काठमाडौं- प्रहरीले ७ सय ग्राम लागूऔषध चरेशसहित दुई युवालाई पक्राउ गरेको छ।
जैसीदेवल बस्ने सिन्धुपाल्चोक साँगाचोक–५ का नवीन गिरी र नुवाकोट लिखू–३ का प्रदिप तामाङलाई प्रहरीले डल्लुपुल नजिकबाट पक्राउ गरेको हो।
उनीहरुले सो चरेश व्यापारिक प्रयोजन वा आफूले प्रयोग गर्नका लागि ल्याएका हुन् भन्नेबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।