काएरो- अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन मध्यपूर्वको भ्रमणका सिलसिलामा इजिप्ट गुगेका छन्।
आइतबार राति इजिप्ट गुगेका उनले सोमबार नै इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी तथा विदेशमन्त्री सामेह साउक्रीसँग भेट गरेका छन्। वार्ता मध्यपूर्वको सुरक्षा तथा इजिप्टमा आगामी दिनमा अमेरिकी सहयोगबारेमा केन्द्रित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले मध्यपूर्वको भ्रमण सकेको करिब एक महिनाको अन्तरमा टिलरसन त्यहाँ पुगेका हुन्।
टिलरसनले आफ्ना इजिप्टेली समकक्षी साउक्रीसँगको कुराकानीमा इजरायली तथा प्यालेष्टिनी जनताबीच शान्ति वार्ता गराउने अमेरिकी प्रतिवद्धता अनुरुप अघि बढ्न चाहेको बताएका बताए। तर शान्ति वार्ताबारेको योजना भने विस्तारमा नबताएका इजिप्टको विदेश मन्त्रालयले जनाएको छ।
इजिप्टमा सञ्चारकर्मीसँग कुराकानी गर्दै टिलर्सनले मध्यपूर्वी मुलुक सिरिया तथा इजरायली समस्याको समाधान नै आफ्नो भ्रमणको एजेन्डा रहने बताए। उनी इजिप्टका नेता तथा उच्च पदस्थ अधिकारीसँगको भेटपछि सोमबार नै कुवेत प्रस्थान गरेको बताइएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।