काठमाडौं- सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सेयर (आइपिओ) नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको ६ लाख कित्ता आइपिओ बिहीबार नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले असोज १८ गतेदेखि २३ गतेसम्म १ लाख ८० हजार कित्ता आइपिओ निष्काशन गरेको थियो। जसमध्ये २ प्रतिशत अर्थात् ३ हजार ६ सय कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ९ हजार कित्ता कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो। यस्तै, १ लाख ६७ हजार ४ सय कित्ता सेयर सर्वसाधारणलाई वितरण गरिएको थियो।
जसमध्ये आइपिओमा १६ हजार ७४० जना आवेदकले गोलाप्रथाद्धारा १० कित्ता सेयर पाएका थिए। कुल २ लाख ३५ हजार २४८ जनाको वैद्य आवेदक मध्येबाट १६ हजार ७४० जनाले मात्रै सेयर पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।