काठमाडौं– कार्यक्षमतामा कमजोर भएको भन्दै गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपीलाई सरुवा गरेको छ। एसएसपी रविन्द्र धानुकलाई हटाएर गृह मन्त्रालयले विश्वराज पोखरेललाई काठमाडौं परिसरको प्रमुख बनाएको हो।
एसएसपी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले एसएसपी हेरफेर गरेको हो।
महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले काठमाडौं परिसरका एसएसपी हेरफेर भएको पुष्टि गरे। सरुवा हुने सूचना पाएपछि एसएसपी धानुक आइतबारदेखि १० दिन बिदामा थिए।
कमजोर चेन अफ कमाण्डका कारण काठमाडौंमा कार्यरत प्रहरीहरु बारम्बार घुससहित पक्राउ पर्दै आएका थिए। दरबारमार्गको सामूहिक बलात्कार काण्डको बारेमा पहिले नै एसएसपी धानुकलाई थाहा हुँदाहुँदै पनि लुकाउन खोजेको छानबिनमा खुलेको थियो। त्यस्तै, एमाले सांसद तथा पूर्व डिआइजी नवराज सिलवालको कीर्ते मुद्दा अनुसन्धानमा सूचना चुहाएर अभियुक्तको भगाएकाले उनलाई हटाइएको प्रहरी मुख्यालयका एक अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।