काठमाडौं– बहालवाला प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्धको मुद्दा सर्वोच्च अदालतले दर्ता वा दरपिठ दुवै गर्न अस्वीकार गरेको छ।
गत मंगलबार सामाजिक अभियन्ता मनोजकुमार अधिकारीले मुद्दा दर्ता गराउन खोज्दा काजगपत्र नपुगेको भन्दै फर्काइएको थियो।
सोही मुद्दालाई बिहीबार दर्ता गराउन खोज्दा भने अस्वीकार गरिएको छ। मंगलबार प्रधानन्यायाधीश पराजुलीसहित वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र कान्तिपुर दैनिकलाई पनि विपक्षी बनाएर उनले मुद्दा दर्ता गराउन खोजेका थिए। तर बिहीबार भने प्रधानन्याधीशलाई मात्रै विपक्षी बनाइएको थियो।
आफू अनुकूल मुद्दाका साक्षीलाई बयान गराउन दबाब दिँदै अदालतको मर्यादा र गरिमा नष्ट गर्दै अवहेलना गरेको जिकिरसहित मुद्दा पेस गरेका थिए। प्रधानन्यायाधीशका पछिल्ला गतिविधिले न्यायापालिकाको न्याय सम्पादन कार्य स्वतन्त्र नरहेको जनमानसमा पर्न गएको भन्दै अधिकारीले अदालत पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।