काठमाडौं– आज सम्पन्न राष्ट्रियसभाको निर्वाचनको अन्तिम मत परिणाम आउन सुरु भएको छ।
८ मध्ये ६ जना निर्विरोध भएको प्रदेश १ मा चुनावी प्रतिस्पर्धाबाट थप २ जना विजयी भएका छन्। यहाँ दलित र अपागंता भएका व्यक्ति वा अल्पसंख्यक समूहका लागि निर्वाचन भएको थियो।
चुनावी प्रतिस्पर्धाबाट विजयीहरुः
खेम नेपाली (एमाले/६,२७०)
अगमप्रसाद वान्तवा (एमाले/६,१३८)
निर्विरोध निर्वाचित भएकाहरुः
नैनकला ओझा (एमाले)
बिना पोखरेल (माओवादी)
सरिता प्रसाईं (कांग्रेस)
पर्शुराम मेघी गुरुङ (एमाले)
रमेशजंग रायमाझी (कांग्रेस)
हरिचरण शिवाकोटी (एमाले)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।