साना- साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा कम्तीमा २० जना हुथी विद्रोहीको मृत्यु भएको छ।
यमनको दक्षिण-पश्चिमी सहर मेदीमा शुक्रबारदेखि शनिबारसम्म भएको कारबाहीमा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् । दस जना लडाकु घाइते भएको बताइएको छ।
गठबन्धन सेनाले मेडी सहरको रेड सी क्षेत्रमा कारबाही तीव्र पारेको छ।
कारबाहीका क्रममा भएको भिडन्तमा परी चार जना सुरक्षाकर्मीको मृत्यु भएको र चार जना घाइते भएको सरकारी पक्षले जनाएको छ।
घटनास्थल मेदी भन्ने ठाउँ साउदी अरबसँगको सिमानामा पर्छ । विगत दुई वर्षदेखि सो क्षेत्रमा सरकारी सेना र विद्रोही लडाकुबीच दैनिकजसो भिडन्त हुँदै आएको छ। सिन्ह्वा/रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।