• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

ट्रमामा ओमनाथ, टुसाउँदैछ उमाको खुसी

64x64
नेपाल लाइभ बिहीबार, असोज ९, २०७६  ०५:५५
1140x725

काठमाडौं–  शुक्रबार दिउँसो ४ बजे।

राष्ट्रिय ट्रमा सेन्टरको पाँचौ तल्ला। 

आइसियू वार्डको बेड नं ५२६ मा ३ महिनादेखि उपचाररत छन्, झापाका ओमनाथ ढकाल। 

'बाबा एता हेर्नुस् न, एता हेर्नुस् त बाबा,' ओमनाथकी श्रीमती उमा ढकाल भन्दै थिइन्। 

ओमनाथले दुवै आँखा खोले र टुलुटुलु हेरिरहे।

'भनेको कुरा सुन्नुहुन्छ। अनि रेस्पोन्स पनि गर्न थाल्नुभएको छ,' उमाले उनको स्वास्थ्य प्रतिबारे सुनाइन्। 

दक्षिण कोरियाको बुसान युनिभर्सिटी अस्पतालको कोमामा ७ महिना उपचारपछि नेपाल झिकाइएका ओमनाथ सुरुको अवस्थामा बिना हलचल सुकेको काठजस्तै ढलिरहन्थे। कहिलेकाँही आँखा हेरे पनि कुनै प्रतिक्रिया देखाउँदैन थिए। 

‘हातले देखाउनुस् त बाबा। कहाँ दुखेको छ भन्नुस् त। दुखेको छ हो, गाह्रो भएको छ?’ उमाले ओमनाथलाई प्रश्न सोधिरहेकी थिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

ओमनाथ टुलुटुलु हेरिरहेका मात्रै थिए। शरीरभरि जेलिएका उपकरणका तारहरु देब्रे हातले तान्ने प्रयास गरिरहेका थिए। 'तार त उहाँले तानेर मिल्काउनुहुन्छ, दाहिने हात त पूरै चल्छ नि,’ उमा मुस्काइन्। 

ओमनाथ बेलाबेलामा खोकिरहेका थिए। अनुहारमा चिटचिट पसिना आइरहेको थियो। उमाले पसिना पुछिदिइन्। फेरि निधार छामिन्।

‘हिजोअस्ति त ऐया दुख्यो भनेर बोल्नुहुन्थ्यो। आज अलि धेरै गाह्रो भएको छ,’ उनी आफ्नै सुरमा बोलिरहेकी थिइन्, 'बिस्तारै तंग्रिन लाग्नुभएको थियो, ज्वरोले फेरि सतायो। मुखैबाट खाना खान थाल्नुभएको थियो। म आफै केरा, स्याउ मिचेर खुवाइदिन्थेँ। अहिले खुवाउन डर लागिरहेको छ, अड्किने हो कि!’

उनी घरीघरी छटपटाइरहेकी थिइन्। एकछिनपछि पानीमा औषधिका चक्कीहरु घोलिन् र पिलाइदिइन्। ओमनाथले घुटुक्क निले। त्यसपछि भने लगातार उनी खोकिरहे।

खकार उछिट्टिएर ओमनाथको शरीररि लागेको थियो। सफा गरिसकेर उमाले फेरि पानीको बाफ दिन थालिन्।  

OOO

कोरियाबाट ओमनाथलाई ट्रमा सेन्टर ल्याएदेखि नै उमाको दैनिकी एउटै तालिकामा चलिरहेको छ। दिनभर खुट्टा मुसार्छिन्, औषधि र खानेकुरा खुवाउँछिन्। राति ओमनाथ सुतिरहेको बेडमुनि कपडा ओछ्याएर कोल्टे फेर्छिन्। 

निदाउने प्रयास त गर्छिन् तर अहँ ओमनाथको त्यो अवस्थाले ढुक्कले निदाउन दिँदैन उनलाई। बेलुका पनि घरीघरी उठेर बेडमा हेर्छिन् र पल्टिन्छिन्।

ट्रमा सेन्टरमा उमाको दैनिकी ३ महिनादेखि लगभग यसैगरी बितिरहेको छ। श्रीमान्‌को स्वास्थ्य अवस्थाले उमाको शरीर पनि दुब्लाएर सुकेको दाउरा जस्तै भएको छ।

एकातिर श्रीमान्‌को उपचार अर्कातिर झापामा बाटो कुरिरहेका छोराछोरी। 

‘छोराछोरी पनि आए, बाबालाई हेरेर गए,' उमाका आँखा भरिन्छन्, ओठ काप्छन् र अर्कोतिर फर्किँदै भन्छिन्, 'बाबालाई कस्तो छ, ममी कहिले आउने भनेर फोनमा सोधिरहन्छन्।'

आँसुलाई आँखाभित्रै दबाउने कोसिस गर्छिन् र फेरि बोल्छिन्, ‘अलि अगाडि उहाँलाई भेट्न आमाबुबा पनि आउनुभएको थियो।’

ओमनाथ र उमाका २ जना छोराछोरी छन्। झापामै रहेका आमाबुबासँग ओमनाथका भाइबुहारी पनि बस्छन्। उनीहरु पनि ओमनाथलाई भेट्न आएका थिए।  

  • यो पनि : उमाको आस- बोल्न र ह्विलचियरमै हिँड्न सक्ने भए पनि संसारकै खुसी मिल्ने थियो

कोरियाको अस्पतालमा लामो समयसम्म सुतिरहेकाले ओमनाथको शरीरको पछाडीपट्टिको भागमा घाउ (बेड सोर) भएको थियो। स्वास्थ्य अवस्था पहिलेभन्दा सुधार हुँदै गएकाले उमाको मुहारमा खुसी टुसाउन थालिसकेको छ।

‘त्यो घाउ पनि निकै ठिक भएको छ, अब त सानो घाउ मात्रै बाँकी छ,’ उमा भन्छिन्, 'अब उहाँको ब्रेन कभर पनि राख्न पाए, धेरै ठिक हुनुहुन्थ्यो कि।’ 

वबरिष्ठ न्युरो सर्जन डाक्टर राजीव झाले पनि पहिलेभन्दा निकै सुधार भएको बताए। ‘उहाँको अवस्था सोधारोन्मुख छ, हामीले ट्रमाबाट उहाँलाई बिस्तारै पुर्नस्थापनका केन्द्रमा लैजाँदा पनि हुन्छ भनिसकेका छौं,' उनले भने, 'तर उहाँकी श्रीमती र परिवार केन्द्रमा लगेर उपचार गराउन डराइरहनुभएको छ।’ 

अब पुनर्स्थापना केन्द्रमै लगेर फिजियो थेरापी गराए अवस्था सुधार हुँदै जाने डा झा बताउँछन्। 'थप सुधार भएपछि मात्रै उहाँको ब्रेन कभर राख्दा राम्रो हुने भएकाले सोही अनुसार योजना बनाएका छौं। सुधार भएपछि मात्रै अप्रेसन गर्नु राम्रो हो।'

OOO

रोजगारीका लागि कोरिया पुगेका ओमनाथ २०७५ मंसिर २२ गते अचानक अचेत भएर ढलेको खबर उमालाई आएको थियो। 

अघिल्लो दिनसम्म उमासँग फोनमा कुरा गरेका ओमनाथ अचानक बेहोस भएर ढलेको खबरले परिवारलाई विक्षिप्त बनाएको थियो। आफन्त आएपछि मात्रै अस्पतालले उपचार सुरु गर्ने भनिएपछि उमा र उनका भाइ भिजिट भिसामा कोरिया पुगेका थिए। 

कोरियास्थित बुसान युनिभर्सिटी अस्पतालमा ७ महिना राखेर उपचार गराउँदा पनि ओमनाथको स्वास्थ्यमा कुनै पनि सुधार नदेखिएपछि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा ओमनाथलाई नेपाल ल्याइएको हो। 

वरिष्ठ न्यूरो सर्जन डा झाका अनुसार ओमनाथको ब्रेनको बाहिरी भागको नसा फुटेर रगत जमेको छ। यस्तो समस्या धेरै कारणबाट हुन्छ। ओमनाथलाई भने प्यानोरिजका कारण यस्तो भएको उनले बताए।

यस्तो अवस्थाका बिरामी सामान्य अवस्थामा आउन निकै समय लाग्न सक्ने उनी बताउँछन्। ‘शतप्रतिशत नर्मल अवस्थामा आउन सक्छन् भन्न सकिँदैन, शरीरमा कुनै न कुनै समस्या रहन्छ,’ डा झाले भने। उनका अनुसार यस्तो समस्या भएका ५० देखि ६० प्रतिशत बिरामीको अवस्था सुधार पनि भएको छ। 

‘ब्रेननको कभर राख्न पाए उहाँलाई अलि ठिक हुन्थ्यो कि,' उमालाई आशा छ, 'उहाँ ह्विलचियरमै भए पनि हिँड्न सक्ने भए कति खुसी हुने थिएँ।'

प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६  ०५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्