प्योङचाङ- शितकालिन ओलम्पिकको २३औँ संस्करण दक्षिण कोरियाको प्योङचाङमा सुरु भएको छ। स्थानीय समयअनुसार शुक्रबार बेलुका ८ बजेबाट उद्घाटन सत्र सुरुवात भएको हाे।
९२ राष्ट्रहरुको सहभागिता रहेको प्रतियोगिता १७ दिनसम्म चल्नेछ। १५ खेल समावेश गरिएको यो संस्करणमा १ सय २ इभेन्ट(मेडल) का लागि २ हजार ९ सय ५२ विश्वस्तरीय एथलेटले प्रतिस्पर्धा गर्नेछन्।
आसन्न ओलम्पिकका सबै खेलहरु दक्षिण कोरियाका विभिन्न ४ स्थानमा आयोजना हुनेछन्। उद्घाटन सत्र प्योङचाङस्थित ओलम्पिक रंगशालामा भइरहेको छ। त्यो बाहेक अल्पेन्सिया स्पोट्स पार्क, स्ट्यान्ड अलोन भेन्यु, र ग्यांगन्युङका गरी कुल १३ वटा रंगशालामा खेलहरु सञ्चालनमा आउनेछन्।
महाकुम्भका लागि निर्माण गरिएका रंगशालाहरुका केहि तस्विरहरुः

















नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।