काठमाडौं, २७ माघ।
सिन्धुपाल्चोकमा घर बनाउने कामदारको साथीबाटै हत्या भएको छ।
बाह्रबिसे नगरपालिका–७ घुम्थाङ बस्ने मिनबहादुर श्रेष्ठको घर निर्माण गर्ने क्रममा कामदार बाह्रबिसे नगरपालिका–७ बस्ने ४२ वर्षीय दिर्घबहादुर थापा भन्ने बद्री थापाको खुकुरी प्रहारबाट हत्या भएको हो।
उनलाई दाङ तुल्सीपुर उपमहानगरपालिका–१२ बस्ने २० वर्षीय होमलाल गिरी समेतका ५ जना कामदारहरुले शुक्रबार खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। गिरीलाई प्रहरीले पक्राउ गरेको छ। अन्य फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।