काठमाडौं– नेपाल बिल्डकन एक्स्पोको चौथो संस्करण शुक्रबारदेखि काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको छ। तीन दिन चल्ने एक्स्पोको उद्देश्य बिल्डिङ र कन्स्ट्रक्सन क्षेत्रको विकाशका साथै प्रवद्र्धन गर्ने रहेको छ।
बिल्डकन एक्स्पोमा देशभित्र र बाहिरका १ सय २० भन्दा बढी कम्पनीको स्टल राखिएको छ।
हेभी इक्विपमेन्ट, प्रिफ्याबका घर, सिमेन्ट, फलामे छड, स्यानिटरी, हाइड्रोपावर, लिफ्ट, काठका मेसिनरी इक्विपमेन्ट, आल्मुनियमका झ्यालढोका समावेश गरिएको एक्स्पोमा गुणस्तर नियन्त्रण तथा नाप्ने प्रविधि, टायर, इन्धन, लुब्रिकेन्ट, फायर फाइटिङ मेसिन, वाटर प्लान्ट मेशिनसँग सम्बन्धित स्टल राखिएको छ।














नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।