• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

उमाको आस- बोल्न र ह्विलचियरमै हिँड्न सक्ने भए पनि संसारकै खुसी मिल्ने थियो

कोरियामा ७ महिना कोमा बसेका ओमनाथ नेपालमा पनि कोमामै
64x64
नेपाल लाइभ बुधबार, असार १८, २०७६  १६:००
1140x725

काठमाडौं- ‘हात समाउनु त भनेको समाउन खोजेजस्तो गर्नुभयो। 'ठिक छ है' भनेर सोधेको मुन्टो हल्लाएर ठिक छ भन्ने प्रतिक्रिया दिएजस्तो गर्नु भयो,’ उमा ओमनाथलाई लगातार हेरिरहन्छिन्, सुम्सुम्याउँछिन्, बाबा भनेर बोलाउँछिन्, प्रत्युत्तरमा टुलुटुलु मात्र हेरिरहन्छन् ओमनाथ। 

औषधि सकिन लाग्यो कि? यता के भयो हेरिदिनुस् है? बाबालाई कस्तो छ? अहिले गाह्रो त भएको छैन नि? नर्सहरुलाई प्रश्नैप्रश्न तेर्स्याउँछिन् उमा।

‘हामी हेर्दैछौँ, नआत्तिनुस् न’ नर्सले उमालाई सम्झाउँछन्।

नर्सहरुको उत्तरले कहाँ ढुक्क हुन्छिन् र उनी। 

छटपटाउँछिन् र ओमनाथलाई फेरि मुसार्न पुग्छिन्। 

र बोलाउँछिन ‘बाबा ? यता हेर्नु त?’ 

अहँ, उमाले बोलाएतिर हेर्दै हेर्दैनन् ओमनाथ। न त कुनै प्रतिक्रिया नै जनाउँछन् उनी। 

थाहा छैन, कहिले देलान् उमाको प्रश्नको जवाफ ओमनाथले। 

Ncell 2
Ncell 2
nimb
nimb

ओमनाथ र उमाको जीवनमाथि समयले अनुत्तरित प्रश्न ल्याएर थुपारिदिएको छ। 

ओमनाथ ७ महिनादेखि निरन्तर बेडमा बिना हलचल श्वास मात्रै फेरिरहेका छन्। 

धेरै लामो समयसम्म बेडमा सुतिरहेकाले उनको शरीरको पछाडिपट्टिको भागमा घाउ (बेड सोर) समस्या देखिन थालेको छ। 

‘त्यो घाउ कति दुख्यो होला,’ उमा ओमनाथलाई हेर्छिन्। 

आँशुले आँखा भरिन्छन्, ओठ काप्छन्.....।

भित्रैभित्रै आँशु दबाउने प्रयास गर्दै मुस्किलले बोल्छिन् उमा। 

‘सोच्दै नसोचेको घटना भयो, दैवले हाम्रो खुसी देख्न चाहेनन्,’ रोकिँदैनन् उमाका आँखामा आँशु। 

यो दृश्य हो राष्ट्रिय ट्रमा सेन्टरको पाँचौं तल्लाको आइसियू वार्डको। जहाँ बडो मुस्किलले श्वास फेरिरहेका छन् झापाका ओमनाथ ढकाल। उनकी श्रीमती उमा उनको हेरचाहमा तल्लीन छिन्। 

दक्षिण कोरियाको बुसान युनिभर्सिटी अस्पतालको कोमामा ७ महिना उपचारपछि नेपाल झिकाइएका हुन् ओमनाथ। 

श्रीमती उमालाई ओमनाथको स्वास्थ्य अवस्था पहिलेभन्दा केही सुधारोन्मुख हुँदै गएजस्तो लाग्न थालेको छ। 

000

‘राम्रोसँग बस है। छोराछोरीको राम्रो ख्याल गर्नू। म पनि राम्रोसँग काम गर्छु। पैसा कमाएर फर्कन्छु। अनि ऋण तिरौँला बाँकी। पैसाले केही व्यवसाय गरौँला,’ ओमनाथले भनेका थिए उमासँग। उमालाई त्यो दिन ताजै छ, ओमनाथले उनलाई बिदाईको प्रहरमा वाचा गरेका थिए, राम्रोसँग काम गरेर खुसी बोकेर फर्कने।

काम राम्रै चलिरहेको थियो। बेलाबेलामा उमा र ओमनाथबीच फोन सम्वाद भइरहन्थ्यो। 

२०७५ मंसिर २२ गते अचानक ओमनाथ अचेत भएर ढलेको खबर आयो उमालाई।

‘कोठामै ओमनाथ दाई अचानक ढल्नुभयो, कम्पनीले उपचार खर्च व्यहोर्दैन रे। तपाईँहरु कसरी हुन्छ यहाँसम्म आउनुपर्यो, उहाँको ब्रेनको अप्रेसन गर्नुपर्ने भएको छ,' कोरियाबाट फोनमा खबर आयो। 

उमाको जीवनमा निकै ठूलो बज्रपात पर्‍यो। धर्तीमा अचानक आकाश खसेझैं भयो। 

ओमनाथ अचेत भएर ढल्नुभन्दा अघिल्लो दिन साँझ ७ बजे उमा र ओमनाथबीच फोन सम्वाद भएको थियो। 

‘आज निकै चिसो बढेको छ। भोलि हिँउ पर्छ भनेर मोबाइलमा सूचना आइसकेको छ। भोलि अफिस छुट्टि हुन्छ, अनि भोलि कुरा गरौँला ल उमा,’ यही थियो ओमनाथ र उमाबीच अन्तिम सम्वाद। 

भोलिको पर्खाइमा ७ महिना बितिसक्यो सात वर्ष जति नै लामो भएर। तर अहँ भोलि आएकै छैन। ओमनाथ र उमाले सुखदुःख साट्ने दिन त्यो ‘भोलि’कै पर्खाइमा छिन् उमा। 

000

ओमनाथ अचेत भएको खबर आएको एक हप्ता बित्नै लाग्दा ओमनाथका भाई प्रकाश ढकाल र उमा भिजिट भिसा बनाएर कोरिया पुगेका थिए।

उनीहरु पुगेर आफैँले उपचार खर्च व्यहोर्ने सुनाएपछि मात्रै ओमनाथको उपचार सुरु भएको थियो।  

उमा ओमनाथलाई भेटेर एक महिनामा फर्किइन्। भाइ प्रकाश भने भिजिट भिसामा दुई पटक ओहोरदोहोर गरे। 

‘उपचारका लागि मात्रै एक करोडभन्दा बढी नेपाली रुपैयाँ खर्च लाग्यो। तर सोचेजस्तो सुधार हुन सकेन,’ ओमनाथका भाइ प्रकाश ढकालले नेपाल लाइभलाई सुनाए। 

सुकेको दाउराजस्तै, निःशब्द ढलिरहेका छन् ओमनाथ। उनीसँगै सपना पनि उस्तै गरी ढलेका छन्। 

जीवन सोचेजस्तो कहाँ छ र? 

बिहान-बेलुका काम गरेर साँझ ढुक्कले छानोमुनि सास फेर्ने सपना सजाएर कोरिया पुगेका ओमनाथको सपना सपनामै सीमित भएको छ। परिवारको सपना पनि बिरामी ओमनाथको स्वास्थ्य अवस्थासँगै सति गएको छ।  

जन्मथलो पाँचथर भएका ओमनाथको जीवनशैली सामान्य थियो। दुई ‍सन्तान थिए। 

छोराछोरीको सुनौलो भविष्यको सपना बुनेर उनीसहित उनका परिवार केही वर्ष अघि पाँचथरबाट झापास्थित विर्तामोड झरेका थिए। 

ओमनाथ र उमा दुवै मिलेर खेतबारीको काम गर्थे। कमाईको अर्को कुनै विकल्प थिएन। 

त्यसपछि रोजगारीको लागि दक्षिण कोरिया जाने सोच बनाएर ओमनाथले भाषा परीक्षा दिए। भाषा परीक्षाको नतिजामा नाम निस्कियो। ओमनाथ कोरिया जाने निश्चित भयो।

‘झापा आएपछि ऋण गरेर सानो झुप्रो बनाएका थियौँ। त्यही झुप्रो बनाउँदाको ऋण तिर्नका लागि भनेर कोरिया जान्छु भन्नु भयो। घर सल्लाह गर्यौँ। जानुस् न त भनेर बिदाईको हात हल्लाउन बाध्य भएँ,’ बाध्यताको कथा सुनाउँदा उमाका आँखा थामिएनन्।

000

ओमनाथ योभन्दा अघि पनि दुई वर्ष कोरिया बसेर बिदामा नेपाल आएका थिए। 

ओमनाथ काठ उद्योगमा काम गर्थे कमाइ पनि राम्रै थियो। घर बनाउँदा लागेको ऋण तिरेर सकिएकै थिएन।

‘ऋण तिर्न त परै जाओस्...............’ यति भन्दै गर्दा उमाको गलो अवरुद्ध भए। डाको छोडेको आवाज निस्किए। उमाका पीडा आँखाबाट पोखिए। 

जति पोखेपनि पखालिँदैन उमाको पीडा, जबसम्म ‘उमा’ भनेर ओमनाथले बोलाउँदैनन्। 

‘बोल्न सक्ने र ह्विलचियरकै सहायतामा भएपनि हिड्न सक्ने भए त संसारकै खुसी मिल्ने थियो,’ उमा सुनाउँछिन्। 

000

उमालाई श्रीमानको चिन्ताले निकै पिरोलेको छ। शरीरमा हाड-छाला मात्रै बाँकी छ। ओमनाथ अचेत अवस्थामा पुगेसँगै सबैजना आफन्त र परिवारलाई चिन्ताले पिरोलेको छ। 

‘छोराछोरीको बाबासँग अरु दिन कुरा हुँदैन थियो। शनिबार बिदाको दिन कुरा हुन्थ्यो। बाबासँग कुरा गर्ने भनेर मलाई दिक्क पार्छन्, बाबाको अवस्था यस्तो छ,’ उमा भक्कान्छिन्। 

घरमा ७७ वर्षीय मुटुरोगी वृद्ध बुवा ओमनाथको आवाज पर्खिरहेका छन्।

‘छोरो किन बोल्दैन मसँग? भनेर बुबाले सोधिरहनु हुन्छ,’ उमा सुकसुकाउँछिन्।  

000

वैदेशिक रोजगार बोर्डको आर्थिक सहायता र समन्वयमा शुक्रबार उनलाई नेपाल ल्याइएको हो। सुरुमा वीर अस्पतालमा आइसियुमा भर्ना भएका ओमनाथलाई सोमबार बेलुका राष्ट्रिय ट्रमा सेन्टरमा सारिएको छ। 

ट्रमा सेन्टर न्यूरो सर्जरी डिर्पाटका प्रमुख न्यूरोसर्जन डाक्टर राजीव झाले ओमनाथको स्वास्थ्य अवस्था सुधारोन्मुख भएकाले वीर अस्पतालबाट ट्रमा सेन्टरमा रेफर गरिएको बताए।

‘ओमनाथको नसा फुटेर ब्रेनको बाहिरी भागमा रगत जमेको छ। यस्तो समस्या धेरै कारणबाट हुन्छ। यसो हुनुको सबैभन्दा जटिल समस्या प्यानोरिज हो। ओमनाथलाई सोही समस्या भएको हो,’ डाक्टर झाले नेपाल लाइभसँग भने।

यस्तो समस्या भएका व्यक्तिहरुलाई पहिलेकै सामान्य अवस्थामा ल्याउन कठिन हुने उनको भनाई छ। 

‘शतप्रतिशत पहिलेजस्तै नर्मल अवस्थामा आउन त कठिन नै छ। उनीहरुको शरीरमा कुनै न कुनै समस्या त रहन्छ नै, तर उपचारपछि धेरै सुधार हुन्छ,’ डाक्टर झाले भने। 

डाक्टरका अनुसार विश्वमा यस्तो समस्या भएका ५० देखि ६० प्रतिशतसम्म मानिसको अवस्था सुधार भएको छ। 

‘ओमनाथमा देखिएको 'बेड सोर'को समस्या जटिल छ। ब्रेनमा कभर गर्ने हड्डी मेस (टाइटेनियमको जाली) राख्नुपर्ने छ। र फिजियोथेरापीहरु गराउँदै लैजाँदा उनको स्वास्थ्यमा सुधार आउने सम्भावना छ,’ डाक्टर झा बताउँछन्। 

बेड सोरको समस्या सुधार गर्ने र बे्रनको कभर मेसको सर्जरी गर्ने दुवै प्रविधि ट्रमा सेन्टरमा भएकाले उनलाई ट्रमा सेन्टरमा रेफर गरिएको वीर अस्पतालले जनाएको छ। 

हजारौँ बिरामी अस्पतालमा उपचारका लागि आउने हुँदा विदेशमा वर्षौं कोमामा राखेजस्तो वर्षौं अस्पतालको आइसियुमा राख्न सक्ने अवस्था नरहेकोको ट्रमा सेन्टरले बताएको छ। 

‘हामीसँग थुप्रै बिरामीहरु आउँछन्, सबैको उपचार गर्नुपर्छ, ओमनाथलाई पनि हामी आवश्यक उपचार र फिजियोथेरापी पश्चात् पूर्नस्थापना केन्द्रमा पठाउँछौँ,’ डा झाले भने। 

विदेशबाट कोमाका कामदार नेपाल ल्याएर उपचार गराउने नीति बनाउने तयारीमा रहेको सरकारले पहिले ने बिरामीका लागि पुनर्स्थापना केन्द्रको व्यवस्था गर्नुपर्ने डा झाको सुझाव छ। 

प्रकाशित मिति: बुधबार, असार १८, २०७६  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्निको रुपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर... मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर... मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्