कोक्सबजार (बङ्गलादेश)- यस वर्षको अन्त्यसम्ममा झन्डै ६ लाख बालबालिका म्यानमारबाट विस्थापित भएर बङ्गलादेश प्रवेश गर्ने अनुमान गरिएको छ।
रोहिंग्या समुदायका बालबालिका म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण विस्थापित भइरहेका छन्। उनीहरु यस वर्षको अन्त्यसम्ममा त्यति ठूलो सङ्ख्यामा बाहिरिनुपर्ने अवस्था आएको सहायता समूहले जनाएको छ।
बुद्ध धर्मावलम्बीहरुको बाहुल्य रहेको त्यस राज्यबाट अहिलेसम्म रोहिंग्या मुस्लिम समुदायका झन्डै ४ लाख नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
राष्ट्रसङ्घका अनुसार अहिले विस्थपित भएकामध्ये झन्डै आधाजति बालबालिका रहेका छन् । म्यान्माली नागरिक दिनहुँ लगाएर पहाडी बाटो हिँडेर पनि त्यहाँ पुग्ने गरेका छन्।
'राष्ट्रसङ्घीय निकायहरुका अनुसार यस बर्षको अन्त्यसम्ममा विस्थापितहरुको सङ्ख्या बढेर ६ लाख पुग्नेछ,' सेभ द चिल्ड्रेन च्यारिटीका बङ्गलादेश प्रमुख मार्क पिर्सले भने।
बङ्गलादेश र सहयोगी निकायहरुले विस्थापितहरुका लागि कोक्सबजारको नजिकै खुल्ला तथा पहाडी ठाँउहरुमा शिविरको व्यवस्थापन गर्न लागिरहेका छन्। कोक्स बजार म्यानमारसँग सिमाना जोडिएको बङ्गलादेशको ठाउँ हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।