लहान- कटुवा पेस्तोलसहित प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–११ निवासी काशीन्द्र यादवलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय, मिर्चैयाबाट खटिएको गस्ती टोलीले एक थान कटुवा पेस्तोलसहित २७ वर्षीय यादवलाई पक्राउ गरेको हो।
प्रहरी टोलीलाई देखेर जंगलतिर भागेकाले शंका लागेर तलासी गर्दा यादवभन्दा केहीपर एक थान कटुवा पेस्तोल फेला परेकाले यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।