• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अदितीका दुई आयाम : तस्बिरमा 'बोल्ड', स्वभाव लजालु

64x64
नेपाल लाइभ शुक्रबार, माघ २६, २०७४  ०५:४४
1140x725

काठमाडौं- केही महिनाअघि एक चर्चित भारतीय अनलाइनले लेखेको थियो– 'सनी लियोनी जैसी बोल्ड एक्ट्रेस को भी मात दे रही है ये नेपाल की हिरोइन।' 

साथमा उनका केही थान तस्बिर पनि फिचर गरिएका थिए। तस्बिरमा उल्लेख गरिए जस्तै उनी बोल्ड देखिन्थिन्। 

बलिउडमा नेपालमा चर्चित प्रायः हिरोइनले ‘ट्राई मारेका’ छन्। तर मनिषा कोइरालापछि कुनै नेपाली सुन्दरीले बलिउडमा धमाल मच्चाउन भने सकेका छैनन्। उनीहरु सानो वा सहायक दृश्यसम्ममा देखिएर चित्र बुझाउँदै फर्केका छन्। त्यसकारण पनि भारतीय मिडियामा अदितीको चर्चालाई अर्थपूर्ण मान्न सकिन्थ्यो। 

त्यो समय उनीबारे खोज्दै जाँदा भारतमै केही र्‍याम्प र एउटा पञ्जाबी म्युजिक भिडियोमा समेत मोडलिङ गरिसकेकी रहिछन्। आजको मितिमा उनका भारतीय म्युजिक भिडियोको संख्या तीन पुगेको छ। दुई पञ्जाबी र एक हिन्दी गीतमा उनी ‘फिचर’ भएकी छिन्।

भारतीय मिडियाले सनी लियोनीलाई उछिन्ने नेपाली हिरोइन भनेकी अदितीसँग केही दिनअघि बालुवाटारस्थित एक होटेलमा आकस्मिक भेट भयो।  कुर्ता-सलवारमा थिइन् उनी। मैले कुराकानीका लागि आमन्त्रण गरेँ। 

नेपाली फिल्मका चर्चित अभिनेता अनमोल केसीसँग फिल्म ‘कृ’मा देखिन लागेकी यी हिरोइनसँग जब कुराकानी थालेँ, उनका तस्बिरले मेरो दिमागमा बनाएको ‘इमेज’ एकपल्ट इरेज गर्यो र कुरा गर्दै जाँदा नयाँ इमेज निर्माण हुँदै गयो। 

कुराकानी सकिँदासम्म मैले महसुस गरेँ– तस्बिरमा बोल्ड देखिएकी अदिती स्वभावमा लजालु रहिछन्।

Ncell 2
Ncell 2
nimb
nimb

फिल्म ‘कृ’कै प्रमोशनका लागि उनी अनमोल सँगसँगै हिँडिरहेकी छन्। फिल्म करिअरका बारेमा कुराकानी गरिरहँदा अनमोल नजिकै आएपछि अदिती लजाइन्। कुरा रोकेर अनमोललाई भनिन्, ‘अन्तर्वार्ता दिइरहेका बेला किन नजिकै आएको तिमी। उता जाऊ।’

‘केही हुँदैन, म सुनेर बस्छु’ भावमा अनमोल बसिरहे। तस्बिरकी बोल्ड हिरोइन लज्जावती झार झैं खुम्चिइन्। अनमोलले उठ्ने संकेत नदेखाएपछि उनी कुराकानीका लागि तयार भइन्।

उनलाई सहज बनाउन मैले प्रश्नभन्दा पनि जिज्ञासा राख्ने बताएँ। 

‘तपाईंका लागि फिल्ममा अभिनय रहर कि सपना?’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मेरो जिज्ञासा सामान्य थियो तर उनका लागि अनपेक्षित भएछ। एकछिन मुस्कुराइन्। त्यसपछि उनको मुखबाट वाक्य फुट्यो– रहर।

‘सपना?’

‘मेरा सपना स्थायी हुँदैनन्,’ उनले अनमोलतिर फर्केर जवाफ दिइन्, ‘म जति ठूली हुँदै गएकी छु। मेरा सपना फेरिँदै गएका छन्।’

एसएलसी सकाउन्जेल उनीसँगै एउटै सपना थियो डाक्टर बन्ने। त्यसैले प्लस टूमा साइन्स पढिन् र रोजिन् बायोलोजी। जब १२ सकिन लाग्दै थियो, उनको सपना पनि फेरिँदै थियो।

अनेकथरी सपना देखिने  १७/१८ को उमेरमा उनले डाक्टर बन्ने लक्ष्य त्यागेर नयाँ सपना देखिन्, आकाशमा उड्ने। उनलाई कि पाइलट हुनु थियो कि एअरहोस्टेज। तर, उड्नुचाहिँ थियो। 

प्रशस्त उचाइ, बान्की परेको ज्यान र सुन्दर अनुहारकी प्याकेज अदितीलाई मोडलिङतिरको अफर आयो। उनले नाइँ भनिनन्। सुरुमा फोटोसुट त्यसपछि र्‍याम्प नाप्दै पुगिन् भारतीय म्युजिम भिडियोसम्म।

र, यता लाग्दा पनि उनलाई हिरोइन बन्ने कुनै सपना पलाएन। उनले स्नातकमा इन्फरमेसन टेक्नोलोजी पढ्न सुरु गरिन्। जसलाई उनी करिअर बनाउन चाहन्थिन्। 

हिरोइन बन्ने सपना देख्नुअघि उनलाई लाग्थ्यो, ‘एक्टिङ इज द टफ जब।’

उनले भनिन्, ‘मलाई अभिनय आउँदैनथ्यो ।’

र, एकपल्ट हिरोइन हुने रहर भने पलाइसकेको थियो उनमा।

यही क्रममा  एक आफन्तमार्फत उनलाई प्रस्ताव आयो फिल्ममा अभिनय गर्ने।

अभिनेता भुवन केसीले उनका आफन्तलाई भनिदिएका रहेछन्, ‘फिल्म बनाउँदैछौं। अदितीलाई हिरोइनका रुपमा लिन सकिन्छ।’ 

उनी अडिसनका लागि राजी भइन्। किनभने उनलाई फिल्मबारे भनिएको कन्सेप्ट मन परेको थियो। निरन्तर हिट फिल्म दिइरहेका अनमोल पनि उनको मनमा हरियो बत्ती बाल्ने एउटा कारक थिए।

उनको चर्चा छ। फिल्म रिलिजको छेकमा त झन् हुने नै भयो।

चर्चा भइरहँदा उनलाई भने लाग्दो रहेछ, ‘मैले त केही गरेकै छैन किन यस्तो चर्चा?’ 

फिल्ममा देखिँदैछिन्; रहर पूरा भयो। अब के त?

‘राम्रो कथामा अफर आयो भने केही नेपाली फिल्म गर्छु। बलिउडमा पनि  प्रयास जारी रहन्छ,’ उनले भनिन्, ‘दुई-चार वर्ष फिल्म गरिहेर्छु ।’

‘फिल्म क्षेत्रमा आफ्नो भविष्य त्यति उज्जल देख्नुहुन्न हो?’ प्रश्न नकारात्मक गरियो।  

उनको प्रतिक्रिया सकारात्मक थियो, ‘अहिलेकै अवस्थामा छैन। मैले अभिनय सिक्नैपर्छ। सिकेँ र गरेँ भने होला।’ 

फिल्म क्षेत्रमा अदितीको भविष्य कस्तो छ भन्ने प्रश्नको उत्तर शुक्रबारबाट दर्शक आफैंले पाउनेछन्।

किनभने उनको पहिलो फिल्म ‘कृ’ रिलिज हुँदै छ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०७४  ०५:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्