• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

उमाको आस- बोल्न र ह्विलचियरमै हिँड्न सक्ने भए पनि संसारकै खुसी मिल्ने थियो

कोरियामा ७ महिना कोमा बसेका ओमनाथ नेपालमा पनि कोमामै
64x64
नेपाल लाइभ बुधबार, असार १८, २०७६  १६:००
1140x725

काठमाडौं- ‘हात समाउनु त भनेको समाउन खोजेजस्तो गर्नुभयो। 'ठिक छ है' भनेर सोधेको मुन्टो हल्लाएर ठिक छ भन्ने प्रतिक्रिया दिएजस्तो गर्नु भयो,’ उमा ओमनाथलाई लगातार हेरिरहन्छिन्, सुम्सुम्याउँछिन्, बाबा भनेर बोलाउँछिन्, प्रत्युत्तरमा टुलुटुलु मात्र हेरिरहन्छन् ओमनाथ। 

औषधि सकिन लाग्यो कि? यता के भयो हेरिदिनुस् है? बाबालाई कस्तो छ? अहिले गाह्रो त भएको छैन नि? नर्सहरुलाई प्रश्नैप्रश्न तेर्स्याउँछिन् उमा।

‘हामी हेर्दैछौँ, नआत्तिनुस् न’ नर्सले उमालाई सम्झाउँछन्।

नर्सहरुको उत्तरले कहाँ ढुक्क हुन्छिन् र उनी। 

छटपटाउँछिन् र ओमनाथलाई फेरि मुसार्न पुग्छिन्। 

र बोलाउँछिन ‘बाबा ? यता हेर्नु त?’ 

अहँ, उमाले बोलाएतिर हेर्दै हेर्दैनन् ओमनाथ। न त कुनै प्रतिक्रिया नै जनाउँछन् उनी। 

थाहा छैन, कहिले देलान् उमाको प्रश्नको जवाफ ओमनाथले। 

Ncell 2
Ncell 2
nimb
nimb

ओमनाथ र उमाको जीवनमाथि समयले अनुत्तरित प्रश्न ल्याएर थुपारिदिएको छ। 

ओमनाथ ७ महिनादेखि निरन्तर बेडमा बिना हलचल श्वास मात्रै फेरिरहेका छन्। 

धेरै लामो समयसम्म बेडमा सुतिरहेकाले उनको शरीरको पछाडिपट्टिको भागमा घाउ (बेड सोर) समस्या देखिन थालेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘त्यो घाउ कति दुख्यो होला,’ उमा ओमनाथलाई हेर्छिन्। 

आँशुले आँखा भरिन्छन्, ओठ काप्छन्.....।

भित्रैभित्रै आँशु दबाउने प्रयास गर्दै मुस्किलले बोल्छिन् उमा। 

‘सोच्दै नसोचेको घटना भयो, दैवले हाम्रो खुसी देख्न चाहेनन्,’ रोकिँदैनन् उमाका आँखामा आँशु। 

यो दृश्य हो राष्ट्रिय ट्रमा सेन्टरको पाँचौं तल्लाको आइसियू वार्डको। जहाँ बडो मुस्किलले श्वास फेरिरहेका छन् झापाका ओमनाथ ढकाल। उनकी श्रीमती उमा उनको हेरचाहमा तल्लीन छिन्। 

दक्षिण कोरियाको बुसान युनिभर्सिटी अस्पतालको कोमामा ७ महिना उपचारपछि नेपाल झिकाइएका हुन् ओमनाथ। 

श्रीमती उमालाई ओमनाथको स्वास्थ्य अवस्था पहिलेभन्दा केही सुधारोन्मुख हुँदै गएजस्तो लाग्न थालेको छ। 

000

‘राम्रोसँग बस है। छोराछोरीको राम्रो ख्याल गर्नू। म पनि राम्रोसँग काम गर्छु। पैसा कमाएर फर्कन्छु। अनि ऋण तिरौँला बाँकी। पैसाले केही व्यवसाय गरौँला,’ ओमनाथले भनेका थिए उमासँग। उमालाई त्यो दिन ताजै छ, ओमनाथले उनलाई बिदाईको प्रहरमा वाचा गरेका थिए, राम्रोसँग काम गरेर खुसी बोकेर फर्कने।

काम राम्रै चलिरहेको थियो। बेलाबेलामा उमा र ओमनाथबीच फोन सम्वाद भइरहन्थ्यो। 

२०७५ मंसिर २२ गते अचानक ओमनाथ अचेत भएर ढलेको खबर आयो उमालाई।

‘कोठामै ओमनाथ दाई अचानक ढल्नुभयो, कम्पनीले उपचार खर्च व्यहोर्दैन रे। तपाईँहरु कसरी हुन्छ यहाँसम्म आउनुपर्यो, उहाँको ब्रेनको अप्रेसन गर्नुपर्ने भएको छ,' कोरियाबाट फोनमा खबर आयो। 

उमाको जीवनमा निकै ठूलो बज्रपात पर्‍यो। धर्तीमा अचानक आकाश खसेझैं भयो। 

ओमनाथ अचेत भएर ढल्नुभन्दा अघिल्लो दिन साँझ ७ बजे उमा र ओमनाथबीच फोन सम्वाद भएको थियो। 

‘आज निकै चिसो बढेको छ। भोलि हिँउ पर्छ भनेर मोबाइलमा सूचना आइसकेको छ। भोलि अफिस छुट्टि हुन्छ, अनि भोलि कुरा गरौँला ल उमा,’ यही थियो ओमनाथ र उमाबीच अन्तिम सम्वाद। 

भोलिको पर्खाइमा ७ महिना बितिसक्यो सात वर्ष जति नै लामो भएर। तर अहँ भोलि आएकै छैन। ओमनाथ र उमाले सुखदुःख साट्ने दिन त्यो ‘भोलि’कै पर्खाइमा छिन् उमा। 

000

ओमनाथ अचेत भएको खबर आएको एक हप्ता बित्नै लाग्दा ओमनाथका भाई प्रकाश ढकाल र उमा भिजिट भिसा बनाएर कोरिया पुगेका थिए।

उनीहरु पुगेर आफैँले उपचार खर्च व्यहोर्ने सुनाएपछि मात्रै ओमनाथको उपचार सुरु भएको थियो।  

उमा ओमनाथलाई भेटेर एक महिनामा फर्किइन्। भाइ प्रकाश भने भिजिट भिसामा दुई पटक ओहोरदोहोर गरे। 

‘उपचारका लागि मात्रै एक करोडभन्दा बढी नेपाली रुपैयाँ खर्च लाग्यो। तर सोचेजस्तो सुधार हुन सकेन,’ ओमनाथका भाइ प्रकाश ढकालले नेपाल लाइभलाई सुनाए। 

सुकेको दाउराजस्तै, निःशब्द ढलिरहेका छन् ओमनाथ। उनीसँगै सपना पनि उस्तै गरी ढलेका छन्। 

जीवन सोचेजस्तो कहाँ छ र? 

बिहान-बेलुका काम गरेर साँझ ढुक्कले छानोमुनि सास फेर्ने सपना सजाएर कोरिया पुगेका ओमनाथको सपना सपनामै सीमित भएको छ। परिवारको सपना पनि बिरामी ओमनाथको स्वास्थ्य अवस्थासँगै सति गएको छ।  

जन्मथलो पाँचथर भएका ओमनाथको जीवनशैली सामान्य थियो। दुई ‍सन्तान थिए। 

छोराछोरीको सुनौलो भविष्यको सपना बुनेर उनीसहित उनका परिवार केही वर्ष अघि पाँचथरबाट झापास्थित विर्तामोड झरेका थिए। 

ओमनाथ र उमा दुवै मिलेर खेतबारीको काम गर्थे। कमाईको अर्को कुनै विकल्प थिएन। 

त्यसपछि रोजगारीको लागि दक्षिण कोरिया जाने सोच बनाएर ओमनाथले भाषा परीक्षा दिए। भाषा परीक्षाको नतिजामा नाम निस्कियो। ओमनाथ कोरिया जाने निश्चित भयो।

‘झापा आएपछि ऋण गरेर सानो झुप्रो बनाएका थियौँ। त्यही झुप्रो बनाउँदाको ऋण तिर्नका लागि भनेर कोरिया जान्छु भन्नु भयो। घर सल्लाह गर्यौँ। जानुस् न त भनेर बिदाईको हात हल्लाउन बाध्य भएँ,’ बाध्यताको कथा सुनाउँदा उमाका आँखा थामिएनन्।

000

ओमनाथ योभन्दा अघि पनि दुई वर्ष कोरिया बसेर बिदामा नेपाल आएका थिए। 

ओमनाथ काठ उद्योगमा काम गर्थे कमाइ पनि राम्रै थियो। घर बनाउँदा लागेको ऋण तिरेर सकिएकै थिएन।

‘ऋण तिर्न त परै जाओस्...............’ यति भन्दै गर्दा उमाको गलो अवरुद्ध भए। डाको छोडेको आवाज निस्किए। उमाका पीडा आँखाबाट पोखिए। 

जति पोखेपनि पखालिँदैन उमाको पीडा, जबसम्म ‘उमा’ भनेर ओमनाथले बोलाउँदैनन्। 

‘बोल्न सक्ने र ह्विलचियरकै सहायतामा भएपनि हिड्न सक्ने भए त संसारकै खुसी मिल्ने थियो,’ उमा सुनाउँछिन्। 

000

उमालाई श्रीमानको चिन्ताले निकै पिरोलेको छ। शरीरमा हाड-छाला मात्रै बाँकी छ। ओमनाथ अचेत अवस्थामा पुगेसँगै सबैजना आफन्त र परिवारलाई चिन्ताले पिरोलेको छ। 

‘छोराछोरीको बाबासँग अरु दिन कुरा हुँदैन थियो। शनिबार बिदाको दिन कुरा हुन्थ्यो। बाबासँग कुरा गर्ने भनेर मलाई दिक्क पार्छन्, बाबाको अवस्था यस्तो छ,’ उमा भक्कान्छिन्। 

घरमा ७७ वर्षीय मुटुरोगी वृद्ध बुवा ओमनाथको आवाज पर्खिरहेका छन्।

‘छोरो किन बोल्दैन मसँग? भनेर बुबाले सोधिरहनु हुन्छ,’ उमा सुकसुकाउँछिन्।  

000

वैदेशिक रोजगार बोर्डको आर्थिक सहायता र समन्वयमा शुक्रबार उनलाई नेपाल ल्याइएको हो। सुरुमा वीर अस्पतालमा आइसियुमा भर्ना भएका ओमनाथलाई सोमबार बेलुका राष्ट्रिय ट्रमा सेन्टरमा सारिएको छ। 

ट्रमा सेन्टर न्यूरो सर्जरी डिर्पाटका प्रमुख न्यूरोसर्जन डाक्टर राजीव झाले ओमनाथको स्वास्थ्य अवस्था सुधारोन्मुख भएकाले वीर अस्पतालबाट ट्रमा सेन्टरमा रेफर गरिएको बताए।

‘ओमनाथको नसा फुटेर ब्रेनको बाहिरी भागमा रगत जमेको छ। यस्तो समस्या धेरै कारणबाट हुन्छ। यसो हुनुको सबैभन्दा जटिल समस्या प्यानोरिज हो। ओमनाथलाई सोही समस्या भएको हो,’ डाक्टर झाले नेपाल लाइभसँग भने।

यस्तो समस्या भएका व्यक्तिहरुलाई पहिलेकै सामान्य अवस्थामा ल्याउन कठिन हुने उनको भनाई छ। 

‘शतप्रतिशत पहिलेजस्तै नर्मल अवस्थामा आउन त कठिन नै छ। उनीहरुको शरीरमा कुनै न कुनै समस्या त रहन्छ नै, तर उपचारपछि धेरै सुधार हुन्छ,’ डाक्टर झाले भने। 

डाक्टरका अनुसार विश्वमा यस्तो समस्या भएका ५० देखि ६० प्रतिशतसम्म मानिसको अवस्था सुधार भएको छ। 

‘ओमनाथमा देखिएको 'बेड सोर'को समस्या जटिल छ। ब्रेनमा कभर गर्ने हड्डी मेस (टाइटेनियमको जाली) राख्नुपर्ने छ। र फिजियोथेरापीहरु गराउँदै लैजाँदा उनको स्वास्थ्यमा सुधार आउने सम्भावना छ,’ डाक्टर झा बताउँछन्। 

बेड सोरको समस्या सुधार गर्ने र बे्रनको कभर मेसको सर्जरी गर्ने दुवै प्रविधि ट्रमा सेन्टरमा भएकाले उनलाई ट्रमा सेन्टरमा रेफर गरिएको वीर अस्पतालले जनाएको छ। 

हजारौँ बिरामी अस्पतालमा उपचारका लागि आउने हुँदा विदेशमा वर्षौं कोमामा राखेजस्तो वर्षौं अस्पतालको आइसियुमा राख्न सक्ने अवस्था नरहेकोको ट्रमा सेन्टरले बताएको छ। 

‘हामीसँग थुप्रै बिरामीहरु आउँछन्, सबैको उपचार गर्नुपर्छ, ओमनाथलाई पनि हामी आवश्यक उपचार र फिजियोथेरापी पश्चात् पूर्नस्थापना केन्द्रमा पठाउँछौँ,’ डा झाले भने। 

विदेशबाट कोमाका कामदार नेपाल ल्याएर उपचार गराउने नीति बनाउने तयारीमा रहेको सरकारले पहिले ने बिरामीका लागि पुनर्स्थापना केन्द्रको व्यवस्था गर्नुपर्ने डा झाको सुझाव छ। 

प्रकाशित मिति: बुधबार, असार १८, २०७६  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ। बुधबार, कात्तिक ४, २०८३
अभिनेता महेश त्रिपाठीको दशैँ अनुभव- एक पटक पिङबाट लडेर बेहोस भएको थिएँ विस्तारै उमेर बढ्दै गयो। ठूलो हुँदै गएपछि दशैँमा हुने रौनकता घट्दै गयो। पहिले जस्तो दशैँ रहेन जस्तो लाग्थ्यो। पछि सोचेँ, दशैँ सधैं उ... बुधबार, कात्तिक ४, २०८३
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! सोमबारदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म दुईवटा बस निःशुल्क सञ्चालन गर्ने व्यवस्था सशस्त्र प्रहरीले मिलाएको छ। मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्