• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

चीन जोड्ने पहिलो प्रसारणलाइन 'जी टु जी' मोडलमा बनाउन नेपालको प्रस्ताव

आयोजना बिआरआईभित्र रहने/नरहने अन्योलमै
64x64
नेपाल लाइभ बिहीबार, असोज ९, २०७६  १५:१०
1140x725

काठमाडौं- नेपाल र चीन जोड्ने पहिलो अन्तरदेशीय प्रसारणलाइन ‘जी टु जी’ मोडलमा बनाउन नेपालले प्रस्ताव गर्ने भएको छ। गल्छी–रसुवागडी–केरुङ अन्तरदेशीय विद्युत प्रसारणलाइन बनाउनका लागि नेपालले जी टु जी मोडल अघि सारेको आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताए।

‘यो आयोजनालाई चीनसँग प्रस्तुत गर्दा जी टु जी मोडलमा प्रस्तुत गर्ने भनेर प्रस्ताव गरेका छौं। केही समयभित्रै हुने भनिएको ‘हाई लेभल’ भिजिटमा नेपालले यो प्रस्ताव चीनसामु राख्नेछ,’ चिनियाँ राष्ट्रपतिको नेपालमा हुने भनिएको भ्रमणलाई इंगित गर्दै आत्रेयले भने। 

चीनतर्फ बन्ने प्रसारणलाइन चीन आफैले बनाइदिने भने पनि नेपालले नेपालपट्टिको प्रसारणलाइन निर्माणका लागि चीनसँग आग्रह गर्दै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला चीनको स्टेट ग्रीड कर्पोरेसन र नेपाल विद्युत प्राधिकरणबीच उक्त आयोजनाको आयोजना विकास साझेदारी सम्झौता भएको थियो। स्टेट ग्रीड कर्पोरेसन नाफामुखी र व्यवासयिक संस्था भएकाले उसले यो आयोजनामा नाफा नदेख्दा लगानी गर्ने सम्भावना कम रहन्छ। यस्तो अवस्थामा नेपालले जी टु जी मोडलमा चीन सरकारलाई आयोजना बनाउनका लागि प्रस्ताव गर्न लागेको हो।

‘आयोजनालाई व्यापार मोडेलमा मात्रै हेर्ने हो र नाफाका दृष्टिले मात्र हेर्न थाल्यो भने यो आयोजनामा फाइदा नदेख्दा आयोजना नबन्न सक्छ। पैसाकै कारण आयोजना नबन्ने अवस्था नआओस् भनेर हामीले यो जी टु जी मोडलमा जाने भनेका हौं। जी टु जी हुनेबित्तिकै त्यसका आर्थिक पक्षमात्र नभई सामाजिक, भूराजनीतिक अवस्थालाई पनि हेरिएला भन्ने हाम्रो बुझाइ हो,’ आत्रेयले भने। 

अहिले स्टेट ग्रीड कर्पोरेसनले आयोजना सम्बन्धी विस्तृत अध्ययन गरिरहेको आत्रेयको भनाइ छ। ‘कति क्षमताको आयोजना बनाउने, विद्युत आयात निर्यातमा के कति मापदण्ड राख्ने जस्ता विषयमा विस्तृत अध्ययन गरिरहेका छौं,’ उनले भने।

स्टेट ग्रीडले आयोजनाको लागत र त्यसको प्रतिफलको पनि अध्ययन गरिरहेको छ। आर्थिक रुपमा असुहाउँदो र प्रतिफल दिन नसक्ने देखिए उक्त चिनियाँ कम्पनीले आयोजनाबाट हात झिक्ने पनि सम्भावना रहेको छ। 

मोडालिटी नटुंगिएपछि आयोजना अन्योलमा
यो आयोजनाको प्रस्ताव चिनियाँ महत्वाकांक्षी योजना बेल्ट एन्ड रोज इनिसिएटिभ (बिआरआई) भित्रै रहने गरी गरिएको हो। २०१७ मे १२ मा बिआरआई सहकार्यका लागि नेपाल र चीनबीच सम्झौतापत्रमा हस्ताक्षर (एमओयु) भएको थियो। उक्त एमओयुअनुसार गल्छी–रसुवागडी–केरुङ अन्तरदेशीय प्रसारणलाइन पनि सोही परियोजनाअन्तर्गत रहेर निर्माण गर्ने भनिएको छ। तर बिआरआई अन्तर्गतका आयोजनाको मोडालिटी टुंगो लाग्न नसकेपछि यो आयोजनामा पनि अलमल देखिएको हो। 

बिआरआई अन्तर्गत बन्ने आयोजना फरक–फरक तरिकाले नभई एउटै बास्केटमा पर्ने भएका कारण त्यस्ता आयोजनाको मोडालिटीका बारेमा टुंगो लाग्न नसक्दा प्रसारणलाइनको काम पनि अगाडि बढ्न नसकेको आयोजना प्रमुख आत्रेय स्विकार्छन्। ‘नेपाल सरकार र बिआरआईको मोडालिटी टुंगिएपछि यो आयोजनाको पनि मोडालिटी टुंगिने अपेक्षा छ,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

लगानीको विषय बाँकी नै  
आयोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन बनिसकेको र प्रारम्भिक चरणका कामहरु निरन्तर रुपमा भइरहेको आयोजना प्रमुख आत्रेयको भनाइ छ। ‘केही समयअघि मात्रै प्रावधिक समितिको बैठक सम्पन्न भयो। आयोजना सम्बन्धी तथ्यांक तथा विवरणहरुको साटासाट भई नै रहेको छ,’ उनले भने। 

अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि नेपालले चीनबाट आर्थिक र प्राविधिक सहयोगको अपेक्षा राख्दै आएको छ। जसकारण प्रसारणलाइन निर्माण बिआरआईकै हिस्सा बनोस् भन्ने नेपालको चाहना छ। तर चीनले भने आफ्नो महत्वाकांक्षी परियोजनामा जोड्नेगरी प्रसारणलाइन निर्माणलाई त्यति महत्व दिएको देखिँदैन।

आयोजनामा लगानीको विषय अझै टुंगिसकेको छैन। १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा लगानीको मोडालिटी कस्तो हुने भनेर टुंगो लागेको छैन। चीनको सिगात्सेदेखि केरुङ नाकासम्मको ४ सय किलोमिटर प्रसारणलाइन चीन सरकार र गल्छीदेखि केरुङसम्मको ८२ किलोमिटर प्रसारणलाइन नेपाल सरकार आफैले बनाउने यसअघि नै सहमति भइसकेको छ। नेपालतर्फको करिब ८० किलोमिटर लामो उक्त अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि आवश्यक पर्ने १० अर्ब रुपैयाँ बराबरको लगानी र प्राविधिक सहयोगका लागि चीनसँग आग्रह गरिरहेको भए पनि चीनले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। 

कसरी अगाडि बढ्दैछ आयोजना?  
नेपाल र चीनलाई विद्युतमार्गबाट जोढ्ने उद्देश्यका साथ अगाडि बढिरहेको उक्त प्रसारणलाइन निर्माणमा तेस्रो चरणको काम सुरु भइसकेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्राधिकरणले यसअघि नै उक्त प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ भने आयोजना निर्माणको मोडालिटीलाई अन्तिम रुप दिन प्राधिकरण सर्भेयर टोलीले अध्ययन सम्पन्न गरिसकेको छ। प्रसारणलाइनका लागि आवश्यक विद्युत टावर निर्माणको काम पनि सुरु भइसकेको छ। 

आयोजना अन्तर्गत नेपाली भूभागमा १ सय १२ वटा विद्युत टावर निर्माण हुनेछन्। सबस्टेसन निर्माणका लागि पनि अध्ययनको काम सुरु भइसकेको आत्रेय बताउँछन्। सबस्टेशन पहिला चिलिमे हबमा राख्ने र त्यहाँबाट त्रिशूली हब र त्रिशूली हबबाट रातामाटे जोड्ने गरी प्रसारणलाइनको रुट निर्धारण गरिएको छ। 

केरुङभन्दा ८० किलोमिटर पर चिनियाँ भूभाग जिलोङमा चीनले सबस्टेसन बनाइरहेको छ। चिनियाँ क्षेत्रमा ५ सय केभी एसी लाइनलाई नेपालसँग जोड्दा ४ सय केभी डिसी लाइन बनाइनेछ। त्यसका लागि जिलोङमै कन्भर्टर स्टेसन बनाउन लागिएको आत्रेयको भनाइ छ। कन्भर्टर स्टेसन रसुवागढीबाट ७९ किलोमिटर चीनतर्फ पर्छ। 

चीनले तिब्बतको चाउदेखि जिरोङसम्मको ३ सय ३३ किलोमिटर र जिरोङबाट नेपालको सिमानासम्म ८९ किलोमिटर डिसी लाइन निर्माण गर्नेछ। विद्युत प्राधिकरणले उक्त प्रसारणलाइनबाट ५ हजार मेगावाट विद्युत प्रसारण गर्नका लागि अनुमति लिइसकेको छ। राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले पनि सम्भाव्यता अध्ययनका लागि अनुमति दिइसकेको छ। 

उर्जा सञ्जाल विस्तारमा रणनीतिक महत्व
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त आयोजनालाई प्राथमिकताको आयोजनाका रुपमा समावेश गरिएको छ। प्रसारणलाइनले चीनको विद्युत प्रणालीलाई नेपालसँग मात्र नभई दक्षिण एसियाली मुलुकलाई समेत जोड्ने भएकाले उक्त प्रसारणलाइनलाई निकै महत्वका साथ हेरिएको छ। 

नेपाल र चीनबीच ऊर्जा आदानप्रदान तथा सहयोगसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। त्यसैगरी नेपाल र भारत तथा नेपाल र बंगलादेशले पनि ऊर्जा आदानप्रदान सम्बन्धी सम्झौता गरिसकेका छन्। 

त्रिशूली–गल्छी प्रसारण लाइनले चीनसँग आबद्धता कायम गरेपछि नेपाल, भारत र चीनबीच प्रसारण ग्रिडसमेत एकापसमा जोडिनेछ। 

अहिले भारतसँग मात्रै जोडिएको विद्युत प्रसारणलाइनलाई चीनसँग पनि जोड्ने लक्ष्यका साथ रसुवागढी–चिलिमे–गल्छी प्रसारणलाइन निर्माण गर्न लागिएको हो। जलविद्युत उत्पादनमा केही वर्षभित्रै उल्लेख्य प्रगति गर्ने लक्ष्य लिएको नेपालले बजार विस्तारका लागि यस्ता अन्तरदेशीय प्रशारणलाइन निर्माणमा भने चुनौती भोग्दै आएको छ। 

नेपाल र चीनबीच रसुवा–केरुङ, तातोपानी–खासा, कोराला तथा अन्य सम्भाव्य क्षेत्रबाट अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने विषयमा प्रारम्भिक छलफल भएपनि ती आयोजना निर्माणका लागि उल्लेख्य पहल भएको देखिँदैन।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने आइतबार, कात्तिक ८, २०८३
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो आइतबार, कात्तिक ८, २०८३
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने आइतबार, कात्तिक ८, २०८३
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्