• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भाइ मृत्युको रहस्य पत्ता नलाग्दै दाजुको हत्या

64x64
दीपक घिमिरे सोमबार, भदौ ३०, २०७६  २०:४९
1140x725

समय : दिनको १:३० बजे
स्थान : ओमसतिय गाँउपालिका-५, पठ्खौली, रुपन्देही 

गाँउको बीचमा एउटा घर। आँगनमा एउटा सानो गमला। गमलाभित्र पानी। त्यही पानीमा भिजाइएको छ, सुकेका खुर्सानी।

छेउमा लोहोरो र सिलौटो छ। सिलौटो उल्टो। घर बाहिरको दलानमा मात्र महिला। सबै भावविह्वल।

घरभित्र महिलाको अर्को समूह पनि छ। त्यहाँका महिलाहरू रोइरहेका छन्। गाउँका चोकहरू सुनसान छन्। एकले अर्कोसँग घटनाबारे कानेखुसी गरेजस्तो दृश्य देखिन्थ्यो। 

रुपन्देही सदरमुकाम भैरहवादेखि झन्डै १२ किलोमिटरको दुरीमा रहेको छ ओमसतिया-५ मा पर्ने पठखौलीको घटना हो यो।

नेपाल लाइभको टोली स्थलगत रिपोर्टिङका लागि सो गाउँमा पुगेका बेला शवको अन्तिम संस्कार गर्न गाउँका सबैजसो पुरुषहरू घाटतिर गइसकेका थिए। गाँउमा महिला मात्र भेटिए।

०००

Ncell 2
Ncell 2
nimb
nimb

सो घरका घरमूली ४२ वर्षीय महेन्द्र चौधरी आइतबार बिहान श्रीमती र काखे छोरालाई बाईकमा राखेर सदरकुमाम भैरहवा निस्किएका थिए। भैरहवामा रहेको हिमालयन बैंकमा पैसा निकाल्न उनी श्रीमती र ८ महिनाको दुधे बालकलाई लिएर भैरहवा पुगेका उनी बैंकबाट पैसा निकालेर दिउँसो डेढ  बजेतिर भैरहवाबाट घरतर्फ फर्किँदै थिए। तर बैंकबाट पैसा निकालेका उनी घर पुग्नै पाएनन्। 

चौधरीलाई रोहिणी-३ बसन्तपुरमा दिनदाहडै गोली हानेर हत्या गरियो। उनको घटनास्थलमै मृत्यु भयो।

मलामी

दुई जनाको लुटेरा समूहले उनलाई तीन राउन्ड गोली हानेर उनले बैंकबाट निकालेको ५ लाख रुपैयाँ नगद, नागरिकता, चेकबुक लगाएतका सामान लुटेर भागेको मृतककी १६ वर्षिया छोरी सोनम चौधरीले उल्लेख गरिन्। 

विदेशमा बसेर कमाएको पैसा उनले बैंकमा राखेका थिए। सन्तति सुरक्षा प्राथमिकतामा राख्ने चौधरीले ८ महिने छोराको बिमा गर्नका लागि वर्षौंसम्म मरुभूमिमा कमाएको पैसा निकालेका थिए।  

Xtrem

Xtrem

स्पाङगल बोडिङ स्कुल कक्षा १० पढ्दै गरकी छोरी सोनमले बुबालाई आफ्नै आन्टी (काकी)को योजनामा हत्या गरिएको दाबी गरेकी छन्। उनले भनिन् 'मेरा अंकल धमेन्द्र चौधरीको २०७४ साल कार्तिकमा मृत्यु भयो। के कारणले मृत्यु भन्ने अहिलेसम्म खुलेको छैन। अंकलको मृत्युपछि आन्टी घरमा बस्न छाड्नु भयो। उहाँले माइतमा बसेर विभिन्न मान्छे लगाएर हमीलाई धम्काउने गर्नु हुन्थ्यो। उहाँले नै बुबालाई हत्या गर्न लगाउनु भयो।' उनले आफ्नै आन्टी मालती चौधरीका कारण बुबाको हत्या भएको दाबी गर्दै घटनाको छिट्टै सत्यतथ्य बाहिर ल्याउन माग गरेकी छन्।

०००

मृतकका भाइ धमेन्द्र चौधरीको मृत्यु अहिलेसम्म पनि रहस्यमय छ। उनको हत्या भयो वा दुर्घटनामा परी मृत्यु भयो भन्ने विषय अहिलेसम्म पुष्टि भएको छैन। प्रहरीले धर्मेन्द्रको मृत्युको कारण दुर्घटना भने पनि परिवारले त्यसलाई स्वीकार गरेका छैनन्। यस घटनाको न त गाउँलेले नै पुष्टि गरे, न त प्रहरी प्रशासनले नै। 

एउटा छोराको मृत्युको घटनाको पुष्टि हुन नपाउँदै अर्को छोराको गोली हानी हत्या भएपछि बाबु कृष्णलाल चौधरी अर्धचेतमा छन्। उनले अहिले केही मेसो पाएका छैनन्।

अर्धबेहोस अवस्थाका उनले छोराका हत्यारालाई कडाभन्दा कडा कारबाही माग गरेका छन्। उनमा पीडाको कुनै सिमा छैन।

तर जति पीडा भएपनि वा जतिसुकै मानसिक दबाबमा भए पनि मानिसले बाध्यता परेपछि जस्तोसुकै काम नगरी नहुने रहेछ। छोरा महेन्द्र चौधरीको काजकिरिया उनलै सुरु गरेका छन्।

दुवै छोरा गुमाएका कृष्णलाललाई अब कसको आशमा बाँकी जीवन बिताउने भन्ने पीडाले सताएको छ। सामान्य आर्थिक अवस्था रहेको परिवारमा आर्थिक समस्या देखिएको छ।

बुबाको मृत्युपछि आफ्नो र बहिनीको पढाई कसरी चल्छ भन्नेमा छोरी सोनमले चिन्ता व्यक्त गरेकी छिन्। उनले रुन्चे स्वरमा भनिन्, 'मैले कक्षा १० मा पढ्छु, बहिनीले कक्षा १ मा पढ्छिन्। अब हाम्रो परिवार कस्तो हुन्छ! अब हामीलाई कसले हेर्छ!'  

मृतकका २ छोरीहरू

०००

मृतक चौधरीको घरमा अहिले २ छोरी, एक छोरा, श्रीमती र बुबाआमा छन्। भाइ धर्मेन्द्रको २ वर्षअगाडि नै मृत्यु भएको थियो। भाइका छोराछोरी र बुहारी माइतमा बस्दै आएका छन्। घरमा नबस्ने तर माईतमा बसेर अनेक दुःख दिने गरेको परिवारको आरोप छ। जेठाजुको हत्या भएको २४ घन्टासम्म पनि भाइबुहारी मालती चौधरी घर नआएको परिवारले जनाएको छ।

छोराको मृत्युपछि बुहारीले माइतमा बसेर खेत आफ्नो नाममा गरिदिनका लागि दबाब दिँदै आएको मृतकका परिवारले बताएको छ। तर उनले भने घरमा आएर बसे खाने व्यवस्था गरिदिने तर खेत कान्छी बुहारीका नाममा गरिदिन अस्वीकार गर्दै आएका थिए। सासुससुरा फकाउन उनले सहर बस्ने योजना पनि सुनाउने गरेको मृतकका परिवारले दाबी गरेका छन्। तर उनले भने अर्का छोराबुहारीसँगै बस्दै गरेको र आफ्नो जग्गाजमिन समेत गाउँमै भएको भन्दै उनको प्रस्ताव अस्वीकार गरेको बताए। 

०००

प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेयले जिल्लामा शान्ति शुरक्षाको अवस्था बिग्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले दिनदाहडै गोली खाएर मान्छेको मृत्यु हुनु सामान्य कुरा नभएकाले स्थानीय प्रहरी प्रशासनले अपराधीलाई तत्कालै खोजी कडा भन्दा कडा कारबाही गर्न माग गरे। एक/दुई दिनमा प्रहरीले अपराधीलाई नसमाते स्थानीयले आन्दोलन चर्काउने चेतावनी उनले दिए। 

ओमसतिया गाँउपालिकाले घटनाको भत्सना गर्दै हत्यारालाई कानुनी कठघरामा ल्याउन माग गरेको छ। गाँउ कार्यपालिकाको सोमबार बसेको आकस्मिक बैठकले अपराधीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै मृतकको काजक्रियाका लागि गाँउपालिकाले ५० हजार सहयोग गर्ने निर्णय गरेको अध्यक्ष हिरा केवट (राहुल)ले जानकारी दिए।

यता प्रहरीले भने घटनाको सुक्ष्म अनुसन्धान जारी राखेको बताएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटनाको सुक्ष्म अनुसन्धान जारी राखेको र केही दिनमै अपराधी पक्राउ गर्ने जनाएको छ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  २०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन शुक्रबार, असोज ९, २०८३
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध शुक्रबार, असोज ९, २०८३
स्याक्म्यानका एक्स–५००० ई-विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल  आउँदै शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्