल कामी ७ र  बसन्त रेग्मी शून्य रनआउट आउट हुँदा नेपालको झिनो आसा बाँकी रहेको थियो। 

ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्का दुवै सस्तैमा आउट हुँदा नेपाल दबाबमा परेको थियो। दुवै जना सातौं ओभरको पाँचौ र छैटौं बलमा आउट भएका थिए। ज्ञानेन्द्र ९ तथा पारस शून्य रनमा डकआउट भए। दुवैको विकेट सेसिल पेर्भेजले लिएका हुन्। दुवै विकेट नेपालले २२ रन जोड्दा गएको थियो।

यस्तै दिलीप नाथ ४१ रन बनाएर आउट भए। उनले तेस्रो विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५० रनको साझेदारी गरे। दिलीपले आउट हुनुअघि ६८ बल खेलेर ५ चौका प्रहार गरे। लगत्तै शरद भेषावकर १ रनको झिनो स्कोरमा आउट भए।  दीपेन्द्र सिंह ऐरी पनि आउट ३८ बल खेलेर १८ रनमा आउट भए। उनले १ चौका प्रहार गरे। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसअघि नामिबियाको वन्डरर्स मैदानमा नेपालले टस जितेर पहिले  फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको क्यानडाले ५० ओभर ८ विकेट गुमाउँदै १ सय ९४ रन जोड्यो। 

क्यानडाका लागि ओपनर श्रीमन्था विजयरत्नेले शतक बनाए। उनले नटआउट १ सय ३ रनको योगदान दिए। उनले १ सय ५२ बलमा ८ चौका हिर्काए। 

बलिङतर्फ नेपालका लागि बसन्त रेग्मीले ३ विकेट लिए। बसन्तले १० ओभरमा ३४ रन खर्चिए। यस्तै, सन्दीप लामिछाने २ विकेट हात पारे। करण केसी र शरद भेषावरले १ -१ विकेट आफ्नो नाममा लेखाए। 

१० ओभरसम्म कुनै सफलता हात नपारेको नेपालले ११ ओभरमा पहिलो सफलता हात पारेको थियो। नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट दिलाएका थिए। उनले आफ्नो स्पेलको दोस्रो बलमै रभिन्दु गुणकेसरालाई ९ रनमा रोहितकुमार पौडेलबाट क्याच गराए। गुणकेसरा आउट भएसँगै क्यानडाको ४६ रनको ओपनिङ साझेदारी तोडिएको थियो।  

यस्तै सन्दीप लामिछानेले क्यानडाका कप्तान नितीश कुमारलाई ५ रनमा आउट गरे भने धनुस्का पाथिरानालाई २ रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे।  त्यसपछि घाइते भएका सन्दीपले केही बेर मैदान छाडेका थिए। फेरि मैदान फर्किएका सन्दीपले त्यसपछि विकेट लिन सकेनन्। 

बसन्तले क्यानडाको चौथो विकेटको रुपमा धलिवाललाई ४ रन बनाएर खेलिरहदा विकेटकिपर दिलीप नाथबाट स्टम्पपिन गराए। करणले नेपाललाई पाँचौ सफलता दिलाउने क्रममा क्यानडाका विकेटकिपर ब्याट्सम्यान हम्जा तारिकलाई २४ रनमा आउट गरे। आउट हुनुअघि उनले ३० बल खेल्दै २ छक्का प्रहार गरे। दुवै छक्का उनले सन्दीप लामिछानेको बलमा प्रहार गरेका थिए। 

शरदले विन जाफरलाई १० रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे। लगत्तै निखिल दत्ता शून्य रनमा पारस खड्काले डाइरेक्ट हिटमार्फत रनआउट गरे। बसन्तले हेलिगरलाई शून्य रनमा बोल्ड गरे। 
 

प्रकाशित मिति: बुधबार, फागुन २, २०७४  २२:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ सभामुखको निर्वाचन कार्यतालिका
रमेश लेखकलाई २ दिन म्याद थप
ओलीलाई थप दुई दिन थुनामा राख्न अनुमति, अस्पतालमै बयान लिइने
सम्बन्धित सामग्री
सिंहदरबारको सुरक्षा तयारीबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल ओमप्रकाश अर्याल को अध्यक्षतामा बसेको बैठकमा सुरक्षा तयारी, ट्राफिक व्यवस्थापन तथा संसद् सम्बन्धी कार्यक्रमलाई लक्षित गर्दै आवश्यक सम... आइतबार, चैत ८, २०८२
स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ पक्राउ पर्नेमा विरगञ्ज महानगरपालिका-१७ मा बस्ने ५० बर्षका बिनय शंकर साह रहेका छन् । उनलाई सोहि नगरपालिकाको १६ नम्बर वडामा रहेको भन्स... शुक्रबार, चैत ६, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले नागार्जुन नगरपालिका-८ भिमढुङ्गाबाट साेही ठाउँका २८ वर्षीय सागर गिरी र २८ वर्षकै प्रमोद प्रसाद... सोमबार, चैत २, २०८२
ताजा समाचारसबै
यस्तो छ सभामुखको निर्वाचन कार्यतालिका बिहीबार, चैत १९, २०८२
रमेश लेखकलाई २ दिन म्याद थप बिहीबार, चैत १९, २०८२
ओलीलाई थप दुई दिन थुनामा राख्न अनुमति, अस्पतालमै बयान लिइने बिहीबार, चैत १९, २०८२
दीपक भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति बिहीबार, चैत १९, २०८२
आठ महिनामा साढे १४ खर्ब रेमिटेन्स भित्रियो बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्