काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई राजीनामा दिन सुझाएका छन् ।
विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै समयको मागअनुसार मार्गप्रशस्त गर्न गगनले आग्रह गरे ।
उनले अहिले देउवा निवासमा भइरहेको संस्थापन पक्षका भेलामा नेताहरूले महामन्त्रीद्वयले नचाहिने काम गरे भनेर सुनाइरहेको हुनसक्ने अनुमान गरे ।
उनले भने,’यी दुईटा महामन्त्रीले अराजनीतिक काम गरे, यी महामन्त्रीले तपाईंलाई दुख दिइरहेका छन् ।’
कार्यवाहक दिएको दिन भएको प्रशंसालाई स्मरण गर्न आग्रह गरे ।
उनले भने, ‘यहाँ आएकाहरू तपाईंलाई माया नगर्नेहरू होइनन् । तपाईंलाई माया गर्नेहरू हुन् । तपाईंप्रतिको सम्मान नघटोस् भनेर दाइ छाडिदिनुस् भनेका हौँ । जसले घुमिघुमी बोलाइरहेका छन् ती तपाईंलाई माया गर्ने मान्छे होइनन् ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।