• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

चीन जोड्ने पहिलो प्रसारणलाइन 'जी टु जी' मोडलमा बनाउन नेपालको प्रस्ताव

आयोजना बिआरआईभित्र रहने/नरहने अन्योलमै
64x64
नेपाल लाइभ बिहीबार, असोज ९, २०७६  १५:१०
1140x725

काठमाडौं- नेपाल र चीन जोड्ने पहिलो अन्तरदेशीय प्रसारणलाइन ‘जी टु जी’ मोडलमा बनाउन नेपालले प्रस्ताव गर्ने भएको छ। गल्छी–रसुवागडी–केरुङ अन्तरदेशीय विद्युत प्रसारणलाइन बनाउनका लागि नेपालले जी टु जी मोडल अघि सारेको आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताए।

‘यो आयोजनालाई चीनसँग प्रस्तुत गर्दा जी टु जी मोडलमा प्रस्तुत गर्ने भनेर प्रस्ताव गरेका छौं। केही समयभित्रै हुने भनिएको ‘हाई लेभल’ भिजिटमा नेपालले यो प्रस्ताव चीनसामु राख्नेछ,’ चिनियाँ राष्ट्रपतिको नेपालमा हुने भनिएको भ्रमणलाई इंगित गर्दै आत्रेयले भने। 

चीनतर्फ बन्ने प्रसारणलाइन चीन आफैले बनाइदिने भने पनि नेपालले नेपालपट्टिको प्रसारणलाइन निर्माणका लागि चीनसँग आग्रह गर्दै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला चीनको स्टेट ग्रीड कर्पोरेसन र नेपाल विद्युत प्राधिकरणबीच उक्त आयोजनाको आयोजना विकास साझेदारी सम्झौता भएको थियो। स्टेट ग्रीड कर्पोरेसन नाफामुखी र व्यवासयिक संस्था भएकाले उसले यो आयोजनामा नाफा नदेख्दा लगानी गर्ने सम्भावना कम रहन्छ। यस्तो अवस्थामा नेपालले जी टु जी मोडलमा चीन सरकारलाई आयोजना बनाउनका लागि प्रस्ताव गर्न लागेको हो।

‘आयोजनालाई व्यापार मोडेलमा मात्रै हेर्ने हो र नाफाका दृष्टिले मात्र हेर्न थाल्यो भने यो आयोजनामा फाइदा नदेख्दा आयोजना नबन्न सक्छ। पैसाकै कारण आयोजना नबन्ने अवस्था नआओस् भनेर हामीले यो जी टु जी मोडलमा जाने भनेका हौं। जी टु जी हुनेबित्तिकै त्यसका आर्थिक पक्षमात्र नभई सामाजिक, भूराजनीतिक अवस्थालाई पनि हेरिएला भन्ने हाम्रो बुझाइ हो,’ आत्रेयले भने। 

अहिले स्टेट ग्रीड कर्पोरेसनले आयोजना सम्बन्धी विस्तृत अध्ययन गरिरहेको आत्रेयको भनाइ छ। ‘कति क्षमताको आयोजना बनाउने, विद्युत आयात निर्यातमा के कति मापदण्ड राख्ने जस्ता विषयमा विस्तृत अध्ययन गरिरहेका छौं,’ उनले भने।

स्टेट ग्रीडले आयोजनाको लागत र त्यसको प्रतिफलको पनि अध्ययन गरिरहेको छ। आर्थिक रुपमा असुहाउँदो र प्रतिफल दिन नसक्ने देखिए उक्त चिनियाँ कम्पनीले आयोजनाबाट हात झिक्ने पनि सम्भावना रहेको छ। 

मोडालिटी नटुंगिएपछि आयोजना अन्योलमा
यो आयोजनाको प्रस्ताव चिनियाँ महत्वाकांक्षी योजना बेल्ट एन्ड रोज इनिसिएटिभ (बिआरआई) भित्रै रहने गरी गरिएको हो। २०१७ मे १२ मा बिआरआई सहकार्यका लागि नेपाल र चीनबीच सम्झौतापत्रमा हस्ताक्षर (एमओयु) भएको थियो। उक्त एमओयुअनुसार गल्छी–रसुवागडी–केरुङ अन्तरदेशीय प्रसारणलाइन पनि सोही परियोजनाअन्तर्गत रहेर निर्माण गर्ने भनिएको छ। तर बिआरआई अन्तर्गतका आयोजनाको मोडालिटी टुंगो लाग्न नसकेपछि यो आयोजनामा पनि अलमल देखिएको हो। 

बिआरआई अन्तर्गत बन्ने आयोजना फरक–फरक तरिकाले नभई एउटै बास्केटमा पर्ने भएका कारण त्यस्ता आयोजनाको मोडालिटीका बारेमा टुंगो लाग्न नसक्दा प्रसारणलाइनको काम पनि अगाडि बढ्न नसकेको आयोजना प्रमुख आत्रेय स्विकार्छन्। ‘नेपाल सरकार र बिआरआईको मोडालिटी टुंगिएपछि यो आयोजनाको पनि मोडालिटी टुंगिने अपेक्षा छ,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

लगानीको विषय बाँकी नै  
आयोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन बनिसकेको र प्रारम्भिक चरणका कामहरु निरन्तर रुपमा भइरहेको आयोजना प्रमुख आत्रेयको भनाइ छ। ‘केही समयअघि मात्रै प्रावधिक समितिको बैठक सम्पन्न भयो। आयोजना सम्बन्धी तथ्यांक तथा विवरणहरुको साटासाट भई नै रहेको छ,’ उनले भने। 

अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि नेपालले चीनबाट आर्थिक र प्राविधिक सहयोगको अपेक्षा राख्दै आएको छ। जसकारण प्रसारणलाइन निर्माण बिआरआईकै हिस्सा बनोस् भन्ने नेपालको चाहना छ। तर चीनले भने आफ्नो महत्वाकांक्षी परियोजनामा जोड्नेगरी प्रसारणलाइन निर्माणलाई त्यति महत्व दिएको देखिँदैन।

आयोजनामा लगानीको विषय अझै टुंगिसकेको छैन। १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा लगानीको मोडालिटी कस्तो हुने भनेर टुंगो लागेको छैन। चीनको सिगात्सेदेखि केरुङ नाकासम्मको ४ सय किलोमिटर प्रसारणलाइन चीन सरकार र गल्छीदेखि केरुङसम्मको ८२ किलोमिटर प्रसारणलाइन नेपाल सरकार आफैले बनाउने यसअघि नै सहमति भइसकेको छ। नेपालतर्फको करिब ८० किलोमिटर लामो उक्त अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि आवश्यक पर्ने १० अर्ब रुपैयाँ बराबरको लगानी र प्राविधिक सहयोगका लागि चीनसँग आग्रह गरिरहेको भए पनि चीनले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। 

कसरी अगाडि बढ्दैछ आयोजना?  
नेपाल र चीनलाई विद्युतमार्गबाट जोढ्ने उद्देश्यका साथ अगाडि बढिरहेको उक्त प्रसारणलाइन निर्माणमा तेस्रो चरणको काम सुरु भइसकेको छ। 

प्राधिकरणले यसअघि नै उक्त प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ भने आयोजना निर्माणको मोडालिटीलाई अन्तिम रुप दिन प्राधिकरण सर्भेयर टोलीले अध्ययन सम्पन्न गरिसकेको छ। प्रसारणलाइनका लागि आवश्यक विद्युत टावर निर्माणको काम पनि सुरु भइसकेको छ। 

आयोजना अन्तर्गत नेपाली भूभागमा १ सय १२ वटा विद्युत टावर निर्माण हुनेछन्। सबस्टेसन निर्माणका लागि पनि अध्ययनको काम सुरु भइसकेको आत्रेय बताउँछन्। सबस्टेशन पहिला चिलिमे हबमा राख्ने र त्यहाँबाट त्रिशूली हब र त्रिशूली हबबाट रातामाटे जोड्ने गरी प्रसारणलाइनको रुट निर्धारण गरिएको छ। 

केरुङभन्दा ८० किलोमिटर पर चिनियाँ भूभाग जिलोङमा चीनले सबस्टेसन बनाइरहेको छ। चिनियाँ क्षेत्रमा ५ सय केभी एसी लाइनलाई नेपालसँग जोड्दा ४ सय केभी डिसी लाइन बनाइनेछ। त्यसका लागि जिलोङमै कन्भर्टर स्टेसन बनाउन लागिएको आत्रेयको भनाइ छ। कन्भर्टर स्टेसन रसुवागढीबाट ७९ किलोमिटर चीनतर्फ पर्छ। 

चीनले तिब्बतको चाउदेखि जिरोङसम्मको ३ सय ३३ किलोमिटर र जिरोङबाट नेपालको सिमानासम्म ८९ किलोमिटर डिसी लाइन निर्माण गर्नेछ। विद्युत प्राधिकरणले उक्त प्रसारणलाइनबाट ५ हजार मेगावाट विद्युत प्रसारण गर्नका लागि अनुमति लिइसकेको छ। राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले पनि सम्भाव्यता अध्ययनका लागि अनुमति दिइसकेको छ। 

उर्जा सञ्जाल विस्तारमा रणनीतिक महत्व
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त आयोजनालाई प्राथमिकताको आयोजनाका रुपमा समावेश गरिएको छ। प्रसारणलाइनले चीनको विद्युत प्रणालीलाई नेपालसँग मात्र नभई दक्षिण एसियाली मुलुकलाई समेत जोड्ने भएकाले उक्त प्रसारणलाइनलाई निकै महत्वका साथ हेरिएको छ। 

नेपाल र चीनबीच ऊर्जा आदानप्रदान तथा सहयोगसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। त्यसैगरी नेपाल र भारत तथा नेपाल र बंगलादेशले पनि ऊर्जा आदानप्रदान सम्बन्धी सम्झौता गरिसकेका छन्। 

त्रिशूली–गल्छी प्रसारण लाइनले चीनसँग आबद्धता कायम गरेपछि नेपाल, भारत र चीनबीच प्रसारण ग्रिडसमेत एकापसमा जोडिनेछ। 

अहिले भारतसँग मात्रै जोडिएको विद्युत प्रसारणलाइनलाई चीनसँग पनि जोड्ने लक्ष्यका साथ रसुवागढी–चिलिमे–गल्छी प्रसारणलाइन निर्माण गर्न लागिएको हो। जलविद्युत उत्पादनमा केही वर्षभित्रै उल्लेख्य प्रगति गर्ने लक्ष्य लिएको नेपालले बजार विस्तारका लागि यस्ता अन्तरदेशीय प्रशारणलाइन निर्माणमा भने चुनौती भोग्दै आएको छ। 

नेपाल र चीनबीच रसुवा–केरुङ, तातोपानी–खासा, कोराला तथा अन्य सम्भाव्य क्षेत्रबाट अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने विषयमा प्रारम्भिक छलफल भएपनि ती आयोजना निर्माणका लागि उल्लेख्य पहल भएको देखिँदैन।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्