• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भाइ मृत्युको रहस्य पत्ता नलाग्दै दाजुको हत्या

64x64
दीपक घिमिरे सोमबार, भदौ ३०, २०७६  २०:४९
1140x725

समय : दिनको १:३० बजे
स्थान : ओमसतिय गाँउपालिका-५, पठ्खौली, रुपन्देही 

गाँउको बीचमा एउटा घर। आँगनमा एउटा सानो गमला। गमलाभित्र पानी। त्यही पानीमा भिजाइएको छ, सुकेका खुर्सानी।

छेउमा लोहोरो र सिलौटो छ। सिलौटो उल्टो। घर बाहिरको दलानमा मात्र महिला। सबै भावविह्वल।

घरभित्र महिलाको अर्को समूह पनि छ। त्यहाँका महिलाहरू रोइरहेका छन्। गाउँका चोकहरू सुनसान छन्। एकले अर्कोसँग घटनाबारे कानेखुसी गरेजस्तो दृश्य देखिन्थ्यो। 

रुपन्देही सदरमुकाम भैरहवादेखि झन्डै १२ किलोमिटरको दुरीमा रहेको छ ओमसतिया-५ मा पर्ने पठखौलीको घटना हो यो।

नेपाल लाइभको टोली स्थलगत रिपोर्टिङका लागि सो गाउँमा पुगेका बेला शवको अन्तिम संस्कार गर्न गाउँका सबैजसो पुरुषहरू घाटतिर गइसकेका थिए। गाँउमा महिला मात्र भेटिए।

०००

Ncell 2
Ncell 2
nimb
nimb

सो घरका घरमूली ४२ वर्षीय महेन्द्र चौधरी आइतबार बिहान श्रीमती र काखे छोरालाई बाईकमा राखेर सदरकुमाम भैरहवा निस्किएका थिए। भैरहवामा रहेको हिमालयन बैंकमा पैसा निकाल्न उनी श्रीमती र ८ महिनाको दुधे बालकलाई लिएर भैरहवा पुगेका उनी बैंकबाट पैसा निकालेर दिउँसो डेढ  बजेतिर भैरहवाबाट घरतर्फ फर्किँदै थिए। तर बैंकबाट पैसा निकालेका उनी घर पुग्नै पाएनन्। 

चौधरीलाई रोहिणी-३ बसन्तपुरमा दिनदाहडै गोली हानेर हत्या गरियो। उनको घटनास्थलमै मृत्यु भयो।

मलामी

दुई जनाको लुटेरा समूहले उनलाई तीन राउन्ड गोली हानेर उनले बैंकबाट निकालेको ५ लाख रुपैयाँ नगद, नागरिकता, चेकबुक लगाएतका सामान लुटेर भागेको मृतककी १६ वर्षिया छोरी सोनम चौधरीले उल्लेख गरिन्। 

विदेशमा बसेर कमाएको पैसा उनले बैंकमा राखेका थिए। सन्तति सुरक्षा प्राथमिकतामा राख्ने चौधरीले ८ महिने छोराको बिमा गर्नका लागि वर्षौंसम्म मरुभूमिमा कमाएको पैसा निकालेका थिए।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्पाङगल बोडिङ स्कुल कक्षा १० पढ्दै गरकी छोरी सोनमले बुबालाई आफ्नै आन्टी (काकी)को योजनामा हत्या गरिएको दाबी गरेकी छन्। उनले भनिन् 'मेरा अंकल धमेन्द्र चौधरीको २०७४ साल कार्तिकमा मृत्यु भयो। के कारणले मृत्यु भन्ने अहिलेसम्म खुलेको छैन। अंकलको मृत्युपछि आन्टी घरमा बस्न छाड्नु भयो। उहाँले माइतमा बसेर विभिन्न मान्छे लगाएर हमीलाई धम्काउने गर्नु हुन्थ्यो। उहाँले नै बुबालाई हत्या गर्न लगाउनु भयो।' उनले आफ्नै आन्टी मालती चौधरीका कारण बुबाको हत्या भएको दाबी गर्दै घटनाको छिट्टै सत्यतथ्य बाहिर ल्याउन माग गरेकी छन्।

०००

मृतकका भाइ धमेन्द्र चौधरीको मृत्यु अहिलेसम्म पनि रहस्यमय छ। उनको हत्या भयो वा दुर्घटनामा परी मृत्यु भयो भन्ने विषय अहिलेसम्म पुष्टि भएको छैन। प्रहरीले धर्मेन्द्रको मृत्युको कारण दुर्घटना भने पनि परिवारले त्यसलाई स्वीकार गरेका छैनन्। यस घटनाको न त गाउँलेले नै पुष्टि गरे, न त प्रहरी प्रशासनले नै। 

एउटा छोराको मृत्युको घटनाको पुष्टि हुन नपाउँदै अर्को छोराको गोली हानी हत्या भएपछि बाबु कृष्णलाल चौधरी अर्धचेतमा छन्। उनले अहिले केही मेसो पाएका छैनन्।

अर्धबेहोस अवस्थाका उनले छोराका हत्यारालाई कडाभन्दा कडा कारबाही माग गरेका छन्। उनमा पीडाको कुनै सिमा छैन।

तर जति पीडा भएपनि वा जतिसुकै मानसिक दबाबमा भए पनि मानिसले बाध्यता परेपछि जस्तोसुकै काम नगरी नहुने रहेछ। छोरा महेन्द्र चौधरीको काजकिरिया उनलै सुरु गरेका छन्।

दुवै छोरा गुमाएका कृष्णलाललाई अब कसको आशमा बाँकी जीवन बिताउने भन्ने पीडाले सताएको छ। सामान्य आर्थिक अवस्था रहेको परिवारमा आर्थिक समस्या देखिएको छ।

बुबाको मृत्युपछि आफ्नो र बहिनीको पढाई कसरी चल्छ भन्नेमा छोरी सोनमले चिन्ता व्यक्त गरेकी छिन्। उनले रुन्चे स्वरमा भनिन्, 'मैले कक्षा १० मा पढ्छु, बहिनीले कक्षा १ मा पढ्छिन्। अब हाम्रो परिवार कस्तो हुन्छ! अब हामीलाई कसले हेर्छ!'  

मृतकका २ छोरीहरू

०००

मृतक चौधरीको घरमा अहिले २ छोरी, एक छोरा, श्रीमती र बुबाआमा छन्। भाइ धर्मेन्द्रको २ वर्षअगाडि नै मृत्यु भएको थियो। भाइका छोराछोरी र बुहारी माइतमा बस्दै आएका छन्। घरमा नबस्ने तर माईतमा बसेर अनेक दुःख दिने गरेको परिवारको आरोप छ। जेठाजुको हत्या भएको २४ घन्टासम्म पनि भाइबुहारी मालती चौधरी घर नआएको परिवारले जनाएको छ।

छोराको मृत्युपछि बुहारीले माइतमा बसेर खेत आफ्नो नाममा गरिदिनका लागि दबाब दिँदै आएको मृतकका परिवारले बताएको छ। तर उनले भने घरमा आएर बसे खाने व्यवस्था गरिदिने तर खेत कान्छी बुहारीका नाममा गरिदिन अस्वीकार गर्दै आएका थिए। सासुससुरा फकाउन उनले सहर बस्ने योजना पनि सुनाउने गरेको मृतकका परिवारले दाबी गरेका छन्। तर उनले भने अर्का छोराबुहारीसँगै बस्दै गरेको र आफ्नो जग्गाजमिन समेत गाउँमै भएको भन्दै उनको प्रस्ताव अस्वीकार गरेको बताए। 

०००

प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेयले जिल्लामा शान्ति शुरक्षाको अवस्था बिग्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले दिनदाहडै गोली खाएर मान्छेको मृत्यु हुनु सामान्य कुरा नभएकाले स्थानीय प्रहरी प्रशासनले अपराधीलाई तत्कालै खोजी कडा भन्दा कडा कारबाही गर्न माग गरे। एक/दुई दिनमा प्रहरीले अपराधीलाई नसमाते स्थानीयले आन्दोलन चर्काउने चेतावनी उनले दिए। 

ओमसतिया गाँउपालिकाले घटनाको भत्सना गर्दै हत्यारालाई कानुनी कठघरामा ल्याउन माग गरेको छ। गाँउ कार्यपालिकाको सोमबार बसेको आकस्मिक बैठकले अपराधीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै मृतकको काजक्रियाका लागि गाँउपालिकाले ५० हजार सहयोग गर्ने निर्णय गरेको अध्यक्ष हिरा केवट (राहुल)ले जानकारी दिए।

यता प्रहरीले भने घटनाको सुक्ष्म अनुसन्धान जारी राखेको बताएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटनाको सुक्ष्म अनुसन्धान जारी राखेको र केही दिनमै अपराधी पक्राउ गर्ने जनाएको छ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  २०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? नेपाली प्रतिभालाई गौण बनाएर ल्याइने विदेशी खेलाडीका भरमा मात्र नेपालको खेलकुदको अपेक्षित विकास हुन सक्दैन । आइतबार, कात्तिक ८, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
सप्तकोसी नदीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु , तीन बेपत्ता आइतबार, कात्तिक ८, २०८३
तेस्रो संस्करणको एनपीएल तयारी पूरा, विजेताले डेढ करोड ७० करोड कारोबारको लक्ष्य आइतबार, कात्तिक ८, २०८३
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो आइतबार, कात्तिक ८, २०८३
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने आइतबार, कात्तिक ८, २०८३
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्