काठमाडौं– ब्राउन सुगर कारोबार मुद्दामा फरार रहेका एक व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको छ। ५ वर्ष कैद र ५ हजार जरिवाना सजाय सुनाइएका सन्दीपराज श्रेष्ठलाई सिआईबीले पक्राउ गरेको हो।
उनलाई उच्च अदालत तुलसीपुरले २०७३ साल चैत ६ गते दोषी ठहर गरी कैद सजाय सुनाएको थियो।
उनी सुनौती नाकाबाट लागूऔषध तस्करी गर्दै आएका व्यक्ति भएको प्रहरीले जनाएको छ। श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले केन्द्रीय कारागार चलान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।